Normal 0 false false false EN-US X-NONE NE MicrosoftInternetExplorer4 /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-priority:99; mso-style-qformat:yes; mso-style-parent:""; mso-padding-alt:0in 5.4pt 0in 5.4pt; mso-para-margin:0in; mso-para-margin-bottom:.0001pt; mso-pagination:widow-orphan; font-size:11.0pt; mso-bidi-font-size:10.0pt; font-family:"Calibri","sans-serif"; mso-ascii-font-family:Calibri; mso-ascii-theme-font:minor-latin; mso-fareast-font-family:"Times New Roman"; mso-fareast-theme-font:minor-fareast; mso-hansi-font-family:Calibri; mso-hansi-theme-font:minor-latin; mso-bidi-font-family:Mangal; mso-bidi-theme-font:minor-bidi;} घुस खाने कर्मचारी, नेता का चम्चा बन्ने कर्मचारी, जनता लै दुखः दिने कर्मचारी, राष्ट्र घत गर्ने कर्मचारी कुन चाही नेपाली जनता खुसि छ कर्मचारी संग ? तेस्तो कर्मचारी हरुको तलब किन बदौना पर्यो? बैंक ठगीमा नगर कर्मचारी पक्राउ Saturday, 30 July 2011 09:06 नागरिक (0 votes, average 0 out of 5) मनोज अधिकारी, पोखरा, साउन १४- झन्डै एक दर्जन बैंक तथा वित्तीय संस्था ठगी प्रकरणमा एकपछि अर्को गर्दै कम्युनिकेसन सेन्टरदेखि पोखरा उपमहानगरपालिका कर्मचारीसमेत तानिएका छन्। प्रहरीले पछिल्लोपटक बिहीबार उपमहानगरपालिकाको सिफारिस शाखाका कर्मचारी राजु कोइरालालाई पक्राउ गरेको छ। अनुसन्धानका लागि सोही शाखाका अर्का कर्मचारी हरि थापामगरलाई पनि बुझाउन प्रहरीले पत्राचार गरेको छ। बैंक ठगीमा संलग्न मुख्य आरोपी सन्तोष पौडेलले मालपोतमा रोक्का जग्गालाई फुकुवा गराउन पेस गरेका कागजातमा उपमहानगरको चारकिल्ला सिफारिस पत्र पनि फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले अनुसन्धानका लागि कोइरालालाई पक्राउ गरेपछि उपमहानगरका कर्मचारी विरोधमा उत्रिएका छन्। सिफारिस गरेकै आधारमा सहकर्मीलाई पक्राउ गरेको भन्दै कर्मचारीले शुक्रबार विरोधस्वरुप कार्यालयको कामकाज ठप्प पारे। पौडेलले अन्य किर्ते कागज पेस गर्दा उपमहानगरबाट चार किल्ला सिफारिस पत्र सक्कलै समावेश गरेको भेटिएको छ। 'सिफारिसपत्र सक्कली भेटिएपछि अनुसन्धान गर्न नगरपालिका कर्मचारीलाई नियन्त्रणमा लिनुपरेको हो,' जिल्ला प्रहरी कार्यालयका डिएसपी तुलबहादुर कार्कीले भने। कानुन अधिकृत नारायण पौडेल नेतृत्वमा उपमहानगरका डेढ दर्जन कर्मचारी कार्यालयको मुल गेट बन्द गरी सहकर्मी छुटाउन दबाब दिन शुक्रबार जिल्ला प्रहरी कार्यालय पुगेका थिए। जिल्ला प्रहरी प्रमुख एसपी यादवराज सिलवाललाई भेटेर उनीहरुले कोइरालालाई छाड्न दबाब दिए। कर्मचारीले अपराह्न १ बजे कार्यालय फर्केर मुलगेट खोले पनि सेवाग्राहीको काम भने गरेनन्। यसैबीच, बैंक ठगीका मुख्य आरोपी सन्तोष पौडेललाई किर्ते कागजात बनाउन सहयोग पुर्‍याउने नयाँबजारस्थित कम्युनिकेसन सेन्टरका महेन्द्र पाण्डे क्षेत्री पक्राउ परेका छन्। पाण्डेले पौडेलका लागि बैंक तथा मालपोतका कागजातको फोटोकपी तथा स्क्यान गरिदिएको प्रहरीसमक्ष स्वीकारेका छन्। उनले पौडेलसँग किर्ते काममा कुनै मिलेमतो नभई नियमित ग्राहकका रुपमा साधारण शुल्क लिएर ती काम गरिदिएको बयान दिएका छन्। उक्त ठगी काण्डमा संलग्न रहेको र मुख्य योजनाकार पौडेललाई सघाएको आरोपमा प्रहरीले यसअघि जिल्ला मालपोत कार्यालयका सात कर्मचारीलाई पक्राउ गरी अनुसन्धानपछि अदालतमा पेस गरिसकेको छ। यसबाहेक किर्ते भन्ने थाहा हुँदाहुँदै पौडेलसँग पटकपटक जग्गा किनेबेच गरि ठगीमा सघाउने कमलमान गुभाजु र बीरबहादुर विकलाई पनि अदालत पेस गरिएको छ। पौडेललाई ठगी गर्न सिकाएको र आवश्यक कागजपत्र उपलब्ध गराएको आरोपमा मुक्तिनाथ विकास बैंकका कर्जा विभाग प्रमुख झलक सुवेदी, किर्ते कागजातका आधारमा काम गरिदिएको आरोपमा मालपोत तामेली फाँटकी खरिदार निरु अधिकारी, कम्प्युटर अपरेटर अनन्त सुवेदी, उमेन्द्र मेहता, राजेन्द्र पोखरेल र मोहन दर्लामी तथा मोठ शाखाका उदयबहादुर कुँवर र रुक्बीना ढकाल थुनामै छन्। यस्तै पौडेलले जग्गाको कारोबार गर्दा हरेक पटक लेखनदासको काम गरेका शिवेन्द्र आचार्य थुनामा छन्। उनीहरुमाथिको अनुसन्धान पुरा भएपछि जिल्ला सरकारी वकिलको कार्यालयले गत साता ठगी किर्ते मुद्दामा सबैलाई जिल्ला अदालत पेस गरेको छ। आरोपी धेरैजना रहेको र उनीहरुका तर्फबाट प्रत्येक वकिलले बहस गर्नुपर्ने भएकाले झन्डै एकसाता थुनछेक बहस चल्ने अदालतले जनाएको छ। आगामी बुधबार वा बिहीबार मात्र थुनछेकको आदेश हुने जिल्ला अदालतका स्रेस्तेदार सूर्यबहादुर थापाले जानकारी दिए। पौडेलले किर्ते गरी ठगेका मुक्तिनाथ विकास बैंक, एभरेस्ट बैंक र फेवा फाइनान्सको उजुरीका आधारमा प्रहरीले मुख्य दोषी र अन्य मतियारहरु ठहर गर्दै उनीहरुमाथि ठगी किर्ते मुद्दा दायर गरेको हो। ठगीका मुख्य आरोपी सन्तोष पौडेलविरुद्ध मुलुकी ऐनको किर्ते महलअन्तर्गत १ र १२ तथा ठगीको महल १ र ४ को कसुरमा सोही किर्तेको १२ र ठगीको ४ बमोजिम सजाय माग गरिएको छ। यस्तै मुक्तिनाथका कर्जा प्रमुख सुवेदीलाई ९९ लाख ५० हजार बिगो ठहर गर्दै किर्तेको १ तथा ठगीको १ र ५ बमोजिम सजाय माग गरिएको छ।
_____ · Jul 30, 2011 9:25 AM · 1,685 views
लुट्नेको नामबली तयार गर्ने हो भने कती पाना चाहिन्छ ? लुटिनेको को कुरै नगरौ तर लुटिने हामीमा सहन् सक्ती एती बदेको छ कि सिङै हात डुन्ड्याए पनि आथ्थो पनि बन्दैनौ , कि यो शब्द पनि लुटिसके ?
MAgorkhe1 · Jul 30, 2011 11:31 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion