को-को छन् ए, बी र सी समूहमा डन ? 29/07/2011 17:42:00 नवराज मैनाली/नयाँ पत्रिका Font size: 'ए’ वर्गमा १३, 'बी’ वर्गमा १४ र 'सी’ वर्गमा १८ डन 'ए’ वर्गका चक्रे मिलन, चरी र राजु गोर्खाली जेलमा, गणेश लामा हिरासतमा गुन्डागर्दीका नाइकेसहित सहयोगीको पनि नयाँ सूची तयार गरिँदै डनहरूको संगठित गिरोह ध्वस्त पार्न प्रहरी 'अपरेसन’को तयारी काठमाडौं, १३ साउन 'डन'का रूपमा चिनिएर राजधानीमा गुन्डागर्दी गर्नेहरूलाई प्रहरीले 'ए', 'बी' र 'सी' वर्गमा विभाजित गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो -सिआइबी) र महानगरीय प्रहरीले संगठित अपराध नियन्त्रण गर्न डनविरुद्ध संयुक्त अपरेसन गर्न लागेको हो । आपराधिक गतिविधिमा सक्रियताका आधारमा डनहरूलाई वर्गीकरण गरिएको हो । नयाँ पत्रिकालाई प्राप्त सूचीको 'ए' वर्गमा १३ जना, 'बी' वर्गमा १४ र 'सी' वर्गमा १८ छन् । त्यस्तै बाँकी गुन्डाहरूलाई 'डी' वर्गमा राखिएको छ । 'ए' वर्गका डनमा दीपक मनांगे भनिने राजीव गुरुङ, कुमार घैँटे, चक्रे भनिने मिलन गुरुङ, राजु भनिने राजेन्द्र गोर्खाली, गणेश लामा, बागबहादुर लामा -बागे), साजन महर्जन, चरी भनिने दिनेश अधिकारी, चन्द्र लामा तामाङ, रोज राणा भनिने सरोज थापा, रमेश बाउन भनिने सुजन पौडेल, बाबु भनिने विश्वक्रान्ति सिंह र तेेजेन्द्र गुरुङ छन् । उनीहरूमध्ये चक्रे मिलन, चरी र राजु गोर्खाली जेलमा छन् भने गणेश लामा हिरासतमा । जेलबाहिर रहेकामध्ये भने रमेश बाउन सबैभन्दा सक्रिय रहेको प्रहरी अधिकारीहरू बताउँछन् । उनीविरुद्ध धम्की र फिरौतीको प्रहरीमा जाहेरीसमेत परेको छ । लामो समयदेखि प्रहरीले खोजी गरिरहे पनि उनी भाग्दै आएका छन् । रामेछाप घर भएका उनी पैसा उठाउन मात्र काठमाडौं आउने गरेको र अन्य वेला रामेछाप तथा दोलखामा नै बस्दै आएका छन् । राजु गोर्खाली कर्तव्य ज्यान, चक्रे लागुऔषध, हातहतियार तथा ज्यान मार्ने उद्योग र चरी गैँडाको खाग तस्करीको अभियोगमा जेल परेका हुन् । तैपनि, जेलबाटै उनीहरूले सहयोगी परिचालन गरिरहेको प्रहरी अधिकारीहरू बताउँछन् । चरी एमाले धादिङ-१ का उपाध्यक्ष हुन् । खाग तस्करी र गुन्डागर्दीको आरोपमा पटक-पटक पक्राउ परे पनि चरीलाई एमालेले कारबाही गरेको छैन । काभे्रली समूहका नाइके गणेश लामा पवन गुप्तालाई ठगी गरेको आरोपमा गत शुक्रबार मात्र पक्राउ परेका हुन् । सिरुवा कन्स्ट्रक्सनका मालिकसमेत रहेका लामाले सडकको पिच गर्न अलकत्रा किनेको २५ लाख रुपैयाँ नदिएको र उल्टै धम्क्याएको आरोपमा पक्राउ परेका हुन् । टेकुस्थित पायोनियर नेपाल प्रालिका सञ्चालक पवन गुप्तालाई ठगी गरेको आरोपमा उनी पक्राउ परेका हुन् । उनी पाँच महिनाअघि आफ्ना सहयोगीसहित विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकको केन्द्रीय सदस्यसमेत हुन् । उनी पहिले विभिन्न अभियोगमा ६ पटक पक्राउ परिसकेका थिए । त्यस्तै नुवाकोटका कांग्रेस नेताहरूको संरक्षणमा रहेका घैँटे बढी व्यापारमा सक्रिय छन् । जेलबाहिर रहेका दीपक मनांगे लक्ष्मण थारूको संघीय लोकतान्त्रिक पार्टीका नेतालाई पिटेको अभियोगमा दुई महिनाअघि ठमेलबाट पक्राउ परी दुई सातापछि छुटेका थिए । रोज राणा पछिल्लो समयमा फिल्मी क्षेत्रमा सक्रिय छन् । मानव बेचबिखन मुद्दामा पाँच महिनाअघि उनले अदालतबाट सफाइ पाएका थिए । उनको डान्सबार व्यवसाय भने कायमै छ । काभ्रेका चन्द्र लामा ठेक्कापट्टामा छन् । विश्वक्रान्ति कंलकी क्षेत्रमा सक्रिय रहेको स्रोतको भनाइ छ । ज्यान मार्ने उद्योगमा पक्राउ परी सफाइ पाएका चक्रेका भाइ तेजेन्द्र केही महिना हङकङमा बसेपछि हाल काठमाडौंमै फर्किएको स्रोतको भनाइ छ । त्यसैगरी 'बी' वर्गका डनहरूमा प्रवेश श्रेष्ठ, शशी अधिकारी, रिनझिन शेर्पा -रिंकीपिंकी), रमेश सुनुवार, मुखिया घले, दावा लामा, अमृतमान श्रेष्ठ, समिरमानसिंह बस्नेत, विशाल गुरुङ -छोटा), तेजेन्द्र रायमाझी -गोपाल), वीरबहादुर स्याङतान -माइला लामा) । अर्जुन गुरुङ -चल्ला), नीराजन पौडेल -निरे) र प्रवीण तामाङ छन् । चल्ला र निरेबाहेक 'बी' वर्गका सबै डन जेलबाहिर नै सक्रिय छन् । गुरुङ लागुऔषध म्ुद्दामा डिल्लीबजार जेलमा छन् भने पौडेल ९ फागुनमा गांेगबुस्थित ह्याबिटेन्ट हाउजिङका चालकलाई डोजरसहित जलाएको र त्यसको भोलिपल्ट नयाँबानेश्वरमा सोही हाउजिङका कन्ट्रयाक्टर संजीव ओलीलाई खुकुरी हानेको दुईवटा मुद्दामा पुर्पक्षमा जेलमा छन् । उनी चक्रेका विश्वासपात्र भएको प्रहरी अधिकारीहरू बताउँछन् । उक्त घटना जेलमा रेहका चक्रेकै निर्देशनमा भएको खुलेको थियो । 'बी' वर्गका मध्ये प्रवेश श्रेष्ठ घैँटेको समूहमा छन् । ठमेलका स्थानीयवासी उनी ठमेलमै सक्रिय रहेको बताइन्छ । घैँटे समूहकै शशी अधिकारी नेविसंघका पूर्वकेन्द्रीय सदस्य हुन् । रिंकीपिंकी भने अस्ट्रेलियामा रहेको स्रोतको भनाइ छ । पहिले गणेश लामाको समूहमा रही रक्तचन्दन तस्करीमा समेत सक्रिय रमेश सुनुवार भने दरबारमार्गमा इन्सोमेनिया डिस्को चलाउँदै आएका छन् । मुखिया घले मनांगेकै समूहमा छन् भने अमृतमान लामा र दावा लामा गणेश लामा समूहमै छन् । तेजेन्द्र रायमाझी र विशाल गुरुङ चक्रेका सहयोगी हुन् । माइला लामा बालाजुमा रेस्टुरेन्ट चलाउँदै आएका छन् । त्यसैगरी, 'सी' वर्गका डनमा विश्व कार्की, राज तामाङ, राजेश महर्जन श्रेष्ठ, छिरिङ शेर्पा, डेन्डी शेर्पा, सुरेश महर्जन, मानबहादुर तामाङ -माने तामाङ), नीरज लामा, राजु भण्डारी, शमशेर थापा मगर -सुनिल), मीमकुमार लामा -युद्धकुमार लामा), रोशन रोक्का, हिमाल बस्नेत, टेकजंग लिम्बू, महेन्द्र थिङ लामा, पूर्ण गुरुङ -जसवन्त गुरुङ) र शिवा पुन छन् । उनीहरू सबै जेलबाहिरै छन् । त्यसैगरी, कम सक्रियहरूलाई प्रहरीले 'डी' वर्गमा राखेको छ । जसमा भीमराज घले, गणेश पाण्डे, शोभित तामाङ, अशोक लामा, मनीष मानन्धर, सुमन महर्जन -बिल्डर), विश्वास सल्यानी, अनिल महर्जन, विजेन्द्र लामा, जितेन्द्र लामा, लासाङ लामा, विवेक राई, मंगलप्रसाद घले छन् । पछिल्लो समयमा उनीहरूको आपराधिक गतिविधिमा संलग्नता भेटिएको छैन । उनीहरू ठूला समूहमा आबद्ध नभए पनि निगरानी भने गरिरहने प्रहरीको भनाइ छ । सबै वर्गका डनहरू राजनीतिक संरक्षणमा आपराधिक धन्दामा रहँदै आएको आरोप लाग्दै आएको छ । नाइकेका साथै उनीहरूको सहयोगीको पनि प्रहरीले नयाँ सूची बनाइरहेको छ । राजधानीको सुरक्षा व्यवस्थामा गुन्डागर्दीले चुनौती थपेको निष्कर्ष निकाल्दै प्रहरीले 'अपरेसन'को तयारी गरेको हो । 'अपरेसनका लागि सूचना संकलन गरी योजना बनाउने काम भइरहेको महानगरीय प्रहरी आयुक्त एआइजी कुबेरसिंह रानाले बताए । गुन्डाविरुद्ध अपरेसनका लागि सबै वृत्त र प्रभागलाई पनि त्यहीअनुसार तयारी गर्न निर्देशन दिएर स्थानीय क्षेत्रमा गुन्डागर्दीमा सक्रिय व्यक्तिहरूको सूचना संकलन गर्न लगाइएको आयुक्त रानाले बताए । उनीहरूको गतिविधि नजिकबाट नियालिने र कानुनविपरीतका कुनै गतिविधि गर्नेबित्तिकै पक्राउ गरिने सिआइबीका डिआइजी राजेन्द्रसिंह भण्डारीले बताए । उनले भने, 'खासगरी डनहरूको संगठित गिरोह ध्वस्त गर्नु नै यो अपरेसनको उद्देश्य हो ।' एउटै समूहमा ५० जनासम्म युवा संलग्न रहेको प्रहरी रकेर्डमा छ । तर, महानगरीय प्रहरी र सिआइबी मिलेर तयार पारेको सूचीमा नाम चलेका कतिपय गिरोहका नाइकेहरू काजी शेर्पा, सुगन श्रेष्ठ, बमबहादुर श्रेष्ठ -सगुन), अभिमानसिंह बस्नेत, भीम गुरुङ, विष्णु लामा, दीपेन्द्र प्याकुरेल, अमृत लामा, गौतम लामा, सूर्य कुण्डले, रविन कार्की, मीनकृष्ण महर्जन, रवि थापा, चेतन बस्नेत, वरुण गुरुङ, अनिल रोक्का, राजु बोगटी, विमल केसीलगायतको नाम भने उक्त सूचीमा छैन ।
eagle5 · Jul 30, 2011 9:13 AM · 12,918 views
The leader are SUPER DON.
MAgorkhe1 · Jul 30, 2011 11:37 AM
स्बैभन्दा ठुलो डन प्रचन्द ,बाबुराम ,बर्षा मान ,देब गुरुङ ,ओली ,रुबेल(सुजाताको ज्वाँई ),गछेदार ,उपेन्द्र यादब | त्यो भन्दा ठुलो राकेश सुद |
prabhat41 · Jul 30, 2011 6:57 PM
Hamro desh matra euta desh hola.....jahan neta le gundaa palera rakhchhan...n still enjoy being called Member of Parliament. Dhikkar chha hami janata lai Hrithik roshan le Nepal india ko part ho bhanda maramar garera hami sadak ma utrina sakchhau Oli le khak taskar lai jail bata chhutayo bhanda hami oli lai UML bata nikalna parchhha bhanera kina sadak ma utrina sakdainau Jay hosh hami bheda nepali jjanta haru ko including me Dhikkar chhha hamro generation lai...kahile kahi sochhu nepal sati le sarape ko desh nai ho rechha yaar Nepal is doomed to be a failed state now.... What can normal people like you and me help to remove these things from society...I cant just hear news like this and shake it off like nothing has happened. What is the role of civil society in a functional deomocracy? Any ideas out there? Last edited: 30-Jul-11 07:28 PM
junkynfunky · Jul 30, 2011 7:27 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion