हजारको जागिर, करोडको धितो

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

विनिता दाहाल, काठमाडौं, साउन ११- सुडान प्रकरणका आरोपीमध्ये पूर्वआइजिपी ओमविक्रम राणा विशेष अदालतको सोमबारको आदेशअनुसार १५ करोड रुपैयाँ धरौटी नबुझाएकाले अरू प्रहरी अधिकृतजस्तो भोलिपल्टै थुनामुक्त हुन सकेनन्। नगद वा त्यसबराबर जेथा जमानी वा बैंक ग्यारेन्टी बुझेर उनलाई थुनामुक्त गर्न अदालतले आदेश दिएको छ। अहिलेसम्म धरौटी माग गरिएका दसमध्ये पूर्वआइजिपी हेमबहादुर गुरुङबाहेक सबैले भोलिपल्टै करोडौं जमानी राखेर थुनामुक्त भएका थिए। गुरुङ चार दिनपछि मात्र बैंक जमानीमा छुटेका हुन्।  अदालतले ८ करोडसम्म धरौटी माग्ने अनुमानमा तयारी गरेका राणाले त्यसको दोब्बर बुझाउनुपर्ने भएपछि थुना बसाइ लम्बिएको हो। आफ्नो र एकाघरका परिवारको सम्पत्तिबाट १५ करोड धरौटी बुझाउँदा अस्वाभाविक देखिने भयले उनलाई आफन्तको सम्पत्ति खोजेर जमानी राख्न वकिलहरूले सुझाएका छन्। राणाको पक्षमा बहस गरिरहेका एक वकिलका अनुसार अदालतले मागेअनुसार रकमबराबरको जेथा जमानी राख्ने वा केही दिन थुनिएरै धरौटी रकम घटाउन माग गर्दै सर्वोच्च अदालत जाने निधो भइसकेको छैन। 'उहाँको क्षेत्रपाटीको पैतृक सम्पत्ति, छोरीको नाममा रहेको नगरकोटको ७० रोपनी जग्गा, सिमरामा २५ बिघा खेतीलगायत उपत्यकामा प्रशस्त घडेरी रहेछन्,' ती वकिलले भने, 'सबै देखाउँदा अकुत सम्पत्तिको अर्को लफडा लाग्ला भनेर धरौटी रकम घटाउन सर्वोच्च जाने तयारीमा छौं।' कानुनी सल्लाहअनसारै राणा सर्वोच्च गए मुद्दा सुनुवाइका क्रममा उनले कम्तीमा अरू तीन साता थुनामा बिताउनुपर्नेछ। अहिलेसम्म मुद्दा सुनुवाइ सुरु भएका १० प्रहरी अधिकृतमध्ये राणाबाहेक सबै धरौटी बुझाएर थुनामुक्त भइसकेका छन्। अदालतले राणास"ग सबैभन्दा बढी धरौटी रकम मागेको छ। उही मुद्दा खेपिरहेका पूर्वआइजिपीद्वय रमेशचन्द ठकुरी ७ र गुरुङ ५ करोड रुपैया"को बैंक जमानी राखेर घरै बसी मुद्दा लडिरहेका छन्। जिन्दगीभर केही हजार रुपैयाँ तलब बुझेेका दार्चुलाका ठकुरी र कास्कीका गुरुङले तत्कालै त्यत्रो ठूलो रकम बराबरको धरौटी बुझाउनुलाई चासोका रूपमा हेरिएको छ। जेथा जमानी वा बैंक ग्यारेन्टी बुझाएर थुनामुक्त भएका आइजिपीदेखि डिएसपीसम्मले बन्धकी राखेको सम्पत्ति ३० करोड रुपैया"भन्दा बढीको छ। विशेष अदालतका रजिस्ट्रार धीरबहादुर चन्दका अनुसार प्राविधिक एसपी विद्याराज श्रेष्ठ र कृष्णप्रसाद गुरागाईं, डिएसपीद्वय दिनेश केसी र प्रकाश अधिकारी जेथा जमानीमा छुटेका छन्। पूर्वआइजिपीजस्तै एआइजीद्वय दिपेन्द्र विष्ट (डडेल्धुरा), मदन खड्का (ओखलढुंगा) र एसएसपी श्यामबहादुर खड्का (कञ्चनपुर) पनि बैंक जमानीमै छुटेका छन्। पहाडी जिल्लाको सामान्य परिवारमा जन्मेर प्रहरीको जागिरमा भित्रिएकाले तिनीहरूले बैंकमा बुझाएको धरौटीको सम्पत्ति देखेर अदालतका कर्मचारी अचम्भित भएका छन्। 'बैंकले मूल्यांकन गरेभन्दा उहा"हरूको जायजेथाको वास्तविक मूल्य अझ धेरै छ,' अदालतका एक उच्च अधिकारीले भने, '१५/२० हजार तलब खाने प्रहरी साथीहरूको सम्पत्ति देखेर न्यायाधीशज्यूहरू र हामी चकित छौं।' सबै प्रहरी अधिकृतले बैंकमा जमानी राखेको सम्पत्तिमा केही एकरुपता देखिएको छ। धेरैजसोले काठमाडौं उपत्यकामा आफूले जोडेको सम्पत्ति जमानी राखेका छन। काठमाडौंका रैथाने इञ्जिनियरहरू श्रेष्ठ र केसीबाहेक सबैको घर, घडेरी श्रीमतीको नाममा छ। 'बाबुबाजेको सम्पत्ति छोराको नाममा सर्छ, धेरैजसोको सम्पत्ति श्रीमतीको नाममा हुनुले उहा"हरूले सामान्य जागिर खाएर ठूलो आर्जन गरेको देखिएको छ,' नाम उल्लेख गर्न नचाहने ती अधिकारीले भने। बैंकरहरूले भने घर, जग्गाको मूल्यांकनको ५० प्रतिशतसम्म मात्र बैक जमानी बस्ने बताएका छन्। जमानी बस्ने बैंकलाई १ देखि २ प्रतिशतसम्म कमिसन बुझाउनुपर्छ। ती बैंकरका अनुसार विभिन्न बैंकले २० लाखभन्दा बढी कमिसन पाइसकेका छन्। 'घरजग्गाको भाउ अहिले ओरालो लागेकाले मूल्यांकनको ५० प्रतिशतभन्दा बढी जमानी बस्न सकिँदैन,' बैंकर संघका एक पूर्वअध्यक्षले भने, 'अहिलेसम्म १५ करोडको जमानी बस्दा कम्तीमा ३० करोडको सम्पत्ति धितो आइसकेको छ।' सुडान प्रकरणमा मुछिएका ३४ प्रहरी अधिकृतमध्ये २१ जनाको थुनछेक बहस हुन बा"की छ। ठकुरीकी श्रीमती देविनाको नाममा ललितपुर उपमहानगरपालिकामा रहेको एउटै घरजग्गा धितो राखेर सिभिल बैंक ७ करोड रुपैया"को जमानी बसेको छ। अर्का पूर्वआइजिपी गुरुङले श्रीमती हरिमायालगायत आफन्तको नाममा रहेको भैंसेपाटी, गोंगबु, पोखरालगायत ८ ठाउँको घरघडेरी जमानी राखेका छन्। पूर्वएआइजी खड्काले श्रीमती बिनाको नाममा ललितपुर थसिखेलमा रहेको घरजग्गा धितो जमानी बुझाएका छन्। पूर्वएआइजी बिष्टकी श्रीमती राजश्रीको नाममा रहेको घरजग्गाको मूल्यांकन इन्भेस्टमेन्ट बैंकले २ करोड रुपैया"भन्दा बढी गरेको छ। Source: http://nagariknews.com/news-hi...

ANS · Jul 27, 2011 11:20 AM · 1,844 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all