लाज पचेको बुढो

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

ओबामाको कुकुर, झलनाथको जग्गा र भरतमोहनको घर By mysansar, on August 24th, 2011 -दिनेश आचार्य- ६ महिनाअघि प्रधानमन्त्रीको सपथ ग्रहण गरेको २ सातापछि झलनाथ खनालले आफ्नो सम्पत्ति बिवरण बुझाए। त्यसमा लेखिएको थियो, ‘माधवकुमार नेपालको श्रीमती गायत्री नेपालको नाममा रहेको कोटेश्वरमा घर बनेको ८ आना जग्गा आधा आफ्नो सम्पत्ति भएको र नामसारी हुन बाँकी रहेको।’ नेपालबाहेक संसारको जुनसुकै देशमा भएको भए यो एउटा राजनीतिक संकटको उपज र विश्वचर्चित घट्ना हुने निश्चित थियो। किनभने बहालवाला प्रधानमन्त्रीले आफ्नै पार्टीका बरिष्ठ नेता एवं. निवर्तमान प्रधानमन्त्री बसिरहेको घर आफ्नो हो भनेर दाबी गर्दै कागजात बुझाए, त्यो पनि सरकारी निकायमा। नेपाल यस्तो देश हो, जहाँ संसारमा थुप्रै आश्चर्य भनिएका कुराहरु सहज मानिन्छन्, यो पनि यस्तै भयो। राजिनामा दिएका प्रधानमन्त्रीको सम्पत्ति विवरण छोडौं, अर्थमन्त्रीतिर लागौं। वर्तमान अर्थमन्त्री भरतमोहन अधिकारी नाममात्र होइन कामले पनि नमुनाको मन्त्रीमा दरिएका छन्। २ पटक उपप्रधानमन्त्री समेत भैसकेका उनी एउटा ब्यापारीको घरमा बसेर बजेट बनाउने मात्र होइन, नक्कली भ्याट बिल बनाउनेलाई जोगाउने र अर्थसचिवलाई राजिनामा गर्न लगाउनेमा समेत माहिर मानिए। यी त ठिकै छ, उनी आफैले पेश गरेको सम्पत्ति बिवरणमा जनता बैंकमा रहेको बचत खातामा ५० लाख रुपैंया नगद रहेको भेटियो। त्यसबाहेक अन्य बैंकमा समेत गरी करिब ७२ लाख रुपैंया नगद लिएर मन्त्री बनेका थिए। मन्त्री बनेपछि त्यसमा कति थपियो, थाहा भएन। तर, अर्को अचम्मको कुराचाहि के छ भने ७२ लाख बैंक ब्यालेन्स भएका मन्त्रीले उपचार खर्च भनेर मन्त्रीपरिषद्बाट निर्णय गराई २ लाख रुपैंया आर्थिक सहायता लिएछन्। सरकार ढलेको छ। सायद उनी अब मन्त्री पनि हुँदैनन्। तर, कलंकीको सुनारटोलमा २० बर्षदेखि भाडामा बस्दै आएको घर छोडेर उनी कुपण्डोलको कानदेउतास्थान नजिक बनिसकेको करोडौंको घरमा सर्दैछन्। उनको घरको मुल्य १२ करोड तोकिएको छ (११ करोडको घडेरी, १ करोडको घर)। कुपण्डोलको नेपाल बैंकको शाखाबाट पारिपट्टी रहेको अढाई तल्ले सो घर २ रोपनी जग्गामा बनेको छ। जुन अधिकारीकी छोरी लिजा अधिकारीको नाममा छ। लिजा तिनै महिला हुन् उनको नेपाली मुलका भारतीय नागरिकसँग बिहे भएको छ र उनका पति सिक्किममा कलेज पढाउँछन्। लिजाको नाममा रहेको सो घरजग्गा, कार र अन्य सम्पत्तिको स्रोत कसले खोज्ने? यतिमात्रै होइन भरतमोहनले अर्की छोरी लुना र सम्धीनी सिता आचार्यको नाममा पनि बानेश्वरमा ६ करोडको जग्गा किनेका छन्। मालपोतमा २ करोड तोकेर पास गरिएको सो जग्गा खरिदको स्रोत उनीहरुले देखाउन सकेका छैनन्। सो फाइल अर्थमन्त्रालयकै सम्पत्ति सुद्धिकरण विभाग पुगेको छ। पछि लुनाले सो जग्गा किस्ट बैंकबाट ऋण लिएको २ करोडबाट किनेको भनेर लेखाए पनि लुनाको नाममा किस्ट बैंकका कुनै पनि शाखामा ऋण नभएको पाइएको छ। वास्तवमा ६ करोडको जग्गा र १२ करोडको बंगला भ्याट छली काण्डका नायकहरु बिशाल ग्रुप, चौधरी ग्रुप र अग्रवालबन्धुहरुको कृपाबाट प्राप्त भएको हो। सायद अब भने भरतमोहनले ३ पुस्ताका लागि पुग्ने सम्पत्ति जोडिसकेका छन्। उनको सास पनि आनन्दले जान्छ होला। सर्बहारा पार्टीका यी महान हस्तीहरुका कुरा छाडौं, अब लागौं अमेरिकातिर। महास्वतन्त्रता प्राप्त भनिने यो देशमा जहाँसम्म ट्याक्स तिर्ने वा सम्पत्ती थुपार्ने कुरा छ, यो एक महादशा हो। अमेरिकी सरकारले हरेक वर्ष जनवरीको अन्तिमदेखि मे महिनासम्म आङ्खना सवै नागरिकहरुलाई इन्टररनल रिभेन्यू सभिर्सेस् (आइ. आर.एस.) मार्फत ट्याक्स भर्ने व्यवस्था गरेको हुन्छ। कमाइ नहुनेहरु बाहेक सवैले यसबेला आ–आङ्खनो हिसाव किताव फर्स्यौट गर्छन्। अरु वर्ष झैं यसवर्ष पनि अमेरिकी राष्ट्रपति बाराक ओबामाले ट्याक्स तिरे। महत्वपूर्ण कुरा के छ भने, उनी ह्वाइट हाउसमा पुरानो हुँदै जाँदा उनको सम्पत्ति भने घट्दै गएको रेकर्ड आयो। यस पटक उनले आइआरएसमा बुझाएको ट्याक्स फाइल रिपोर्टमा उनको आम्दानी गत वर्ष भन्दा घटेको पाइएको छ। राष्ट्रपति ओबामालाई राजनीतिज्ञ स्व. टेड केन्नेडीले उनलाई एउटा पोर्चुगिज पानी कुकुर उपहारमा दिएका रहेछन्। यो पानी कुकुर अहिले अमेरिकाको प्रथम कुकुरको रुपमा पनि परिचित छ। त्यो कुकुर यसबर्षदेखि अमेरिकी सरकारलाईकर तिरिरहेको छ। ओबामाले १६ सय डलर पर्ने आङ्खनो हाउस पेट (कुकुर) जसको नाम ‘बो ओबामा’ छ। उसलाई पनि ट्याक्स रिटर्नमा समावेश गराएर अनौठो कामको शुरुवात गरेका छन्। ओबामाले आङ्खना दुई चर्चित किताव ‘ड्रिम फ्रम माई फादर’ र ‘अड्यासिटी अफ होप’ को विक्रीबाट आएको रोयल्टी करीव ६० लाख अमेरिकी डलर आङ्खनो आम्दानीमा देखाएका छन्। ‘अड्यासिटी अफ होप’ अझै पनि ठूलो संख्यामा बिक्री भैरहेको छ। ओबामाले आङ्खनो चुनावी नारामा ‘होप’ भन्ने शब्द राखेकोले पनि उनको यस पुस्तकको लोकप्रियता झनै बढेको थियो। यसैगरी आफू र आफ्नी श्रीमती प्रथम महिलाको संयुक्त सम्पत्तिको रुपमा विभिन्न ट्रेजरी बण्ड निवृत्तिभरण्ँ र बैंक सेभिङ गरेर अर्को ७५ लाख डलर देखाइएको छ। यसैगरी नोवेल शान्ति पुरस्कारबाट प्राप्त १४ लाख डलरलाई भने राष्ट्रपति ओबामाले विभिन्न सहयोगी समाजसेवी संस्थाहरुलाई दान दिएका छन्। यसमा कर तिर्नु परेन। राष्ट्रपतिको आय ब्ययहरुमा कुनै पनि ऋण्ँ देखाइएको छैन। सायद चुनावी ऋणहरुलाई उनले मोचन गरिसकेको हुनु पर्दछ। ओबामाले आङ्खनो जन्मस्थान हवाईमा रहेका दुई पुर्ख्यौली सम्पत्तिहरु पनि विक्रि गरेका छन्। पुर्खौली सम्पत्तिको रेखदेख उनकी हजुरआमा म्याड्लिन डनह्यामले गर्दै आएकी थिइन्। ओबामाको चुनावी विजय शिखरमा रहेको बेला उनकी हजुरआमाको निधन भएको थियो। ओबामाको आम्दानीमा हजुरआमाको त्यो घर मात्रै आएन हजुरआमा भाइस प्रेसिडेण्ट समेत रहेको ‘बैंक अफ फ्लोरिडा’को करीव ५ लाख डलरको सेयर पनि थियो। यसको अलावा राष्ट्रपतिको वार्षिक तलव ४ लाख डलर पनि आयमा थपिएको छ। अमेरिकी सरकारको अफिसियल खर्चमा राष्ट्रपतिले चलाउने कोषहरु अरु धेरै भए तापनि उनको व्यक्तिगत सम्पत्ति भने यस भन्दा बढी देखिएको छैन। उता प्रथम लेडी मिसेल ओबामाको भने ठूलो आय कतै देखिएको छैन। (बरु भारतमोहन अधिकारीको श्रीमती ओमकुमारीको नाममा ५५ लाख नगद बैंक ब्यालेन्स छ।) मिसेलको केही रकम पहिले उनले कार्यकारी निर्देशकको रुपमा काम गरेको युनिभर्सिटी अफ सिकागो हस्पिटलबाट आएको देखिन्छ भने हरेक वर्ष पिन मनीको रुपमा प्रथम लेडीले पाउने १२ हजार डलर र थोरै रकमको सञ्चिति र निवृत्तिभरण्ँ रकमहरु पनि देखिएको छ। प्रथम लेडीले खर्च गर्न पाउने सरकारी कोÈहरु निकै भए तापनि ती कोÈको रकम उनको आयमा जोडिएको छैन। ओबामा दम्पत्तिलाई बिभिन्न भेटघाट र भ्रमणमा पाएको सम्पुर्ण उपहारहरु सबै सरकारी कोषमा दाखिला गरिएको छ। जस्तो कि फ्रान्सका राष्ट्रपति निकोलस सार्कोजीले ओबामालाई दिएको एउटा कलम समेत उनले सरकारी कोषमा बुझाएका छन्। सार्वजनिक ओहोदाधारीहरुको आम्दानी र खर्च सर्वसाधारण्ँको लागि निकै चासोको विÈय हुन्छ। उनीहरुको इमानदारिता अरुका लागि प्रेरणा बन्छ। तर, मन्त्री क्याटरबाट सर्दा डोरम्याट र झ्यालको पर्दा समेत झिकेर लैजाने हाम्रा मन्त्रीहरुलाई यो सिकाउने कस्ले? अहिलेसम्म कुनै पनि नेताले यति कर तिरे भनेर कुनै पत्रिकामा पढ्न पाइएको छैन। बरु, चिरञ्जीवी वाग्ले र गोविन्दराज जोशीले खुला रुपमा कर तिरेका थिए। के अरु नेताको आम्दानी र सम्पत्ति नै छैन त? (लेखक आचार्य ‘सेयर बजार’ साप्ताहिकका सम्पादक हुन्।)

_____ · Aug 23, 2011 3:53 PM · 2,929 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all