This is what I got in mass email. These are the people who are running NRN. एउटा जाबो ANA लै त सम्हाल्न सक्दैन देश बनाउन हिडेकाहरु को ताल के प्रल्लाद केसी एएनए बोस्टन सम्मेलनको बेला प्रयोग भएको सुविधा सम्पन्न होटलको खर्चको उत्तरदायी हुन ? १. होटलसंग भएको सम्झौता पत्रमा प्रल्लाद केसीले अनाधिकारिक रुपमा हस्ताक्षर गरेका छन l अनाधिकारिक यस अर्थमा की होटलसंगको सम्झौतामा उनले एएनएको अध्यक्ष भनेर हस्ताक्षर गरेका छन l बोस्टन सम्मेलनको आर्थिक अवस्थाको खोजिबाट उम्काउन यसलाई गोप्य रुपमा सच्याएर हरि शर्माले उनलाई अनुसन्धानको दायराबाट बाहिर राखेको देखिन्छ l २. बोस्टन सम्मेलमा भएको घाटाको आधा हिस्सा होटल खर्चले ओगटेको छ जसका संयोजक प्रल्लाद केसी थिए l के प्रल्लाद केसीले सुविधा सम्पन्न होटलको महँगो कोठा भाडा सित्तैमा ( सम्मेलनको खर्चमा पर्नेगरी ) उपलब्ध गराउन रोक्ने प्रयास गर्न सक्दैन थिए ? यस सम्मेलनमा आयोजकका तर्फबाट धेरैलाई सित्तैमा कोठा उपलब्ध गराइएको छ जस अन्तर्गत सित्तैमा बस्नेमा प्रल्लाद केसी र तुलसी जोशी पनि थिए l ३. स्मरण रहोस एएनए डि.सी. सम्मेलनमा सित्तैमा होटल कोठा वापतको खर्च शुन्य थियो भने यस अन्तर्गत बोस्टन सम्मेलमा ६० हजार डलर जति खर्च भएको छ l प्रल्लाद केसी र तुलसी जोशीको कोठा वापत ५५३ डलर रहेको छ l बोस्टन सम्मेल आयोजकहरुका संयोजक मध्येका एक संयोजक र होटलसंग भएको सम्झौता पत्रमा एएनएको अध्यक्ष भनेर हस्ताक्षर गर्ने प्रल्लाद केसी के बोस्टन सम्मेलनको आर्थिक अवस्थाको उत्तरदायी हुन् ? प्रल्लाद केसी कहिल्यै एएनएका अध्यक्ष थिए ? के प्रल्लाद केसीले एएनएको अध्यक्ष भनेर प्रतिनिधित्व गर्नु छल होइन ? के प्रल्लाद केसी र तुलसी जोशी एएनएका कुनै पनि कार्यकारी पदमा अटाउन सक्लान ? प्रल्लाद केसी के कारणले एएनएको आगामी अध्यक्ष बन्न चाहन्छन ? सित्तैको कोठाको बक्यौता तिर्न वा एएनएको अध्यक्ष भनेर गरेको हस्ताक्षरलाइ जोगाउन ? यसवारे तपाइँहरु नै सोच्नुस l अर्कोपल्ट: १.राजा उपाध्यायले मनगणन्ते घोषणा गरेका निर्विरोध पदाधिकारी मध्येका अधिकांश व्यक्तिहरु कहिल्यै एएनएका आधिकारिक आजीवन सदस्य थिएनन - २. किन एएनएका ४ जना पूर्व अध्यक्षहरु प्रल्लाद केसीले नेतृत्व गरेको ५ जनाको समुहलाई सहयोग गरिरहेका छन ? फेरी ३ जना अरुहरुले ४ जना पूर्व अध्यक्षहरुलाइ पछाडी रहेर सहयोग गर्नु परेको रहस्य के हो ? ३.कुन्जर र प्रल्लादले राजाबाट पदक कसरि पाए ? कुन्जरले कोबाट र कसरी क्यानडालागि अवैतनिक वाणिज्यदुत पाए ? तपाइलाई पत्यार नै लाग्दैन त्यतिवेला सम्म...........
manusya · Aug 15, 2011 10:37 AM · 13,599 views
This is what I got from a mass email: घटोलाको खानी ए एन ए २९ बर्ष अघि आफ्ना पारिवारिक भेटघातका निम्ति केहि धनाढ्यया विद्वानहरूबाट बनेको ए एन ए २९ वर्षपछि जम्मा जम्मी २०० जति आफ्ना पारिवारिक सदस्य , नातागोता र भाई भातिजमा सिमित छ | तर पनि ति विद्वान डा.साबहरू भन्छन ए एन ए ले अमेरिका र क्यानाडाका २ लाख भन्दा बढ़ी नेपालीहरूलाई प्रतिनिधित्व गर्छ | हजमोला भन्दा कडा पाचंक चाहिन्छ यो कुरा पचाउन | तर पनि यथार्थ यो हो कि ए एन ए को वार्षिक सम्मलेनमा ५ देखि १० हज़ार नेपालीहरू भेला हुन्छन र ए एन ए का विभिन्न कार्यक्रममा सयौं डालर खर्च गर्छन | २९ वर्षदेखि त्यों पैसा कहाँ गयो, भगवान् जाने | हुंदा हुंदा २०१० को बोस्टन कन्भेन्सनमा ८४ हज़ार घटोला भएको खबर सार्बजानिक भै सकेको छ |८४ हज़ार घटोला हुनुको धेरै श्रोतहरू मध्य एक श्रोत बोस्टन सम्मलेनको सभापतिले ए एन ए का संस्थापक विद्वान डा साबहरू , उनीहरूका परिवार , नाता गोता, भाई भातिज , इस्ट मित्रहरूको सम्मानमा दिनहु अमेरिकाको महँगो ५ तारे होटलमा भी आई पि रात्रि भोजको आयोजन गरेका थिए| साधारण नेपाली जो घंटाको ५ डालर कमाऊ छन उनीहरूले ए एन ए का सबै कार्यक्रममा पैसा तिरेका थिए | तर ति धनाढ्य डा साबहरू , उनीहरूका परिवारजन , इस्टमित्रहरूका लागी सम्पूर्ण कार्यक्रम र सेवा निशुल्क थियो | यो त भयो बोस्टन सम्मलेनमा सार्बजानिक भएको आर्थिक घटोलाको एक श्रोत | ए एन ए स्थापना कालदेखि अहिलेसम्म भएका लाखौंको लेखाजोखा काही छैन | २०० भन्दा बढ़ी लाइफ मेम्बरहरूले तिरेको सदस्य शुल्क कहा गयो ? विभिन्न श्रोतबाट आएको डोनेसनको मोटो रकम कहा गयो ? विगतमा भएको सम्मलेनहरूबाट संकलित रकम कहा गयो ? २०११ को ए एन ए सम्मलेन विषम परिस्थितिमा लगभग १५०० देखि २००० को उपस्थितिमा सम्पन्न हुंदा त १०, ००० डालर नाफा हुन्छ भने विगतमा दस हज़ारको संख्यामा सम्पन्न भएको ए एन ए को सम्मलेनको हिसाब कहिल्यै सार्बजानिक भएन भने बोस्टनमा त ८४,००० घाटा देखाइयो | त्यस्तै ए एन ए मा घटोलाको अर्को श्रोत हो हात्तीको देखाउने दांत ए एन ए छात्रबृत्ति कोष | Fairmont State Collage का प्रोफेस्सर डा तुलशी जोशीको एकछत्र रजाई भएको ए एन ए छात्रबृत्ति कोषबाट कति बिद्यार्थीहरूले कहा कहा कति छात्रबृत्ति पायो यसको लेखा जोखा FBI ले पनि लाउन सक्दैन | जब ए एन ए नेतृत्वमा नया अनुहार आउन थाले तब डा साबहरूको सबै काला करतूत र गैरकानूनी पोल खुलने डरले यी डा साबहरूले निर्वाचन नै नगराई आफूले आफूलाई ए एन ए पदाधिकारी घोषित गरे | डा तुलशी जोशीले त ए एन ए हामी २०० जनाको मात्रै हो अरू कसैलाई पनि ए एन ए को चुनावमा न त उठने नै अधिकार छ न त भोट हाल्ने नै अधिकार छ भन्ने किसिमले प्रेस विज्ञप्ति नै जारी गरिदिए | डा तुलशी जोशीको भनाईलाई यसरी पनि बुझ्न सकिन्छ : ए एन ए छात्रबृत्ति कोष मेरो हो, त्यसमा आँखा गाड़ने अधिकार अरू कसैलाई पनि छैन | मरता क्या नहीं करता भने झै जब सम्पूर्ण नेपालीहरूले उनीहरूको गैर कानूनी प्रकियालाई चुनौती दिए, पैसाको मातले डा साबहरू कूदे अदालत तीर | अमेरिकी अदालती फैसाला भविष्यको गर्भमा छ | ए एन ए र छात्रबृत्तिको नाऊमा घटोला गर्ने यी डा साबहरूलाई जनताको अदालतले अवश्य पनि नंग्यौने छ |
sudystha · Aug 15, 2011 11:44 AM
http://www.facebook.com/#!/eve...
shriprakash · Aug 15, 2011 12:33 PM
I got this information from someone that the guy name Roger Adhikari from california is calling all the new candidates of ANA and warning all of them not to get involved in this matter else they will face a trial too. Is it true? How coward are all these candidates then in the land of law and order? jo dargaya wo margaya. Last edited: 15-Aug-11 01:08 PM
mno · Aug 15, 2011 1:01 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion