बदनाम भए तिम्रै लागि -टीका भण्डारी प्रचण्ड बदनाम भए झलनाथ तिमै्र लागि झलनाथ बदनाम भए प्रचण्ड तिम्रै लागि न संविधान बन्यो, अर्जुनदृष्टि ताकीताकी न सेना समायोजन भयो प्रचण्ड भागीभागी………….. मैले के बिराएँ -कमल गाउँले नेपालका पार्टीहरु भयौ झालेमाले यै गर्नलाई पठाका हुन् भोट हालेर बाले आहा मिल्काइदेउ संविधान बारुद किन बनाऊ बम विधान…………….. मन्त्री पाइनँ मातें हिंडे मैले के बिराएँ पासपोर्ट बेचें गाडी किनें मैले के बिराएँ……………. उहाँहरु संबिधान बनाउँदै हुनुहुन्छ…… लक्ष्मण गाम्नागे कोही भित्र पस्दै हुनुहुन्छ कोही बाहिर निस्कँदै हुनुहुन्छ कोही कुर्सीमा उङदै हुनुहुन्छ कोही क्यान्टिनमा घुम्दै हुनुहुन्छ सुत्केरी हुन लागेकी गौमाता झैं कोही बारम्बार उठ्दै बस्दै हुनुहुन्छ कोही निष्कृय छैन सबै मस्तै हुनुहुन्छ हल्ला नगरौं साथीहरु हो कोही रातो पासपोर्टमा अर्कैको फोटो टाँसेर इमिग्रेसनमा छाप हनाउँदै हुनुहुन्छ उहाँहरु संविधान बनाउँदै हुनुहुन्छ……………………. आगोले घुस खायो.. -शैलेन्द्र सिंखडा आगो एउटा संस्कारमा जीवनको अन्तिम अंगमाल गर्ने साथी, झ्वाट्ट हेर्दा निष्पक्ष तर असाध्यै पक्षपाती खर्बारी, घर्बारी, झोपडी, बँगैंचा मास्न किन उत्सुक भाको ? ठूला ठूला महलतिर किन नगाको ? बल्लबल्ल सिंहदरबार छिर्न पाको त्यो पनि किन आधी मात्र खाको ? यो आगो के भाको ? मलाई शंका छ आगोले घुस खाको……………………….. http://www.onlinekhabar.com/20...
bhimesh · Aug 18, 2011 5:41 AM · 12,776 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion