ANA Announcement

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

  Netra Pandey   उत्तर अमेरिकामा बसोवास गर्ने नेपालीहरूको साझा संस्था एसोसिएसन अफ नेप्लिज इन अमेरिका "एनए" (ANA) हामी करिब २ लाख नेपालीहरू सबैलाई एकतामा राख्नसक्ने साझा मञ्च हो । करिब ३० वर्षपछि पहिलोपटक प्रजातान्त्रिक पद्दतिबाट "एनए" (ANA) को यहि ६ अगस्ट २०११ मा सम्पन्न हुने चौधौँ... निर्वाचनका लागि म आफूलाई कोषाध्यक्ष पदमा प्रस्तुत गरेको छु। "एनए" (ANA) लाई सञ्चालन गर्न सबै सदस्यहरूले जान्ने र बुझ्ने गरी उचित र सर्वमान्य संरचनाको व्यवस्था गरी वैज्ञानिक र पारदर्शी तरिकाबाट सञ्चालन गर्ने मेरो प्रतिवद्धता जाहेर गर्दछु । साथै "एनए" (ANA) लाई उत्तर अमेरिकामा रहने सबै नेपालीहरू तथा सबै गैर नाफामूलक संगठनहरूको छाता संगठन बनाउन "एनए" (ANA) राष्ट्रिय प्रतिनिधि परिषद्को गठन गर्ने , सामाजिक संघसंस्थाहरूमा स्वच्छ वातावरण बनाइ "एनए" (ANA) सबै नेपालीको, सबै नेपाली "एनए" (ANA) को भन्ने मूल नाराका साथ मेरो उपस्थिती रहने जानकारी पनि गराउदछु । आर्थिक हिसाब किताब चुश्त दुरुश्स्त राख्न्न "एनए" (ANA) मा बिशेष आर्थिक परिचालन समिति बनाउने छु ।निर्वाचनलगत्तै "एनए" (ANA) वार्षिक कार्यक्रमको घोषणा गरी स्थानीयस्तरमा रहेका सामाजिक संस्थाहरूको प्रत्यक्ष सहभागितामा आर्थिक, सामाजिक र बहुसांस्कृतिक कार्यक्रम व्यापक रूपमा सञ्चालन गरी नेपाल र नेपालीलाई अमेरिकी समाजमा सम्मानजनक उपस्थिति रहेको अनुभूति दिलाउने, स्वास्थ्य, शिक्षा, खेलकुद, सांस्कृतिक, महिलालगायतका समिति निर्माण गरी समाजमा रहेका विभिन्न क्षेत्र र समुदायको प्रतिनिधित्व गर्दै उच्च शिक्षा हासिल गर्नका लागि आएका विद्यार्थीहरूलाई सहयोग गर्न विद्यार्थी सहयोग कोषको विस्तार गर्ने , नेपाली समाजमा देखा पर्ने विभिन्न विपत्तिहरूलाई तत्काल सहयोगका निम्ति "एनए" (ANA) सहायता कोषको निर्माण गर्ने , एएनएका वार्षिक कार्यक्रमहरूलाई प्याकेजको रूपमा निर्माण गर्ने, त्यसको कार्यान्वयनका लागि विभिन्न उपसमितिहरू गठन गर्ने ,हरेक क्षेत्रमा नेपालीहरूले गरेको सहास र योगदानप्रतिको उच्च सम्मानको व्यवस्था गर्न हरेक संघसंस्था र व्यक्तिलाई "एनए" (ANA) द्वारा सम्मान गर्ने व्यवस्था गर्ने छु ।नेपाल र अमेरिकाबीचको अन्तर्सम्बन्ध विकासका निमित्त स्वेच्छिक एवं सांस्कृतिक आदन प्रदान गर्दै कूटनीतिक सम्बन्ध विस्तारमा पहल गर्ने र, अन्त्यमा "एनए" (ANA) अन्तरिम कमिटी, "एनए" (ANA) निर्वाचन कमिटी, ट्रस्टी बोर्ड तथा "एनए" (ANA)का सबै पूर्व पदाधिकारीहरूले "एनए" (ANA) लाई यहाँसम्म ल्याइ पुर्‍याउनु भएकोमा, योगदानको उच्च सम्मान गर्दै मेरो कार्यकालमा यहाँहरूले खेल्नुभएको महत्त्वपूर्ण भूमिकाको उच्च सम्मान गर्ने छु । “Think together, Work together, and Live together”  धन्यवाद! नेत्र पाण्डे (ए एन ए, कोषाध्यक्ष उमेद्वार्) टेक्सास        

netrapandey · Aug 4, 2011 3:02 PM · 9,098 views

1 Reply

After reading the announcement, I confirm that it is your personal announcement, not an ANA announcement. ANA can not officially make a public announcement to vote for an individual candidate, then why are you keeping the heading ANA annoucement? Anyway, strong announcement with all big and powerful words. Yo garidunchu, tyo gari dinchhu and so on... but how and when? Have you thought about it? Do you have any links where we as a voters can go and check your past background and accomplishment, where we can ready your future agenda? If so please redirect us. In this educated world you can not beg for vote. You have to earn it by proving yourself.

chappaljutta · Aug 4, 2011 3:28 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all