Lila

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 प्रहरीले यौनक्रियाकलाप गरिरहेको अवस्थामा बुधबार साँझ इटहरीका विभिन्न होटल तथा रेस्टुरेन्टबाट एक भारतीय नागरिकसहित दसजनालाई पक्राउ गरेको छ । प्रहरीले बसपार्क र पश्चिम लाइनमा सञ्चालित होटल तथा रेस्टुरेन्टहरूमा छापा मारेको हो ।  इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार इटहरीको पश्चिम लाइनमा सञ्चालित न्यु फ्युजन होटल तथा रेस्टुरेन्टबाट यौनक्रियाकलाप गरिरहेको अवस्थामा चारजनालाई पक्राउ गरिएको छ । त्यस्तै पश्चिम लाइनकै सिंगापुर होटल तथा रेस्टुरेन्टबाट एक भारतीय नागरिकसहित दुईजना, हिमसागर होटल तथा रेस्टुरेन्टबाट दुईजना र बसपार्कका स-साना छाप्रो होटलबाट दुईजना पक्राउ गरिएको प्रहरी निरीक्षक श्रेष्ठले बताए । 

torpay · Aug 3, 2011 11:31 PM · 9,093 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all