आयातीत हिरोइन

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

आयातीत हिरोइन     सराह मावे चलचित्रप्रेमीहरूले नसुनेको नाम हो। 'डेस्टिनेसन काठमाडौं' को युनिटका लागि भने सराह परिचित अनुहार भैसकेकी छिन्। दिपक रायमाझीको निर्देशनमा बनेको यो चलचित्रकी एउटी नायिका हुन्- सराह मावे। नायक दिलीप रायमाझीकी जोडी भएर देखिन लागेकी छिन्। त्यसो त बलिउडकी मोनिका बेदी पनि दुई भाषामा बनिरहेको एउटा चलचित्रको छायांकनका लागि नेपाल आएकी थिइन्। सराह भने अस्ट्रेलियाबाट आएकी हुन्। 'एक्टर्स सेन्टर, अस्ट्रेलिया'बाट 'फुल टाइम एक्टिङ कोर्स' मा स्नातक भै डिस्कभरी च्यानलका लागि एउटा कार्यक्रम 'डेड्ली वुमन' मा अभिनय गरेपछि दुइटा अस्ट्रेलियन चलचित्र 'भ्यानगार्ड' र 'द सेभेन्थ हन्ट'मा नायिका भैसकेकी सराहको सम्भवत तेस्रो चलचित्र हो 'डेस्टिनेसन काठमाडौं'। रोमनमा लेखेर भए पनि सराहलाई चलचित्रमा नेपाली बोल्न लगाइरहेका छन् निर्देशक रायमाझीले। कथामा विदेशी चरित्रकै आवश्यकता भएकाले सराहलाई एउटी नायिकाको भूमिका दिइएको निर्देशक रायमाझी बताउँछन्।

kentuckydaka · Jul 29, 2011 3:09 AM · 10,542 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all