Found this letter in some one Facebook account.. Need to shoot this MO-FO's prachanda.. योग्य प्रचण्डलाई अयोग्यको चिठी..... कमरेड प्रचण्ड ! १२ बर्ष पछि म आफ्नो गाउँ खाटाम्मा आइपुगे भागेर आएको होइन म फर्काइएको हुँ अयोग्य जाँचेर फालिएको हुँ म गोविन्द राई अर्थात् गोविन्देु कमरेड ‘शिखर’ भएर आजभन्दा ९ बर्ष ३ महिना १० दिन अघि मुक्तिका लागि होमिएको थिएँ युद्धमा मैले न माक्स्र सुनेको थिएँ न माओ चिनेको थिएँ न चिनियाँ क्रान्तिको कथा नै जान्दथेँ न जान्दथेँ पेरिस कम्युनको गाथा नै केवल आफ्ना जिन्दगीका दुःखसँग परिचित थिएँ म आमाका पट्पटी फुटेका पाइतालाका साक्षी थिएँ र औषधी नपाएर दमले थलिएका बाका पीडा राम्ररी जान्दथेँ थिएन कुनै आक्रोश यो राज्यसत्ता सँग थिएन कुनै प्रतिशोध वर्गशत्रु सँग कानुनका कुनै धारा सँग असहमति पनि थिएन मेरो केवल आक्रोश थियो सिमल पाखाको साहुजी सँग जो ऋण तिर्न नसकेकोमा मेरा बा लाई अपमान गरिरहन्थ्यो प्रतिशोध त आफ्नै नीरिहता सँग थियो जसले मलाई एक पल पनि हाँस्न दिएको थिएन असहमति थियो त ब्याजको स्याज बनाएर हाम्रो झुपडी उखेल्ने उही सिमल पाखाको साहुजी सँग हो, कमरेड जिन्दगीका यिनै बाध्यताले अत्तालिएर म गोविन्दे कमरेड ‘शिखर’ भएर जनयुद्धमा हेलिएको थिएँ कमरेड शिखर पछि पुनः म गोविन्दे मात्रै भएर २०६७ भाद्र १३ गते ९ बर्ष ३ महिना १० दिन पछि रित्तो हात घर फर्किएको छु म सँग गाउँलेलाई सुनाउन उत्साहको कुनै समाचार छैन न आमाका लागि छ केही कोसेली आईपुगेको छु निधारमा अयोग्युको पहिचान बोकेर मेरी आमाका दुःख ज्युँका त्युँ रहेछन् दमले थलिएका बा बितेछन् तर सिमल पाखाको साहुजीको शान भने आज पनि उस्तै रहेछ मेलै ९ बर्ष ३ महिना १० दिन लडेर बस् अयोग्यको प्रमाण-पत्र पाएको छु र मेरी निर्दोष आमा अयोग्यकी आमा भएकी छिन् गाउँभरि अयोग्य गोविन्दे फर्किएको हल्ला छ यही अयोग्य हुनुको अपमानले जलिरहेको छु म यही बदनामले मरणासन्न छु कमरेड तपाई प्रचण्डबाट पुष्पकमल बन्नुभएको छ तपाईका सपना र चाहना फेरिएका छन् तपाईंका सँगत र सम्बन्ध फेरिएका छन् तपाईंका आवश्यकता बदलिएका छन् तर मेरा आवश्यकता उही छन् मारिएका छन् मेरा सारा सपना यसबेला म अन्योलमा छु मेरो ९ बर्ष ३ महिना १० दिन र हत्या गरिएका सपनाका हिसाब किताब म को सँग मागूँ यो राज्यसत्ता सँग कि त पाइ सँग ?
koho-koho · Jul 25, 2011 8:11 PM · 2,526 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion