सार्वजनिक स्थलमा धुमपान निषेध

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

CanadaNepal.net सार्वजनिक स्थलमा धुमपान निषेध – सरकारले आजदेखि सार्वजनिकस्थानमा धुमपान गर्नेलाई जरिवाना गर्ने भएको छ ।संसदबाट सुर्ती नियन्त्रण तथा नियमन ऐन पारित भएपछि सरकारले आजदेखि देशभर सार्वजनिक स्थलमा धुमपान निषेध गरेको हो । शिक्षण संस्था, स्वास्थ्य संस्था, बाल कल्याण, गृह, शिशु स्याहार केन्द्र, बृद्धाश्रम, अनाथालय, सरकारी भवन, सार्वजनिक यातायातका साधन, उद्योग तथा कलकारखाना, होटल, रेष्टुरेण्ट, मिनी मार्केट, हाटबजार, पसल र धार्मिक स्थलजस्ता सार्वजनिक स्थलमा धुमपान रोकिएको हो । सार्वजनिक स्थानमा धुमपान गरेको भेटिएमा १ सय रुपैंया जरिवाना गरिने भएको छ । सरकारले अनुगमनका लागि स्वास्थ्य मन्त्रालयमार्फत अनुगमन निरीक्षकसमेत खटाउने भएको छ । आगामी १८ कात्तिकदेखि चुरोट कम्पनीहरुले चुरोटको बट्टामा ७५ प्रतिशत हानीकारक चित्रसहितको तस्विरसमेत राख्नुपर्नेछ । गर्भवतीमहिलालाई पनि सुर्तीजन्य पदार्थ खरिदमा रोक लगाइएको छ । त्यस्तै, पानपसल र खुला स्थानमा चुरोट विक्री वितरण गर्न पाइने छैन । विक्री गर्दा नखोलिएको बट्टा १८ बर्षमाथिका व्यक्तिलाई मात्र वेच्न सकिनेछ । स्वास्थ्य मन्त्रालयले ऐन कार्यान्वयन गराउनका लागि गृह, बाणिज्य, शिक्ष् लगायतका मन्त्रालयसंग छलफल थालेको छ । भिडियो हेर्न को लागि यहाँ क्लिक गर्नुहोला। Click Here For Video   Last edited: 07-Aug-11 08:41 PM Last edited: 08-Aug-11 09:07 AM

canadanepal · Aug 7, 2011 8:08 PM · 11,454 views

4 Replies

Well, isn't corruption also illegal in Nepal? See what happened to that?

Pulsar_Beat · Aug 7, 2011 8:48 PM

 hahaaaaaa gud joke!

masubhat · Aug 7, 2011 10:09 PM

Don't know whether it would be implemented or not, if it does, then i will say good job.

राछस · Aug 8, 2011 6:27 AM

pulsar_beat corruption is not legal..use your common sense. masubhat: it's not a joke..it might be a joke to those who doesn't follow the rule

canadanepal · Aug 8, 2011 9:09 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all