Here comes a real villian

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

ललितपुरका सिडियोद्वारा कार्यकक्षमै यौनदुव्र्यवहार 21/07/2011 06:43:00 प्रमिला देवकोटा Font size: 'उनी एक्लै भएपछि सुजिताको पाखुरा समातेर 'गोप्य' कोठामा लगे'   नयाँ पत्रिका काठमाडौं, ४ साउन सर्वसाधारणलाई न्याय दिने र जिल्लाको दैनिक प्रशासकीय कामको जिम्मा लिएका प्रमुख जिल्ला अधिकारी (सिडिओ)ले कार्यालयमै एक महिलालाई यौनदुव्र्यवहार गरेका छन् । ललितपुरका सिडिओ रत्नराज पाण्डेको यौनदुव्र्यवहारबाट पीडित सुजिता श्रेष्ठ-नाम परिवर्तन)ले न्यायका लागि जिल्ला प्रहरी कार्यालयदेखि महिला अधिकारवादी संस्थाहरूसम्मलाई गुहारेकी छिन् । श्रीमान्सित सम्बन्ध विच्छेदको मुद्दामा न्याय माग्न सुजिता गत २० वैशाखमा सिडिओ पाण्डेकहाँ पुगेकी थिइन् । सुरुमा पाण्डेले उनलाई सक्दो सहयोग पनि गरे । राष्ट्रिय जनगणनाको गणकका रूपमा जागिर पनि लगाइदिए । तर, उनको सहयोगको पछाडि स्वार्थ लुकेको रहेछ । चिनजान भएको दुई महिनापछि आफ्नै कार्यकक्षमा बोलाएर पाण्डेले सुजितामाथि यौनदुव्र्यवहार गरेका हुन् । सिडिओ पाण्डेले २२ असारमा सुजितालाई कार्यालयमा बोलाएका थिए । अरू दिन सामान्य कामको कुरा गरेर पठाउने पाण्डेले त्यसदिन उनलाई धेरैबेर कुराए । उनी एक्लै भएपछि सुजिताको पाखुरा समातेर 'गोप्य' कोठामा लगे । अनि, संवेदनशील अंगहरूमाथि हात पुर्‍याए । 'भेटन आएका अन्य व्यक्तिहरू गएपछि उनले(सिडिओ) मलाई पाखुरामा समातेर भित्रको कोठामा लगेर सोफामा बसाए । अनि, ढोका बन्द गरेर मेरो दाहिने स्तन समाते । त्यसपछि देब्रे ।', सुजिताले नयाँ पत्रिकासित भनिन् । सधैँ सहयोग गर्ने सिडिओ पाण्डेले दुव्र्यवहार गरेपछि सुरुमा त सुजिता अक्क न बक्क भइन् । त्यसपछि उनी चिच्याउँदै कोठाबाहिर निस्किइन् । त्यहाँबाट निस्केर उनी सहयोगका लागि जिल्ला प्रशासन कार्यालय नजिकैको अधिकारवादी संस्था कानुनी परामर्श केन्द्र-ल्याक)मा गएकी थिइन् । सिडिओ पाण्डेविरुद्ध सुजिताले ल्याकमा उजुरी पनि दिएकी छिन् ।  सिडिओ पाण्डेविरुद्ध उजुरी गर्न सुजिता जिल्ला प्रहरी कार्यालय ललितपुरमा पनि पुगेकी थिइन् । तर, प्रहरीले उनको उजुरी लिन नै मानेन । सुजिताका अनुसार प्रहरीले 'मुद्दा बढाए तिम्रै बेइज्जती हुन्छ, मिलापत्र गर्नोस्, भनेर फर्काइदियो,' उनले भनिन्, 'न्याय माग्न गएकी मजस्ती महिलालाई उल्टै तिम्रै बेइज्जत हुन्छ, मिलापत्र गर भनेर फर्कायो प्रहरीले ।' महिला हक, अधिकारकै लागि गठन गरिएको राष्ट्रिय महिला आयोगको शरणमा पनि सुजिता पुगिन् । तर, आयोगले 'घरेलुहिंसाका घटनामा मात्रै काम गर्ने, यौनदुव्र्यवहारमा होइन' भन्दै फर्कायो । 'हामीले यौनदुव्र्यवहारका मुद्दा  हेर्ने होइनौँ भनेर उजुरी नै लिएन', सुजिताले भनिन् ।  सिडिओ पाण्डेले भने सुजितालाई सहयोग गर्दागर्दै कसैबाट परिचालित भएर आफूविरुद्ध जाइलागेको दाबी गरे । सुजिता 'फ्रड' भएको उनको दाबी छ । मुद्दा मामिलाका लागि पैसा छैन भनेर सहयोग लिन आइरहने गरेकाले गणकको जागिर लगाइदिएको उनले बताए । 'त्योदिन (२२ असार) पनि मकहाँ त्यही किचकिच गर्न आएकी थिइन् । बाहिर मान्छे थिए । त्यसैले भित्र अर्काे कोठामा लगेर बस मात्रै भनेको हो । मेरो उमेर पनि त्यसो गर्ने छैन् । कोबाट परिचालित भएर यस्तो गरिरहेकी छिन् थाहा भएन,' सिडिओ पाण्डेले नयाँ पत्रिकासित भने ।  तर, सुजिताले सिडिओ पाण्डेसित गरेको टेलिफोन संवादमा आफूले दुव्र्यवहार गरेको स्वीकार गरेका छन् । त्यसका लागि आफूले माफी मागिसकेकाले मुद्दा अगाडि नबढाउन उनले सुजितालाई आग्रहसमेत गरेका छन् । 'मैले माफी मागिसके त्यसलाई अब अगाडि नबढाउ,' टेलिफोन संवादमा पाण्डेले भनेका छन्, 'म अहिले फिजिकल्ली नै केही गर्न नसक्ने भइसके । म डाक्टरको सुपरभिजनमा छु ।' सहयोगको पछाडि स्वार्थ रहेछ - सुजिता श्रेष्ठ मेरो श्रीमान्सँगको कथा अर्कैर् छ । त्यो, यो केससँग सम्बन्धित छैन् । बिहेको केही महिनामै श्रीमान्सहितले मलाई घरबाट निकालिदिएपछि गत २० वैशाखमा आफ्नो सामान र सम्बन्ध विच्छेदका लागि सहयोग माग्न जिल्ला प्रशासन कार्यालय ललितपुर गएकी थिएँ । पहिलोपटक उहाँसँग(पाण्डे) त्यहीँ भेट भएको हो । त्यसको पाँच दिनपछि मेरो सामान पनि उहाँले प्रहरी लगाएर दिलाइदिनुभयो ।  जेठ २४ गते ४ बजे उहाँले मलाई फोन गर्नुभयो र गणकका लागि काम गर्न प्रस्ताव गर्नुभयो । २५ गते म निवेदन दिन उहाँको कार्यालयमा पुगे । श्रीमान्सँग सम्बन्ध विच्छेदका लागि निवेदन दिएकाले मैले कानुनी सहयोग पाउनेबारे सोधे । उहाँले यो काम सकेपछि अफिसमा आएर भेट्न भन्नुभयो । असार २० गते गणक भएवापत चौध हजार र प्रशंसापत्र पनि पाएँ । उहाँ मलाई निकै सहयोगी लाग्थ्यो, अभिभावक जस्तो । मेरो बुबासँग पनि उहाँको भेट भएको थियो । यति राम्रा मान्छे पनि हुँदा रहेछन् भन्ने लाग्थ्यो । कहिलेकाहीँ केही स्वार्थ पो छ कि भन्ने डर पनि ।  फुर्सद भएपछि आउनु भनेकाले म असार २२ गते सिडियो कार्यालय गएँ । त्यहाँ म दिउँसो १ बजे पुगेकी थिएँ । निकैबेर बाहिरै कुरेँ । त्यहाँको पियनले मलाई कालो चिया ल्याएर दिए । अरू मान्छे पनि भेट्न पर्खिराखेका थिए । करिब पौने ३ बजे उहाँले मलाई भित्र बोलाउनुभयो । उहाँको कोठाभित्र गोप्य कोठा पनि रहेछ । भेट्न आएका अरू मान्छेलाई 'मलाई हतार छ, बाहिर निस्कनुछ छिटो गरौँ' भन्दै हुनुहुन्थ्यो ।  प्रायः सबै मान्छे गइसकेका थिए । एकजना मात्रै बाँकी थिए । उहाँले मलाई तिमी ल्याकमा गएर योगिता मोक्तानलाई भेट्नु भन्दै पाखुरामा समातेर गोप्य कोठामा लैजानुभयो र सोफामा बसाउनुभयो । अनि, ढोका लगाएर मेरो दाहिने स्तन समात्नुभयो । त्यसपछि देब्रे पनि । सुरुमा त म अक्क न बक्क भएँ । अनि, चिच्चाउँदै ढोका खोलेर बाहिर निस्केँ ।  सिडिओ कार्यालय नजिकै ल्याकको अफिस छ । त्यहाँ गएर एकजना कर्मचारीलाई अँगालो हालेर रोएँ । उहाँले मलाई त्यत्रो सहयोग गरेको मसँग फाइदा उठाउन पो रहेछ । म प्रहरीको शरणमा पनि गएँ । जाउलाखेलका एसपीले त मलाई 'मिलापत्र गर्न जाऊ' भने । अघिल्ल्ाो दिन कारबाही अघि बढाउँछु भन्नेले भोलिपल्ट मिलापत्र गर, नत्र तिम्रो बेइज्जत हुन्छ भनेर फर्कायो । त्यस्तो काम गर्नेको बेइज्जत हुन्छ कि मजस्ता पीडितको ?   सुजिता 'फ्रड’ हो  - रत्नराज पाण्डे, प्रमुख जिल्ला अधिकारी ऊ मान्छे नै फ्रड हो । तपाईं मसँग भन्दा उसको श्रीमान्सँग कुरा गर्नुहोस् । ऊ मेरो अफिसमा आइरहने गर्थी । मुद्दा मामिलाका लागि पैसा छैन् भन्ने, बिहे गरेको महिला माइतीमा पनि हेर्दैर्नन् भन्थी । मलाई दया लाग्नु स्वभाविक थियो, त्यसैले सकेको सहयोग गरे । पैसा दिनसक्ने कुरा भएन, गणकमा काम गर भनी जागिर लगाइदिएँ । त्यो दिन असार २२ गते पनि मकहाँ त्यही विषयमा किचकिच गर्न आएकी थिइन् । बाहिर मान्छे थिए । त्यसैले भित्र अर्का कोठामा लगेँ । मैले सोफामा बस मात्र भनेको हो । मेरो उमेर पनि त्यसो गर्ने छैन । कोबाट परिचालित भएर यस्तो गरिरहेको हो थाहा भएन । तपाईं पत्ता लगाउनुहोस् । http://www.nayapatrika.com/ins...  

timer · Jul 21, 2011 11:08 AM · 2,749 views

1 Reply

यसको मतलब बुझिएन नि - 'म अहिले फिजिकल्ली नै केही गर्न नसक्ने भइसके । म डाक्टरको सुपरभिजनमा छु ।' साथीको औजार ले काम गर्न छोडिसक्यो भन्या त होइन?

YoTaBhayanaNiSom · Jul 21, 2011 11:25 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all