H1B मा हुने साथी हरु को जानकारी को लागि !!!! आज मेरो अफिस मा बिहान बिहान (without prior notice) इमिग्रेशन अफिसर आएर मेरो HR डिरेक्टर संग सुरु मा कुरा गर्यो .... कम्पनी को बारेमा ....मेरो H1B ...स्यालरी ... जब duties को बारेमा सोध्यो रे .... अनि HR को ID चेक गर्यो रे अनि उसले बोकेर ल्याको डकुमेन्ट मा भाको HR को signature verify गर्न लायो रे .....तेशपछि सेक्रेटरी लाई भनेर मलाई बोलायो ...सुरुमा फिलिम ईसटाइल मा उस्को ID देखाएर परिचय गर्यो म इमिग्रेशन अफिसर फलानो ....random administrative site visit मा आको भन्यो अनि मलाई मेरो काम गर्ने ठाउँ देखा भन्यो ...अनि मैले मेरो क्युबिकल मा लगें अनि कुनै डकुमेन्ट हेर्ने हो भनेर मैले सोधें .... पर्दैन भन्यो ...अनि मेरो स्यालरी ... जब duties अनि client को बारेमा सोध्यो .......१० मिनेट मा हिड्यो ..... pay stubs मेल गर्दे भनेको छ रे HR Director लाई ....... यो सबै कुरा २० minutes मा भाको हो टोटल !!!!! म अमेरिकन कम्पनी मा ३.५ बर्ष देखिन काम गर्दै छु design engineer (Electrical /Power - MS) अनि H1B भर्खर extension गरेको हो अर्को ३ बर्ष को लागि ..... ३०० भन्दा धेरै employee छ अनि १० वटा स्टेट मा अफिश छ ...म चै कर्पोरेट अफिश मा छु अनि म मात्र एकजना बिदेशी हो यो अफिस मा ... अनि बिदेशी म सहित २ जना मात्र छौ ३०० जना मा !!!! मेरो direct जब हो, कन्सलटेनसी बाट हैन !!!! त्यो मान्छे चै Texsas बाट Montana आको हो चेक गर्न !!!!!! अरु केहि जानकारी चाहिन्छ भने भन्नु होला !!!! कृपया सेनसेटिभ कुरा चै नेपाली मा लेखनु होला !!!! जे होश H1B भाको साथी हरु पनि एस्तो कुरा को लागि रेडी भएर बस्नु भए सजिलो होला !!!!!!
hate · Aug 17, 2011 8:25 PM · 12,104 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion