निगममा विगतका कर्तुत उदांगिदै

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

निगममा विगतका कर्तुत उदांगिदै   काठमाडौँ । नेपाल वायुसेवा निगमलाई बदनाम गराएर व्यक्तिगत लाभ लिन खोज्नेहरू आफै उदांगिन थालेका छन्। निगम बचाउन ऐन नियमको पालना गर्दै नयाँ विमान किन्न खोज्ने राष्ट्र सेवकहरूलाई दुःख दिएर निगममा लुट मच्चाउन खोज्ने गिरोहका सक्रिय सदस्यहरू इञ्जिनियरिङ विभागका तात्कालीन प्रमुख अच्यूत पहाडी नक्कली नियुक्तिप्रकरणमा तानिएपछि आफू पनि पोलिने त्रासले भयभीत बनेका छन्। निगम बचाउन खोज्ने तत्कालीन कार्यकारी अध्यक्ष सुगतरत्न कंशाकार र उनका सहयोगीहरूलाई झुठा मुद्दामा फसाएपछि गरिएको झन्डै डेढ सय जनाको अवैधानिक नियुक्ति, पदस्थापन, निगमको विमानको फ्लाइ अवे किट चोरी प्रकरणको छानबिनमा निगमका थुप्रै दुश्मनहरू त्ानिने अवस्था छ। निगम सूत्रले जनाएअनुसार पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले गठन गरेको छानबिन समितिले पहाडी, तत्कालीन अपरेसन विभाग प्रमुख शिशिर शर्मा, क्याप्टेन एमटी लामा र तत्कालीन महाप्रबन्धक केबी लिम्बूको मिलेमतोमा करोडौं मूल्यका सामान चोरी गरी बिक्री गरिएको निष्कर्ष निकालेको छ। आफूले गरेको बदमासी सार्वजनिक भएपछि लिम्बूभक्तहरूले नक्कली नियुक्ति प्रकरणमा सुगतका निकटस्थ कर्मचारीहरूलाई फसाउने षड्यन्त्र जारी राखेपछि निगमभित्र पोल खोलाखोलको स्थिति उत्पन्न भएको छ। यसै बीच नयाँ कार्यकारी अध्यक्ष मनरूप नेपच्यूनले निगममा सुधारका कामलाई अगाडि बढाउन थालेका छन्। उनले निगमको हितविपरीत लाग्ने कर्मचारीहरूलाई मुख्य जिम्मेवारीबाट पन्छाउँदै हितचिन्तकहरूलाई जिम्मेवारी दिएका छन्। अदालतबाट सफाइ पाएका पूर्व नायबमहाप्रबन्धक राजुबहादुर केसी र गणेश ठाकुरलाई पूर्ववत् नायब महाप्रबन्धकको जिम्मेवारी दिइसकिएको छ भने विगतमा कर्पोरेट विभागको जिम्मेवारी सम्हालेका क्याप्टेन जीपी ढकाललाई अपरेसन्स विभागको जिम्मा सुम्पिइएको छ। इन्जिनियरिङ विभागको जिम्मेवारी अहिले बीएन झालाई सुम्पिइएको छ। यसैबीच पर्यटन मन्त्री खड्गबहादुर विश्वकर्माले निगमको भ्रमण गरी कर्मचारीहरूसँग निगमको सुधार र जहाज खरिदको विवादरहित, सजिलो उपायको बारेका राय बुझेका छन्। source: http://www.weeklynepal.com/new...

_____ · Jul 30, 2011 9:34 AM · 1,289 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all