FU Rubel

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

शम्भु भारतीले अदालतमा भने- सुडान घोटालाका मुख्य योजनाकार रुवेल चौधरी   'मुख्य ठेकेदार रुवेल नै थिए, ठेक्काको आधा कमिसन मलाई रुवेलले नै दिएका हुन् । बाँकी पैसा पनि रुवेलसँग नमागी आफूसँग मागेको भन्दै राइडरले मलाई अश्लील शब्दमा गाली गर्दै आइन्दा सम्पर्क नगर्न भनेका थिए ।’- शम्भु भारती   नयाँ पत्रिका काठमाडौं, १२ साउन सुडान घोटालाका ठेकेदार शम्भु भारतीले कांग्रेस नेतृ सुजाता कोइरालाका ज्वाइँ रुवेल चौधरी नै मुख्य ठेकेदार भएको दाबी गरेका छन् । विशेष अदालतमा दुई दिनसम्म बयान दिँदै भारतीले रुवेलको सहायककै रूपमा मात्र आफूले काम गरेको बताएका छन् । सुडानमा खटिएको नेपाल प्रहरीको मिसनका लागि एपिसीलगायतका बन्दोबस्तीका सामान सप्लाइ गर्ने बेलायती कम्पनी एस्युर्ड रिस्कका नेपाली एजेन्टका रूपमा बयान दिन विशेष अदालतले भारतीलाई पुर्जी काटेको थियो । घरमा पुर्जी टाँसिएको ३०औँ दिनमा उपस्थित भारतीसँग अदालतले मंगलबार र बुधबार बयान लिएको थियो, बिहीबारदेखि थुनछेकको आदेशको बयान सुरु भएको छ । भारतीले दिएको बयानअनुसार बेलायती कम्पनी एस्युर्ड रिस्कका तर्फबाट सुजाताका ज्वाइँ बंगलादेशी नागरिक रुवेलले नै कारोबार गरेका थिए । कम्पनीको प्रतिनिधिका रूपमा रुवेलले काम गरेको र उनको निर्देशनमा आफूले काम गरेको भारतीको भनाइ छ । ठेक्कामा सुजाताका स्वकीय सचिव हरि ढुंगाना पनि सक्रिय भएको बयान उनले दिएका छन् । विशेष अदालतले एस्युर्ड रिस्कका तर्फबाट माइकल राइडरले भारतीलाई लेखेको इमेलको विषयमा पनि प्रश्न गरेको थियो । 'तपाईंलाई बेलायती ठेकेदार माइकल राइडरले सुडान प्रकरणको हिसाब रुवेल चौधरीसँग लिनू' भन्दै लेखिएको इमेलको अर्थ के हो भनी अदालतले सोधेको थियो । जवाफमा भारतीले भने, 'मुख्य ठेकेदार रुवेल नै थिए, ठेक्काबापतको आधा कमिसन मलाई रुवेल नै दिएका हुन् । बाँकी १२ हजार पाँच सय अमेरिकी डलर -करिब १० लाख रुपैयाँ) रुवेलसँगै लिनु भनेर मलाई राइडरले इमेल गरेका थिए । रुवेलसँग पैसा नमागी आफूसँग मागेको भन्दै राइडरले मलाई अश्लील शब्दमा गाली गर्दै आइन्दा सम्पर्क नगर्न भनेका थिए ।' प्रहरीसँग भएकोे इमेलको प्रतिलिपिमा पनि राइडरले भारतीलाई गाली गर्दै 'जे माग्नु र भन्नु छ रुवेलसँग भन, मलाई अबदेखि इमेल नलेख' भनेका छन् । इमेलमा राइडरले अश्लील शब्द प्रयोग गर्दै लेखेका छन्, 'तिमी अनपढ गवार हौ, तिमीसँग व्यापारिक दक्षताको निकै कमी छ, तर यो व्यापार निकै जटिल छ ।' सुडानमा खटिएका प्रहरीका लागि आवश्यक पर्ने सामान सप्लायर्स गर्दा फाराम र नाम बेलायती ठेकेदार राइडरको भए पनि नेपालमा सम्पूर्ण काम चौधरीले गरेको भारतीले बताएका छन् । इमेलपछि आफूले राइडरलाई फोन गरेको र उनले फेरि पनि रुवेलसँगै हिसाब किताब गर्न भनेको भारतीले अदालतलाई बताएका छन् । राइडरले 'हरि ढुंगानामार्फत' रुवेलसँग हिसाब किताब गर्न भनेको पनि उनले बताए । अदालतले को हुन् ढुंगाना भनी भारतीसँग प्रश्न गरेको थियो । जवाफमा भारतीले भने, 'पूर्वउपप्रधानमन्त्री सुजाताका स्वकीय सचिव ।' विशेष अदालतले दुई दिन लगाई लिइएको बयानमा भारतीसँग ४२ प्रश्न सोधेका छ । बयानपछि बिहीबार थुनछेक बहस भए पनि समय अभावका कारण अदालतले शुक्रबारका लागि पेसी राखेको प्रवक्ता धीरबहादुर चन्दले बताए । भारतीको पक्षमा शम्भु थापासहित ६ जना कानुन व्यवसायी छन् । बिहीबार थुनछेकको बहस नसकिएपछि शुक्रबार सुरु गर्नेगरी उनलाई न्यायिक हिरासतमा पठाइएको छ । भारती तीन दिनदेखि महानगरीय प्रहरी प्रभाग सिंहदरबारमा छन् । विशेष अदालतले बिहीबार पूर्वप्रहरी अधिकारीहरू शिव लामिछाने, नीरजबहादुर शाही र श्याम सिंह थापालाई न्यायिक हिरासतमा पठाएको छ । त्यसैगरी, बिहीबार बयान दिन अदालत पुगेका पूर्वएआइजी श्यामसिंह थापाले सुडान प्रकरणमा पूर्वआइजिपी ओमविक्रम राणाको ठाडो निर्देशनमा आफूले सामान खरिद प्रक्रियाको फाइल सदर गरेको बताएका छन् । 'तत्कालीन आइजिपीले ठाडो आदेश दिएपछि मैले हस्ताक्षर गरेको हुँ,' उनको भनाइ छ ।

aman · Jul 29, 2011 11:47 AM · 15,377 views

6 Replies

यो कुकुरलाई गोली ठोक्नु पर्छ अब नेपाल फर्क्यो भने| स्वदेशीले त बिगारे बिगारे, अब साला बिदेशीले पनि लुट्न थाले|

YoTaBhayanaNiSom · Jul 29, 2011 12:49 PM

 भर्स्त गिरिजा--->गिरिजा को  छोरी  सुजता---> तेसको बिदेसी ज्वाँई---> लुत्नु सम्मा लुटे नेपाललाई, आझै गिरिजा क पल्तु कुकुर हरु ले त कती लुत्ने बाँकी छ।  

gari khau · Jul 29, 2011 1:22 PM

 yo mula Girija ko santaan lai kina kasailay k hi gardai naa.... Goli haan na jaathi lai... mula Nepal ko barbadi yeslay nai garya ho... Nepali janata lay kahilye aakhaa kholnay hola....

vyrus · Jul 29, 2011 1:53 PM

Parasle euta kaam ramro garna sakthyo goli hanera tyo pani hawa ma hanera garena

aman · Jul 29, 2011 4:07 PM

Yo khate lai chyak chyak parera katnu parcha!

hakim_saab · Jul 29, 2011 4:20 PM

 Well said Aman. Paras le tehi bela ma thoknu parne.

sam123453 · Jul 29, 2011 4:21 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all