काठमाडौं, श्रावण २४ - पहेँलो धातु सुनको मूल्य आकाशिने क्रम मंगलबार पनि जारी रहृयो । मंगलबार एकै दिन सुन तोलाको १९ सय रुपैयाँ बढेर ४९ हजार ४ सय रुपैयाँ कायम भयो । नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ४९ हजार ४ सय, तेजावी ४९ हजार १ सय ८७ र असली चाँदीको मूल्य ११ सय ३५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिनमा दुई पटक मूल्य बढे पनि मंगलबार दुईपटक मूल्य बढेन । आकासिँदो मूल्यले तीज, दसैं र तिहारजस्ता चाड नजिकिँदै केही रकम जोगाएर सुन किन्न लागेका सर्वसाधारण मारमा परेका छन् । अन्तर्राष्ट्रिय बजारमा मूल्य उकालो लागेकाले स्थानीय बजारमा पनि बढेको सुनचाँदी व्यवसायी संघले दाबी गरेको छ । युरोप र अमेरिकी डलर देखिएको आर्थिक मन्दीले अन्तर्राष्ट्रिय सेयर बजारमा गिरावट आएको, अन्य मुद्राको दाँजोमा डलर कमजोर भएकाले मूल्यमा उच्च वृद्धि भएको हो । सेयर र डलर कमजोर हुनेबित्तिकै लगानीकर्ताहरू सुरक्षित लगानी क्षेत्र मानिने सुनमा आकर्षित हुने गर्छन् । यसले सुनको माग बढाउँछ । स्थानीय बजारमा यसरी भएको मूल्य वृद्धिले लगानीका लागि सुन किनेपछि गहनाका लागि सुन किन्नेको संख्यामा उच्च गिरावट आएको व्यवसायीहरू बताउँछन् । तीज, दसैं र तिहारजस्ता चाडबाड नजिकिँदै गर्दा गहनाका
6akka · Aug 9, 2011 5:11 AM · 11,467 views
thukka aama le ta pailai bihe gardinchu bhenko..namanera baserko.. aba aadha laakh parne sun kati tola kinnu parne ho. Hare shiva!
momoo · Aug 9, 2011 1:03 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion