सुब्बाजीहरुलाई प्रश्न- तिमी लिम्बू कि सुब्बा? By mysansar, on July 21st, 2011 –मिलन लिम्बू- आजभोलि कुन्नि किन म लिम्बूहरुले सुब्बा थर लेखिरहेको देख्न पाइरहेको छु। कि म भ्रममा पो परेको? सोच्न पनि बाध्य भइरहेको छु। सुब्बा थर उत्पति भएको हो? तर त्यो त ममा उत्पन्न भएका भ्रम मात्र त रहेछ। नामको पछाडि सुब्बा लेख्नेहरुलाई पनि सोधेको छु। सुब्बा थर नयाँ उत्पति भएको थर हो? उत्तरमा पाउँछु सुब्बा त लेखेको मात्र हुँ म त लिम्बू नै हो। अर्को प्रश्न गर्छु, हालै सम्पन्न भएको जनगणनामा थर के लेख्नु भो नि? कति सहज। सुब्बा लेख्दै आएको थिएँ, सुब्बा नै लेखेँ। अविकसित क्षेत्रमा जन्मेका अशिक्षित व्यक्तिको उत्तर भने होइन यो। यो त शिक्षित बुद्धिजिवि भनिएका शहरमा आफ्ना परिचय गुमाएर बसेका कथित लिम्बू भनिएका सुब्बाहरुको उत्तर हो यो। सरकारी ओहोदाको कुनै पद त हो नि सुब्बा, तर किन यसलाई थर बनाइँदै छ? जान्ने बुझ्ने भनिएका सुब्बा थर लेखाउन चाहने सुब्बाहरुलाई मेरो प्रश्न रहेको छ। ए सुब्बाहरु तिमीहरुनै हौ लिम्बू जातीको लागी अभिषापहरु। तिमीहरुको कारणले तिमीहरु त आफै अस्तित्वविहीन बन्दैछौ, त्यति मात्र नभएर लाखौ भावी सन्ततीहरुलाई पनि तिमीहरु सुब्बा बनाउँदैछौ। खबरदार तिमीहरुलाई बुझ्न सक्ने इतिहसका लिम्बू सन्तानहरुले त्यतिकै छाड्ने छैनन्। मितिहरुलाई अर्को प्रश्न। इतिहासको कुन पाना र हामी लिम्बूहरुको मुन्धुमको कुन कुनामा लिम्बूहरुले सुब्बा थर पनि लेख्दा, भन्दा हुन्छ भनेर लेखिएको छ ? को हाम्रा अग्रज पूर्खाहरुले भनेका छन् हामी सुब्बा पनि होऔ भनेर? र मितिहरु तिमीहरुको नामको पछाडि सुब्बा झुण्ड्याइरहेका छौ। अचम्मको कुरा अर्को छ। तिमीहरु थर सुब्बा लेख्छौ तर तिमी के थरी भन्दा लिम्बू भन्छौ। तिमीहरु कुन नैतिकताले म लिम्बू हुँ भनेर गौरव गर्छौ। जबकि तिमीहरु आफ्ना नामको पछाडि लिम्बू लेख्न सक्दैनौ। त्यसैले त तिमीहरु अब चाँडै नै गैर लिम्बूमा परिणत हुँदैछौ। त्यो कुरा तिमी सुब्बाहरुलाई थाहा छ कि छैन? यदि थाहा छैन भने यसलाई आधिकारिक जानकारीका रुपमा लिए हुन्छ। मितिहरुलाई सर्वविदितै छ। केही समय अगाडि मात्र नेपालमा राष्ट्रिय जनगणना सम्पन्न भएको छ। त्यही गणनामा तिमीहरुले सुब्बा थर लेखेका छौ र तिमीहरुको बलबुताले भ्याएसम्म सुब्बा लेख्न लगाएका छौ, त्यसैले सरकारले अबको तथ्याङ्कमा तिमीहरु लिम्बू नभएर सुब्बा थरीका रुपमा तथ्याङ्कित गर्दैछ। अनि तिमी सुब्बाहरुको मातृभाषा, संस्कृति, रितिरिवाज अनि परम्परा के हुन्छ? त्यो कुरा तिमीहरुले केही सोचिरहेका छैनौ। केही वर्ष अघिसम्म लिम्बू तिमीहरु यो वर्षदेखि साँच्चिकै सुब्बा हुनेछौ। अनि नेपालमा नयाँ थरको उत्पति भयो भनेर केही दिनसम्म केही सञ्चार माध्यमहरुमा पनि मुख्य समाचार नबन्ला भन्न सकिन्न। जसरी केही वर्ष अगाडि पश्चिम नेपालका आदिवासी भूमिपुत्र राउटेहरु सहरतिर निस्कदा प्रमुख समाचार बनेका थिए। मितिहरु आफैलाई थाहा होला उदाहरण टाढा छैन। नेपालमा आफ्नौ पहिचान भएका याक्खाहरु लिम्बू गाउँमा बस्दा लिम्बू र राई गाउमा बस्दा राई भएका जसको प्रत्यक्ष असर आज याक्खाहरुको सही त्यथ्याङ्क छैन। त्यसैले याक्खाहरु राज्यबाट पाउने सेवा सुविधाहरुबाट बन्चित भइरहेको छन् याक्खा राई र याक्खा लिम्बूहरुले। र उनिहरु अहिले नेपाल सरकारको तथ्याङ्मा लोपउन्मुख जातीको रुपमा रहेका छन्। तिमी सुब्बाहरु पनि अल्पसंख्यक जातीको हुने छौ। अनि तिमीहरुको नयाँ इतिहास बन्ने छ। र तिमीहरुको पुस्ता देखि सुब्बा थरीहरु पनि नेपाली इतिहासमा रहने छ। तिमीहरु जुन दिनदेखि नेपाल सरकारले सुब्बामा दर्ता गराउछ तिमिहरुले त्यसै दिनहरु देखिनै अहिले बोल्दै आएको मातृभाषा लिम्बूभाषा बोल्न छाड्नु पर्छ, तिमिहरुले नाच्दा यालाङ, के लाङ, माङ् लाङ नाच्न पाउने छैनौ। मिमीहरुले नया“ भाष, संस्कार संस्कृति, परम्परा विकास गर्नु पर्छ। किनकी वीर लिम्बूवनी लिम्बूका सन्ताहरुले तिमीसुब्बाहरुलाई बाँकी राख्ने छैन। तिमिहरुलाई अधिकार हुने छैन लिम्बूले बोल्ने मातृभाषा बोल्न, त्यतिमात्र होइन लिम्बू संस्कार संस्कृति र रितिरिवज तिमिहरुले मनाउन पाउने छैनौ। किनकी मितिहरु त सुब्बा पो होउत। म सानो छदा सुनेको थिए। मेरो हजुबुबाले भन्नु भएको थियो। मेन्छे (नाती) हामी त माङ(देउता)को आर्शिवाद पाएका भुमीपुत्रहरु होऔ। हाम्रो आफ्नो संस्कार छ, आफ्नै संस्कृती। भाषा आफ्नै छ, परम्परा नी यसैले त हामी लिम्बू होऔ। यो कुरा मलाई मात्र मेरो स्वर्गीय हजुरवुबाले भन्नु भएन हजार बुबाहरुले हजार छोरा अनि नातिहरुलाई पनि भनेका छन्। त्यही कुरालाई साचो कुरा मान्दै मैले आज सम्म लिम्बूबाट थर परिवर्तन गरेको छैन। यी सम्पूर्ण कुराहरु गरिरहदा भन्न खोजिएको खास कुरा के हो भने। हालै मात्र सम्पन्न भएको राष्ट्रिय जनगणनामा धेरै लिम्बूहरुले आफ्नो थर–सुब्बा, भाषा–नेपाली, धर्म–हिन्दु लेखाएका छन्। कारण लिम्बू हुदा हुदै सुब्बा बन्न मन पराउने केही व्यति्कहरुले बुझेर या नबुझेर लिम्बूको साटो सुब्बा, किरातको नभएर हिन्दु, लेखाएका हुन। त्यसको असर भने साचो लिम्बूहरुलाई परेको छ। यस प्रकारका कृयाकलापहरुका कारया यो वर्षको जनगणना मार्फत पनि यथार्त तथ्याङ आउन सक्ने कुरामा विश्वास गर्न सकिन्न। किनकी जति संख्यामा लिम्बू हुन पर्ने हो, त्यती संख्यामा लिम्बू तथ्याङ्कमा नभेटीने पक्का छ। यसरीनै केही लिम्बूहरु आफ्नो पहिचा गुमाइ रहेका छन्। इतिहासको यो महत्वपूर्ण घडिमा सुब्बा बनिरहेका लिम्बूहरुको कलंक सुब्बाजीहरुलाई अझै पनि दुई मार्ग प्रसस्त छ। आज सम्म आम लिम्बूजातीहरुले तिमिहरुलाई एक पल्टको लागी माफी दिने छन् ता की तिमिहरुमा सत बुद्धी आउन आवश्यक रहेको छ। सुब्बाजीहरुलाई दुई बाटो पुन लिम्बूमा फर्कने र सुब्बा नै भएर जाने। सुब्बाजीहरुले रोज्नु पर्ने अवस्था आएको छ। यति मात्र हो लिम्बू नै हुने हो भने साचो लिम्बू हुनु पर्छ, लिम्बू जातीको भाषा, रितिरिवाज, परम्परा संस्कार संस्कृतिलाई जोगाउदै विकासको बाटोमा लाग्नु पनर्छ। सुब्बा हुने हो भने तिमिहरुले लिम्बू जातीको सबै कुराहरुलाई त्यागेर आफ्नो भाषा, संस्कार, संस्कृति र परम्पराको विकास गरेर लैजानु पर्छ। सुब्बाजीहरु आफै बाटो रोज्नुहोस लिम्बू बन्ने हो की सुब्बा बन्ने हो। त्यो त सुब्बाजीहरुको पनि आत्मानिर्णयको अधिकार हो कसैले तपाइलाई यो बन्नुहोस त्यो बन्नुहोस भन्न सक्दैन। तिमीहरु हिजो सम्म लिम्बू थियौ, आजबाट सुब्बा बन्दैछौ। त्यही कारण लिम्बूहरुका लागि कथित सुब्बाजी बन्दैछौ। लिम्बू भयौ र लिम्बू् जातीको समग्रह विकासमा लागौ भने इतिहाम वीर लिम्बूका सन्तान हुने छौ। सुब्बाजी भन्ने हो भने इतिहासले तिमी सुब्बाजीहरुलाई धिकार्ने छ। shailesh July 22, 2011 at 5:17 AM · मुख फर्काउनुस् ...................................... कस्तो निरर्थक तर्क, संसारको कुन कानुनमा लेखेको छ- एउटा जातको मान्छेले अर्को जातको भाषा बोल्न मिल्दैन भनेर? चाइनिज हरुले एपली बोले, नेपाली नाच गरे भने नेपालीहरुले तिनीहरुलाई मार्लान त? कति सारो हावादारी तर्कना हो यो? Bhimsen Dura July 22, 2011 at 1:56 AM · मुख फर्काउनुस् भाषा, कला, सस्कृति, जात आदि सबै मान्छे ले नै बनाएका हुन | जहाँ जुन समयमा बनाए पनि र समय अनुसार सबै कुरा परिबर्तन हुनु स्वाभाविक नै हो मलाई लाग्छ मान्छे अहिले परिबर्तन चाहन्छ | महत्व पूर्ण कुरो हामीलाई कसरि सहज हुन्छ त्यो सोचौ | एक दुइ जना टाउकेको पछी लागेर हामी लड्नु बेकार छ |
_____ · Jul 21, 2011 8:09 PM · 2,098 views
Fundamentalism + Ignorance = Stupidity
YoTaBhayanaNiSom · Jul 22, 2011 8:01 AM
If you guys just engage in those issues, [Disallowed String for - castist references disallowed] and Kchetri will wipe you out from map.
Tmobile · Jul 22, 2011 8:17 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion