न्हुःपुखु यसरी बन्यो रानीपोखरी

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Normal 0 false false false EN-US X-NONE NE /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-priority:99; mso-style-qformat:yes; mso-style-parent:""; mso-padding-alt:0in 5.4pt 0in 5.4pt; mso-para-margin-top:0in; mso-para-margin-right:0in; mso-para-margin-bottom:10.0pt; mso-para-margin-left:0in; line-height:115%; mso-pagination:widow-orphan; font-size:11.0pt; mso-bidi-font-size:10.0pt; font-family:"Calibri","sans-serif"; mso-ascii-font-family:Calibri; mso-ascii-theme-font:minor-latin; mso-fareast-font-family:"Times New Roman"; mso-fareast-theme-font:minor-fareast; mso-hansi-font-family:Calibri; mso-hansi-theme-font:minor-latin;} न्हुःपुखु यसरी बन्यो रानीपोखरी प्रा। दिनेशराज पन्त   रत्नपार्कसँगै रहेको रानीपोखरी सबैले देखेका छन् । प्रतिवर्ष भाइटीकाको दिन दिदीबहिनी नभएक्ा दाजुभाइ र दाजुभाइ नभएका दिदीबहिनीले त्यहाँभित्र रहेको मन्दिरमा गएर तेल हाल्ने चलन छ । प्रताप मल्ल काठमाडौँमा प्रसिद्ध राजा हुन् । उनले काठमाडौँलाई सिगार्न धेरै काम गरेका छन् । उनले राखेका कीर्तिहरुमध्ये रानीपोखरी पनि एउटा हो । यो पोखरी बनाउन लगाई प्रताप मल्लले राख्न लगाएको एउटै बेहोराको शिलालेख तीन ठाउँमा भेटिएको छन् । वीर अस्पतालको क्याम्पसभित्रको पूर्वतिरको पर्खालनिरको शिलालेख, राष्टिय नाचघरको ढोकाको भित्तामा टाँसिएको शिलालेख र सेतोदरबारभित्रको शिलालेख गरी तीन ठाउँमा भेटिएका शिलालेख एकै बेहोराका छन् । सुरुमा कालिकालाई नमस्कार र राजाको प्रशस्ति संस्कृति भाषामा, अन्समा यस कीर्तिको नाश गरे पाल लाग्ला, रक्षा गरे पुण्य होला भन्ने कुरा र मिति नेवारी भाषामा दिइएको छ । यसबाहेक सम्पूर्ण यो शिलालेख नेपाली भाषामा छ । यताबाट मल्लकालमा काठमाडौँमा नेपाली भाषाको प्रयोग राम्ररी हुन्थ्यो र प्राचीनकालदेखि विशाल रुपमा रहेको नेपाल टुक्रँदै गए पनि एक ढको एकताको सन्देश कताकता प्रवाहित भइरहेको थियो भनेर बुझ्न सकिन्छ । दिवङ्गत छोरा चक्रवर्तेन्द्र मल्लको पुण्यवृद्धिको लागि वि।सं। १७२७ मा प्रताप मल्लले रानीपोखरी बनाउन लगाएका हुन् । चक्रवर्तेन्द्र मल्ल प्रताप मल्लका मन परेका छोरा हुन्् । उनी कडा बिरामी हुँदा प्रताप मल्लले उनलाई राजा घोषणा गरी उनको नाममा टकसमेत छापिदिएका थिए चक्रवर्तेन्द्र मल्लको मृत्यु वि।सं। १७२६ मा भयो । उनको मृतयु भएपछि प्रताप मल्लको मनमा ज्यादै चोट पर्‍यो । आफ्नो चोटलाई शान्त गर्न र दिवंगत छोराको उद्धार होस् भनी प्रताप मल्लले चक्रवर्तेन्द्रको नाममा पोखरी बनाउन लगाए । आफूले शास्त्र हेर्दा यस्तो काम गरे पुण्य हुने हुनाले मैले यो काम गरेको हुँ भनी प्रताप मल्लले शिलालेखमा लेखाएका छन् । चक्रवर्तेन्द्र मल्लको नामले बनाएको यसपोखरीमा गङ्गा आदि तीर्थको जल राखिएको छ भनी यहाँ लेखिएको छ । वाराणसी, वैद्यनाथ, गङ्गासागर, मुक्तिक्षेत्र, सरयू, सप्तकाशी, सप्तगण्डकी, बरहाक्षेत्र आदिको जल यस पोखरीमा राखिएको कुरा यस शिलालेखमा परेको छ । यसको साथै काठमाडौँ वरपरका शङ्कमूल, रौदह, गोकर्ण, टेकुदोभान आदिको जल ल्याएर यहाँ राखिएको बयान परेको छ। बाग्वतीको जल १०६४१ भारी, गोसाईँकुण्डको जल ६३ भारी यस पोखरीमा हालिएको छ भनेर पनि शिलालेखमा लेखिएको छ । प्रताप मल्ल आफू स्वयं लेखपढ गर्ने स्वभावका थिए । यसैले उनले शास्त्र पल्टाई हेर्दा पोखरी बनाएका खण्डमा असङ्ख्य पुण्य होला भन्ने उनलाई लाग्यो र नेपालका प्रसिद्ध तीर्थहरुको साथै भारतका केही प्रसिद्ध तीर्थहरुको जल ल्याई पोखरी बनाउन लगाए । यसरी यो पोखरी बनाउन प्रताप मल्लले प्रशस्त परिश्रम गरेको तथा धेरै खर्च गरेको देखिन्छ । यसप ोखरीमा देवतर्पण पितृतर्पण गर्‍यो भने यस शिलालेखमा लेखिएका तीर्थहरुमा स्नान गरेको फल मिल्छ भनेर पनि प्रताप मल्लले लेखिएका छन् । चक्रवर्तेन्द्र मल्लको नामले बनाइएको पोखरी भनी शिलालेखमा लेखिएको यस पोखरीको नाउँ शुरुमा रानीपोखरी थिएन । नयाँ बनेको हुनाले न्हुःपुखु अर्थात् नयाँ पोखरी नामले यो पोखरी प्रसिद्ध भयो । अहिलेसम्म पनि नेवारी भाषामा रानीपोखरीलाई न्हुःपुखु भन्ने चलन चलेर आइरहेको कुरा यस प्रसङ्गमा स्मरणीय छ । त्यसबेला काठमाडौँ शहरभन्दा ठ्याक्कै बाहिर यो पोखरी पर्दथ्यो । त्यसैले बाहिरबाट आएका राजाहरुलाई त्यही पोखरीमा गई स्वागत गरी हनुमानढोका दरबारमा ल्याई राखिन्थ्यो । वि।सं। १७४८ मा विजयपुरका राजा विधाताइन्द्र सेन काठमाडौँमा आउँदा काठमाडौँका राजा भूपालेन्द्र मल्ल न्हुःपुखुमा स्व्ाागत गर्न गए भनी तात्कालिक ठयासफुमा लेखिएको छ । यी भूपालेन्द्र मल्ल प्रताप मल्लका नाति, पार्थिवेन्द्र मल्लका छोरा हुन् । यिनै भूपालेन्द्रकी रानी भुवनलक्ष्मीले यस पोखरीको जीर्णोद्वार गष्रेपछि यो पोखरी रानीपोखरीको नामले पनि पुकारिन थाल्यो र क्रमशः यो नाम प्रसिद्ध हुँदै पनि गयो । पोखरीको जग्गा मिचिँदै गएको र पोखरीमा हामफालेर आत्महत्या गर्ने क्रम पनि बढ्दै गएकोले श्री ३ जुद्धशमशेरको शासनकालमा रानीपोखरीको चारैतिर बार लगाइयो । रानीपोखरीमा रहेको ढुङ्गे हात्ती पनि प्रताप मल्लले नै राखेका हुन् । त्यस हात्तीमा ३ जना मानिस देखिन्छन् । हात्तीमा चढेका ३ जना क्रमशः प्रताप मल्ल, चक्रवर्तेन्द्र मल्ल र महीपतेन्द्र मल्ल हुन् भन्ने कुरा हात्तीको घाँटीमा कुँदिएको अभिलेखबाट थाहा हुन्छ । चक्रवर्तेन्द्र प्रताप मल्लका छोरा हुन् भन्ने कुरा माथि परिसकेको छ, त्यसै गरी महपतेन्द्र पनि प्रताप मल्लका छोरा हुन् । पोखरीको बीचमा यमलेश्वर महादेवको मन्दिर बनाई त्यस मन्दिरमा जाने पुल पनि प्रताप मल्लले बनाउन लाएका हुन् । यस मन्दिरको उत्तरपट्ट िरहेको नारायण मूर्तिको वि।सं। १७२६ माघ को अभिलेखमा काशी छोडेर विश्वनाथ यहाँ बस्न आएका छन् भनी प्रताप मल्लले लेखाएका छन् । वि।सं। १७२६ माघको प्रताप मल्लको शिलालेखमा यही कुरालाई लक्ष्य गरेर विश्वनाथ काशीबाट यहाँ आए भनी लेखिएको हो । नेपालीहरु धर्मकर्म गर्न, पढ्न काशी गइरहन्थे । काशी जाँदा विश्व नाथको दर्शन गर्ने कुरा पनि उनीहरुको कार्यक्रममा पथ्र्यो । विश्वनाथ मन्दिर भत्काइएको खबरले खलबली मच्चिनु स्वभाविक थियो । तात्कालिक घटनावलीमा नेवारी भाषामा यो घटना टिपिएबाट पनि यो स्पष्ट हुन्छ । यसको ८ वर्षपछि वि।सं। १७३४ मा ललितपुर मङ्गलबजारमा पाटनका चौतारा -मुख्यमन्त्री० भगीरथ भैयाले । विश्वेश्वर मन्दिरको स्थापना गरी भयङ्कर यवनदेखि उद्विग्न भएका विश्वनाथ काशीबाट यहाँ आए भनी शिलापत्रमा लेखाएको कुरा यस प्रसङ्गमा स्मरणीय छ । मल्लकालमा र शाहकालको पनि धेरै कालसम्म काठमाडौँ शहरको ठ्याक्कै बाहिर रहेको र अहिले काठमाडौँको मुटुमा रहेको यस रानीपोखरीको संरक्षणले हाम्रो सम्पदाको संरक्षण मात्र होइन कि प्रतिदिन अस्तव्यस्त हुँदै गइरहेको काठमाडौँको सौन्दर्यलाई केही अंश भए पनि जोगाउन सकिन्छ Last edited: 13-Aug-11 05:14 PM

_____ · Aug 13, 2011 5:12 PM · 1,970 views

1 Reply

 Nepalese or khas kura was a sophisticated language even in Licchavi era. People who make hue and cry about Mahendra to be responsible for dominance of nepalese language is a moron.

NALAPANI · Aug 13, 2011 11:36 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all