अमात्य समूहका व्यापारी पियुषबहादुर पक्राउ १५ साउन, काठमाडौं । ठगीको आरोपमा अमात्य समूहका पियुषबहादुर अमात्य पक्राउ परेका छन् । अमात्यलाई तीन सहयोगीसहित काठमाडौंको सिनामगलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । पोखरास्थित फूलबारी होटलमा जागिर लगाइदिने प्रलोभन देखाएर ४ करोडभन्दा बढी रकम ठगी गरेको अभियोगमा प्रहरीको अपराध अनुसन्धान महाशाखाले अमात्यलाई पक्राउ गरेको हो । दीपबहादुर बस्नेत र आलोक रौनियारले दिएको उजुरीका आधारमा पियुषलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । अमात्य समूहको आमात्य इन्टरप्राइजेज मित्सुबिसी गाडस्कोअधिकारिक विक्रेता हो भने पियुष अध्यक्ष रहेको माउन्ट एभरेष्ट ब्रुअरीले माउन्ट एभरेष्ट बियर उत्पादन गर्दै आएको छ । source: http://www.onlinekhabar.com/20... केपी ढुङ्गाना, काठमाडौं, साउन १५ - ठगीको अभियोगमा अमात्य समूहका पियुषबहादुर अमात्य तीन जना सहयोगीसहित पक्राउ परेका छन्। काठमाडौंबाट विभिन्न व्यक्तिलाई पोखरास्थित फूलबारी होटलमा रहेको क्यासिनो, होटल तथा अन्य ठाउँमा जागिर लगाइदिने प्रलोभवनमा ४ करोडभन्दा बढी रकम ठगी गरेको अभियोगमा उनी पक्राउ परेका हुन्। प्रहरीको अपराध अनुसन्धान महाशाखाले उनलाई पक्राउ गरेको हो। पक्राउ लगत्तै उनलाई छाड्न राजनीतिक दलहरुबाट तिब्र दवाव आएको प्रहरी स्रोतले जनाएको छ। आज महानगरीय प्रहरी आयुक्त कार्यालय रानी पोखरीमा आयोजित पत्रकार सम्मेलनमा अमात्य पक्राउबारे पत्रकारले प्रश्न सोध्दा कुनै पनि प्रहरी अधिकारीले यस विषयमा बताएनन्। 'हामीले उनी पक्राउ परेको सावजनिक गर्नु अगाडि उनी प्रहरी हिरासत मुक्त भए भने अचम्म मान्नु पर्दैन,' राजनीतिक दवावबारे प्रहरी स्रोतले भन्यो। अमात्य समूहको मुख्य कारोबार गर्ने कम्पनी अमात्य इन्टरप्राइजेज नेपालमा मित्सुबिसी गाडीको आधिकारिक बिक्रेता हो। यो कम्पनीले पजेरोसहितका मित्सुबिसी गाडी नेपाल भित्र्याउने गर्दछ। पियुष अध्यक्ष रहेको माउन्ट एभरेष्ट ब्रुअरीले माउन्ट एभरेस्ट बियर उत्पादन गर्दै आएको छ। http://www.nagariknews.com/soc...
_____ · Jul 31, 2011 10:25 AM · 2,278 views
त्यो आर्को थ्रेड मा त २०सौ जना ले मनतब्य पोखेछन तर यो पियुस बहादुरको कान्ड चाँही करोडौ नभएर खराबौ को हो कि क्याहो ? तेसैले कसैको आँखा नगाको ? ठोक यो जाली ब्यापारिला जैल ।
MaGorkhe1 · Aug 1, 2011 9:19 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion