भारतीय प्रजातन्त्रको नमुना-दिल्लीले नेपाल जान दिएन'

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

दिल्लीले नेपाल जान दिएन' ६ वर्षअघिसम्म अनाचार, अपराध र गरिबीको पर्याय रहेको भारतको बिहार राज्य अहिले ११ प्रतिशत आर्थिक वृद्धिमा छ। २००५ नोभेम्बरमा सत्तामा आएर बिहारको कायापलट गर्ने अभियानमा रहेका मुख्यमन्त्री नितिशकुमारसँग गएको ९ असारमा पटनास्थित उनकै कार्यकक्षमा हिमाल ले गरेको कुराकानीको सारसङ्क्षेपः भारतले नेपालमा चिनियाँ गतिविधि बढेको गुनासो गरिरहेको बेला तपाईंले चीनको भ्रमण गर्नुभयो। यसको उद्देश्य के हो? मैले चीन भ्रमणको सोच दुई वर्षअघि नै बनाएको थिएँ, केही समयअघि मात्र केन्द्रीय सरकारको सहमति पाएँ र गएँ। मेरो भ्रमण विकास-निर्माण र उद्योग-व्यापार साझ्ेदारीमा केन्द्रित थियो। चीनबाट हामीले धेरै सिक्नुपर्छ, बिहारले सिक्ने कुरा त अझ् बढी छ। म बिहारमा चिनियाँ लगानी आकर्षित गर्न चाहन्छु। चीन र भारतको आ-आफ्नै शासन प्रणाली छ तर हाम्रो चासो कृषि, उद्योगलगायतका क्षेत्रमा चीनले गरेको विकास मात्र हो। मेरो चीन भ्रमणमा तपाईंको प्रश्नमा रहेको जस्तो क्षेत्रीय कूटनीतिको आशय थिएन। यसलाई त्यसरी नबुझ्िदिन म आग्रह गर्दछु। अर्को कुरा, नेपाल-चीन सम्बन्धको विषयमा बिहार राज्य सरकारले बोल्नुपर्ने आवश्यकता नै छैन, केन्द्र सरकारले नै सोचोस्। जहाँसम्म चिनियाँ चासोको कुरा छ, ऊ बिहारमा मात्र होइन सम्पूर्ण भारतमै लगानी विस्तार गर्न इच्छुक छ। त्यसअघि भुटान पनि जानुभयो; नेपाल भ्रमण चाहिँ किन गर्नुभएन? म भारतको बिहार राज्यको मुख्यमन्त्री, तपाईंहरूलाई जस्तो मन लागेको ठाउँमा जाने स्वतन्त्रता मलाई छैन। म सिस्टमले दिएको ठाउँसम्म मात्र जान पाउँछु। मैले तीनचोटि नेपाल जाने प्रयास गरेँ, तर दिल्लीले सहमति दिएन। पहिलो पटक २००८ मा कोशीले ठूलो विपत सिर्जना गरेपछि नेपालको खास गरेर बाढीले धेरै क्षति पुर्‍याएको कुशाहा क्षेत्र जान चाहेको थिएँ। दोस्रो पटक गिरिजाप्रसाद कोइरालाको निधनपछि जान चाहेँ। बीपी कोइराला लगायतका नेपालका समाजवादी नेताहरूसँग भारतमा भएका भेटघाटबाट निकै प्रभावित भएकाले पनि गिरिजाप्रसादको अन्त्येष्टिमा काठमाडौं जान चाहेको थिएँ। तेस्रो पटक, विकासबारे नेपाली अधिकारीहरूसँग छलफल गर्न एउटा प्राविधिक टोली नै लिएर नेपाल जाने इच्छा थियो। तर, दिल्लीले तीनै पटक रोक्यो। भारत र नेपालबीचको सम्बन्ध अद्वितीय भएकाले हामीहरू नेपालको विरोधी हुनसक्दैनौं। तपाईंले यस्तो भारतीय भेट्नुहुन्न जसले नेपालको अहित सोचोस्। तपाईंको भ्रमणमा केन्द्र सरकार किन सहमत भएन? त्यो कुरा केन्द्रले नै जान्दछ। नेपालको तराई-मधेश क्षेत्रमा क्रियाशील केही सशस्त्र समूहले बिहारमा सुरक्षित शरण लिइरहेको नेपालका सरकार र गैर-सरकारी क्षेत्र दुवैको अनुमान छनि ! म कसैको अनुमानमा टिप्पणी गर्न चाहन्नँ। यो विषयमा मलाई अहिलेसम्म कसैले औपचारिक जानकारी गराएको छैन। बिहार राज्य सरकारको कुरा गर्नुहुन्छ भने हामी कुनै पनि अपराध नियन्त्रणको लागि जस्तोसुकै जोखिम मोल्न तयार छौं। अपराध ज्यादै गम्भीर विषय हो। यसबारे काठमाडौं र दिल्लीले बैठक गरेर हामीलाई जानकारी दिनुपर्छजुन अहिलेसम्म भएको छैन। कोशीको बाढीबाट नेपाल-भारत दुवैतिरका लाखौं जनताको उठिबास भएको छ। यसको दीर्घकालीन समाधान किन हुँदैन? यो दुई देशबीचको अन्तर्राष्ट्रिय मुद्दा भएकाले मैले केन्द्र सरकारसँग गम्भीर रूपमा कुरा उठाएको थिएँ। भारत सरकारले अग्रसरता लिएको पनि छ। कोशी समस्या समाधानका लागि भारत र नेपालबीच एउटा संयन्त्र पनि बनिसकेको छ। कोशी मुद्दा पूर्ण रूपमा केन्द्र सरकारको विदेश विभागसँग सम्बन्धित भएकाले हामीले निर्णायक भूमिका खेल्न सक्दैनौं। यद्यपि, यसमा बिहार सरकारको उपस्थिति महत्वपूर्ण हुन्छ। मलाई कोशी समस्याबारे भ्रम पनि फैलाइएको छ भन्ने लाग्छ। कोशी समस्याबारे नेपाल सरकारले बनाएको उच्चस्तरीय आयोगले यसको पुष्टि पनि गरेको छ। सञ्चारमाध्यमहरूले केही निहित स्वार्थका मान्छेका विचार प्रचारप्रसार गरेका छन्। २००८ को बाढीले कोशीमा समस्याहरू थपेको छ, तर समस्या थपिँदैमा त्यसबाट भाग्न सकिँदैन। संयन्त्र बनिसकेकाले समाधान चाँडो निस्कला भन्ने विश्वास गरौं। बिहार राज्य सरकार आफ्नो तर्फबाट जोखिम सामना गर्न तयार छ। बाढी आएको बेला बिहारका जनतालाई जोगाउन हामी सक्षम भएका छौं। दीर्घकालीन समाधानका लागि दिल्ली र काठमाडौंले के गर्छ भनेर पनि हेरिरहेका छौं। बिहारले दिल्ली र काठमाडौंको भर पर्नुपर्ने हुन्छ, हामीले उनीहरूले लिएको निर्णयलाई सार्थक बनाउने प्रयास गर्ने मात्रै हो। बिहारमा तपाईं बिजेपी गठबन्धनको नेतृत्व गर्दै हुनुहुन्छ। बिजेपीले हिन्दुत्वको नारा लिएको छ भने तपाईंको पार्टी जनता दल युनाइटेड सर्वधर्मको मान्यता राख्छ। यो गठबन्धन अलि अप्राकृतिक भएन र? यो गठबन्धन बिहारको विकासको मुद्दाका लागि मात्र हो। यसलाई अरू उद्देश्यसँग जोड्न मिल्दैन। बिहारको समृद्धिका लागि बनेको यो गठबन्धन पूर्ण रूपमा विकास र सामाजिक अभिवृद्धिमा क्रियाशील छ। बिहार साह्रै नराम्रो अतीतबाट गुजि्रएको राज्य भएकाले आफ्नो भविष्यप्रति धेरै सचेत छ। जहाँसम्म हिन्दुत्वको कुरा छ, बिहारमा सबै धर्म र सम्प्रदायमा विश्वास राख्नेहरू पूर्ण रूपले सुरक्षित छन्। गठबन्धन सरकारको मुख्य नीति के हो? मेरो नेतृत्वको वर्तमान गठबन्धन न्यायोचित विकासको पक्षपाती हो। सरकार न्यायपूर्ण विकासको सिद्धान्तका आधारमा अगाडि बढिरहेको छ। सरकारले कुनै पनि निहुँमा कसैप्रति विभेद गर्दैन। बिहारको विकासमा हरेक बिहारीको समान साझेदारी रहन्छ। भारतको मा'वादी गतिविधिबाट बिहार पनि अछुतो छैन। यसलाई कसरी सामना गरिरहनुभएको छ? मा'वादी गतिविधिको सामना गर्नुभन्दा पनि त्यस्तो गतिविधि किन भयो भनेर बुझनु महत्वपूर्ण हो। पहिला त्यसको जड पत्ता लगाउनुपर्छ, त्यसपछि त्यसलाई सम्बोधन गर्दै जानुपर्छ। नवीन झा र अनुराग आचार्य source: http://himalkhabar.com/news.ph... Last edited: 21-Jul-11 08:25 PM

_____ · Jul 21, 2011 8:23 PM · 1,962 views

1 Reply

At least they seem to have a coordinated foreign policy. Where's ours?

YoTaBhayanaNiSom · Jul 22, 2011 8:35 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all