डन गणेश लामा पक्राउ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 काठमाडौं– नेपाल प्रहरीले ठगीको आरोपमा काभ्रेका गणेश लामालाई शुक्रबार पक्राउ गरेको छ । कोटेश्वरबाट पक्राउ परेका लामाविरुद्ध सातजनालाई ठगी गरेको उजुरी परेको छ ।  काठमाडौं टेकुका पवन गुप्ताको पायोनियर नेपाल नामक कम्पनीबाट सडक बनाउन प्रयोग हुने विटुमिन (अलकत्रा) गणेश लामाले आफ्नो कम्पनीका लागि लगेको, तर अलकत्रा लगेको रकमै नतिरी गुप्तालाई धम्क्याएपछि गुप्ताले प्रहरीमा दिएको उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको हो । नेसनल सिरुवा केरेश्वर धर्म जेपी नामक कम्पनीका सञ्चालक लामाले गुप्ताको कम्पनीबाट गत वर्ष कात्तिक १४ गतेदेखि विभिन्न मितिमा पटकपटक गरी करिब २५ लाख १९ हजार २८४ रुपैयाँको अलकत्रा लगेकामा उनले सो रकम गुप्तालाई फिर्ता नगरेको उजुरीमा जनाइएको छ ।  गुप्तालाई रकम दिने भनी लामाले नेपाल बैंक लिमिटेडको चाबहिल शाखावाट भुक्तानी पाउने गरी गत वर्ष मंसिर २४ गते २१ लाख ७२ हजार भुक्तानी पाउने गरी गुप्ताको कम्पनीको नाममा चेक काटी दिएकामा सो चेकबाट रकम भुक्तानी हुन सकेको थिएन । पछि  लामाले गुप्ताकै कम्पनीले भुक्तानी पाउने गरी गत चैत १९ गते २५ लाखको चेक काटी दिएकामा  पनि सो चेकबाट भुक्तानी हुन नसकी बैंकबाट बाउन्स भएको थियो । नगदको सट्टा उनले गुप्तालाई बैंकको चेक दिएको र सो चेकबाट रकम झिक्न नमिलेपछि लामासँग रकम माग्दा लामाले अन्य व्यक्ति समेत प्रयोग गरी ज्यान लिने धम्की दिएपछि गुप्ताले सुरक्षाको माग गरी उजुरी दिएका थिए ।    पक्राउ परेका लामा यसअघि विभिन्न गुन्डागर्दीमा समेत संलग्न रहेको प्रंहरीले जनाएको छ । यसअघि ठूलो परिणामको रक्तचन्दनसहित पक्राउ परेका लामा राजनीतिक दवाबका कारण मुक्त भएका थिए । महागरीय प्रहरी परिसर हनुमानढोकाका प्रहरी उपरीक्षक केदार रिजालले उनीमाथि बैकिङ कसुर एवंं ठगी मुद्दामा अनुसन्धान भइरहेको जानकारी दिनुभयो । गुप्तासँगै लामाले ठगी गरेका व्यक्तिको सङ्ख्या सात पुगेको प्रहरीको दाबी छ । यसैबीच काठमाडौँ उपत्यकामा व्यापारी एवं उद्योगपतिलाई डरमा पारी जबर्जस्ती रकम असुल्ने तीनजनालाई प्रहरीले शुक्रबारै पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा काभ्रेपलान्चोक जिल्लाका भोजकुमार लामा र  राजु वाईवा लामा तथा सर्लाहीका रवीन्द्र लामा भनिने आलोक लामा रहेको महानगरीय प्रहरी परिसर हनुमानढोकाले जनाएको छ ।

surajn · Jul 22, 2011 12:52 PM · 9,730 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all