नेपाल जलश्रोत को धनी देश् किन ?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

नेपाल जलश्रोत को धनी देश् किन यस्तो ? ऊर्जा मन्त्री गोकर्ण विष्टले सरकारले आगामी दुई महिनाभित्र चार हजार मेगावाट बराबरको विद्युत् उत्पादन हुने गरी नयाँ आयोजना सुरु गर्न लागेको बताउनुभएको छ ।   नेपाल उद्योग परिसङ्घले सोमबार राजधानीमा आयोजना गरेको 'नेपालमा ऊर्जा सङ्कटः समाधानको खोज' विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री विष्टले पूर्व-पश्चिम र उत्तर-दक्षिण ट्रान्समिसन लाइन विस्तार गर्न लागेको जानकारी दिनुभयो । उहाँले निकट भविष्यमै ट्रान्समिसन लाइन निर्माणको काम सुरु हुनेछ भन्नुभयो । आगामी बजेटमार्फत विद्युत् र ऊर्जाका सवालमा नयाँ कार्यक्रम ल्याउनुपर्नेमा जोड दिँदै उहाँले साना र ठूला आयोजना भनेर अल्मलिनुभन्दा आर्थिक समृद्धि र निर्याततर्फ जानुपर्ने अहिलेको आवश्यकता भएको औंल्याउनुभयो । त्यस अवसरमा नेपाल उद्योग परिसङ्घ ऊर्जा परिषद् संयोजक गुरुप्रसाद न्यौपानेले 'नेपालमा ऊर्जा सङ्कटः समाधानको खोज' विषयमा कार्यपत्र प्रस्तुत गर्दै सरकार र निजी क्षेत्रबीच विश्वासको सङ्कट, सुरक्षाको प्रभावकारी व्यवस्था नहुनु, उच्च भोल्टेज ट्रान्समिसन लाइन र आधारशीलाको निर्माण अभावलगायतका समस्याले गर्दा विद्युत् उत्पादनका सवालमा उल्लेख्य कार्य हुन नसकेको बताउनुभयो । जति गरे पनि किन हो येस्तो हालत हाम्रो? के नमीलेको होला?      Last edited: 13-Jul-11 10:17 AM Last edited: 13-Jul-11 10:17 AM

sabindai · Jul 13, 2011 10:16 AM · 11,328 views

1 Reply

Nepal jalashrot ma garib ta hoina tara testo dhani pani hoina... Yo gorkhali le janmayako bhram matrai ho... Mt. Everest ra Buddha pachi garba garne kuro sakiyo ra tespachi Jalashrot haldiya matrai ho... See this and feed yourself a loppa. http://en.wikipedia.org/wiki/L...

YoTaBhayanaNiSom · Jul 13, 2011 11:44 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all