बाल्टिमोरमा मारिए भुटानी शरणार्थी

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

बाल्टिमोर,अमेरिका ,अगष्ट २५ । अज्ञात व्यक्तिले गोली प्रहार गरी यहाँ एक भुटानी मूलका नेपाली भाषीको हत्या गरेको छ । गोली प्रहारबाट अर्का एक भुटानी नागरिक गम्भीर घाईते भएका छन् । मंगलवार राती करीब ९.४० बजेतिर नकावधारी काला वर्णको एक व्यक्तिले यी नेपाली भाषी शरणार्थीलाई उनीहरुको अपार्टमेन्ट नजिकै गोली प्रहार गरेको थियो । बाल्टिमोरको उत्तरपूर्वी क्षेत्रस्थित भुटानी शरणार्थीहरुको बसोवास रहेको पार्कसाईड गार्डेन अपार्टमेन्ट नजिकै भएको गोली प्रहारमा मारिने व्यक्ति विगबहादुर गुरुङ भएको बाल्टिमोर प्रहरीले जनाएको छ । २० वर्षीय यी किशोर दुई महिना अघि जुन २९ मा मात्र शरणार्थीको रुपमा अमेरिका आएका थिए । छातीमा गोली लागेका विगबहादुरलाई अस्पताल पुर्याए लगत्तै चिकित्सिकले मृत घोषित गरेका थिए । घटनामा गोली लागि गम्भीर घाइते भएका १७ वर्षीय अर्का किशोर विकास गुरुङको हाल जोन हप्किन्स बे भ्यू अस्पतालमा उपचार भईरहेको छ । पारिवारिक सदस्यहरुका अनुसार हाल विकास खतरामुक्त रहेका छन् ।  for more, visit globenepal dot com

neerman · Aug 25, 2011 9:56 PM · 12,055 views

1 Reply

Bichara atma le shanti paos.

YourBestFriend · Aug 26, 2011 11:21 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all