सभासद् विश्वेन्द्र पासवानकी छोरी पोइल गइन्, केटाद्वारा प्राणरक्षाका लागि अपिल By mysansar, on July 17th, 2011 –राजकुमार राम, लहान- सभासद् पासवान दलित जनजाति पार्टीका अध्यक्ष तथा उदण्ड सभासद विश्वेन्द्र पासवानकी १८ वर्षीया छोरी विद्या सिंह पार्टी कार्यालयका पियन सप्तरी, शम्भुनाथ–४ का २२ वर्षीय युवक राजलाल खत्वेसँग यही असार १९ गते आइतबारका दिन भागेकी छिन्। संसद अवरोध गरेका कारण मार्सल लगाएर केही दिनका लागि निलम्बन गरिएका सभासद विश्वेन्द्र पार्टीको कार्यक्रम भनी मधेसतिर अल्मलिएका बखत गौशाला पिंगलास्थानस्थित एक बोर्डिङ स्कूलमा कक्षा ८ मा अध्ययनरत १८ वर्षीया विद्या सिंह आफ्ना प्रेमी खत्वेसँग भागेकी हुन्। सिरहा मिर्चैया रामनगर–५ स्थित एक बोर्डिङ स्कूलमा पटक–पटक फेल भई १८ वर्षको उमेरमा मुस्किलले ८ कक्षामा पुगेकी पासवानकी छोरी कथित आफूभन्दा तल्लो जातको केटासँग भागेकी हुन्। उदेगलाग्दो कुरा के छ भने आफूलाई दलितको नेता भन्दै जातीय समानताका लागि संसदमा मात्र नभई सर्वत्र आवाज उठाउने सभासद पासवानले आफूभन्दा सानो जातको र आफ्नै अफिसमा काम गर्ने केटोले छोरी भगाएर इज्जत फालिदिएको भन्दै आक्रोसित हुँदै आफ्ना वफादार केन्द्रीय सदस्य सर्लाहीका राधेश्याम पासवान र सप्तरीका जगजीवन राममार्फत् ज्वाइँ राजलाल खत्वेलाई जहाँ भेटायो, त्यहीँ खलास गर्नू, अन्यथा म राजनीति नै छोडिदिन्छु भन्दै धम्कीपूर्ण उर्दी जारी गरेका छन्। उनको यो उर्दी सुनेर ज्वाइँ राजलाल खत्वे आफ्नी श्रीमती विद्या र आफ्नो प्राण रक्षाका लागि आफ्ना साथीहरूको डेरामा लुकेर बसेका छन्। सभासद पासवानले छोरी र भगाउने केटालाई खलास गर्न वफादार केन्द्रीय सदस्यहरू मार्फत् २ लाख रूपैयाँ दिई २० जना मधेससम्बद्ध भूमिगत गिरोहका कार्यकर्ता काठमाडौंका होटेल–लज तथा मजदुरहरूका डेरामा विगत केही दिनदेखि छापा मार्न पठाएको कुरा नाम नबताउने शर्तमा पार्टीका एकजना कार्यकर्ताले बताएका छन्। प्रेम–विवाह गर्नु कुनै अपराध नभएको बताउने राजलाल खत्वेले, आफ्ना उदण्ड, पागल एवं अपराधी मनोवृत्तिका ससुरा विश्वेन्द्र पासवान संसदमा समेत कुर्सी–टेबल तोड्न, कपडा च्यात्न र मान्छे उठाएर झ्यालबाट फ्याँक्न पछि नपर्नेले मजस्तो गरिब, निमुखा र सानो जातको व्यक्तिलाई के बाँकी राख्लान् र भन्दै आफ्नो प्राण रक्षाका लागि सबैसँग अपिल गर्दै पत्रकार सम्मेलन गरी सार्वजनिक हुन चाहेको र आफ्नो र आफ्नी श्रीमती विद्याको कहीँ कतै हत्या भए वा घटना घटेमा त्यस्को सम्पूर्ण जिम्मेवारी सभासद ससुरा विश्वेन्द्र पासवानको हुने बताएको सम्बद्ध स्रोतले बताएको छ। विश्वेन्द्रका ज्वाइँ राजलाल खत्वेको परिवारसँग सम्पर्क गर्न खोज्दा निजकी आमा र दिदीलाई यो कुरा बाहिर गरे ठीक हुने छ्रैन र बहुत ठूलो क्षति ब्यहोर्नुपर्ने छ भनी, धम्की दिइएको दाजु पर्ने चन्द्रलाल खत्वेले बताउँदै भाइ राजलाल खत्वेको प्राण जोखिममा रहेको र जसरी पनि बचाइदिनुस् हजुर! हामी दलित, गरिबको को छ र? भन्दै मोबाइलमै अलाप–विलाप गरी हार–गुहार गरेका छन्।
_____ · Jul 21, 2011 8:17 PM · 1,267 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion