हृदयमा सजाउने एक प्यासी हु, तिम्रो मायामा पागल एक प्रेमी हु म जति तड्पाउने छटटाउने गराउ, तिम्रो प्रेममा मुस्कुराउने घायल हु म कति सम्झाउँ तिमीलाई थाकि सकेँ, बिन्ति बिन्तिको भकारी हु म आँखाले नदेखे पनि हृदयले त हेर, पीदै पीडाको किताब खाना हुँ म अपनाई हेर मलाइ एक बिहानी हु, छाडी दियोउ भने एक कहानी हु म सारा संसारको आँखामा बसेको, झरी जाने दुइ थोपा आँसु हुँ म यस अन्जान संसारमा एक्लै छु, तिम्रो साथको पुकार गर्ने अभागी हु म जति टाउको फुटाउनु फुटाईदेउ, तिम्रो प्रेममा मर्ने बिरामी हु म
peacesoul · Aug 24, 2011 11:09 AM · 8,422 views
:-) mero ta nam nai pagal premi !
pagalpremi · Sep 13, 2011 7:57 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion