WTF,कवितालाई दिइएको यातना मध्ययुगीन बर्बरता: संसदीय टोली

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

बुटवल, श्रावण २५ - जनजागरण महिला समुहका सदस्यहरुको यातनापछि आत्महत्या गरेकी बुटवलको योगीकुटीकी कविता थापाको घटनाबारे सत्यतथ्य अध्ययन गर्न आएको चार सदस्यीय संसदीय छानवीन टोलीले बुधबारदेखि स्थलगत अध्ययन थालेको छ  ।  घटनास्थल, प्रत्यक्षदर्शी, हिरासतमा रहेका महिला तथा स्थानीय प्रहरी प्रशासनसंगको सोधपुछपछि प्रतिक्रीया दिंदै टोली संयोजक विनोद पहाडीले कवितामाथि महिला समुहले गरेको कार्य मध्ययुगीन बर्बरता तथा मानव सम्यतालाई नै चुनौति दिने खालको भएको टिप्पणी गरेका छन् ।  दवाउन खोजिएको घटनालाई बाहिर ल्याएर सञ्चार माध्यमले राज्यको आँखा खोलेको बताउँदै टोलीले अब यस्ता घटना दोहोरिन नदिन पनि घटनाको गहिरो अध्ययन गर्ने उनको भनाई थियो । स्थलगत अध्ययनमा संलग्न नैनकला थापाले घटनालाई जघन्य अपराधका रुपमा लिएर अध्ययन सुरु गरेको र त्यसअनुसार घटनाको गहिरो अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउने बताए ।  टोलीले बिहीबार पनि घटनाको थप अध्ययन गर्ने र पीडित तथा प्रत्यक्षदर्शी मानवअधिकारकर्मी, पत्रकारलगायतसंग छलफल गर्ने जनाएको छ । शनिबार दिउँसो रक्सी खाने कुलतमा लागेको आरोप लगाउँदै स्थानीय जनजागरण महिला समुहका सदस्यहरुले यातना दिएपछि आत्मग्लानीका कारण कविताले त्यसराति घरमा झुण्डीएर आत्महत्या गरेकी थिइन् ।  संसदीय छानविन टोलीको अध्ययनपछि पनि मृतक पक्षधरले प्रहरीले सबै दोषी महिलालाई पक्राउ गर्नु पर्ने तथा पीडितलाई राहत उपलब्ध नगराउँदासम्म शव नउठाउने भन्दै  पाँचौं दिन बुधबार पनि शव घरकै बरण्डामा राखेको छ ।  मृतकका आफन्त तथा स्थानीयले स्थलगत अध्ययनकालागि आएको संसदीय टोलीसंग घटनाको सत्यतथ्य अध्ययन गर्न तथा सबै दोषीलाई पक्राउ गरी सार्वजनिक गर्न अनुरोध गर्दै केहीबेर बाटो समेत छेकेका थिए । शव हेर्न आउने मृतकका दाजुभाइ तथा टाढा टाढाका आफन्तहरुसमेतको घरआसपासमा भीड लागेको छ ।   आक्रोशीत समुहको भीडले योगीकुटी बजार थप तनाग्रत बनेको छ । प्रहरीले घटनामा संलग्न देवु ढकाल, श्याम कुमारी गिरी, माया थापा र कमला न्यौपानेलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बुटवलमा राखेको छ

padante khate muraj · Aug 10, 2011 9:48 AM · 10,393 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all