मधेस मुक्ति आन्दोलन गर्नी रे?

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

Normal 0 false false false EN-US X-NONE NE MicrosoftInternetExplorer4 /* Style Definitions */ table.MsoNormalTable {mso-style-name:"Table Normal"; mso-tstyle-rowband-size:0; mso-tstyle-colband-size:0; mso-style-noshow:yes; mso-style-priority:99; mso-style-qformat:yes; mso-style-parent:""; mso-padding-alt:0in 5.4pt 0in 5.4pt; mso-para-margin-top:0in; mso-para-margin-right:0in; mso-para-margin-bottom:10.0pt; mso-para-margin-left:0in; line-height:115%; mso-pagination:widow-orphan; font-size:11.0pt; mso-bidi-font-size:10.0pt; font-family:"Calibri","sans-serif"; mso-ascii-font-family:Calibri; mso-ascii-theme-font:minor-latin; mso-fareast-font-family:"Times New Roman"; mso-fareast-theme-font:minor-fareast; mso-hansi-font-family:Calibri; mso-hansi-theme-font:minor-latin;} मधेसी दाजु भाइ हरु मधेस मुक्ति आन्दोलन गर्नी रे? अनुहार हेरेको छ अफ्नो ऐना मा? ल हेर मधेसमा महिलाको हाल, पहिला मधेस मै सुधार गर ताकत छ भने. अनी दुइ चार जना नेताको पछी लागेर  भेडा जस्तै कराएर के काम, पहिला त मधेस लाइ  मुक्ति दिने हो भने मधेसी सोच बाट मुक्ति देउ   दलहरू तराईका राजनीतिक मुद्दा त उठाउँछन् तर महिलाका दुःख, स्वास्थ्य र जीवनका मुद्दा बिर्सिदिन्छन्। डा. अरुणा उप्रेती भानु भट्टराइ ५० वर्षकी साहिरा खातुन (नाम फेरिएकी)को पाठेघर झ्रेको १० वर्ष भइसकेको थियो। यति लामो पीडा खपेर बसेकी उनले लाज मानेर यो कुरा श्रीमानलाई समेत भन्न सकिनन्। एक पटक हाम्रो सहायताले महिला स्वास्थ्य शिविरमा आएकी साहिरालाई डाक्टरहरूले खसेको पाठेघरको शल्यक्रिया गरेर यो पीडाबाट मुक्ति दिलाए। तर, त्यसबेला विदेशमा भएका श्रीमानले घर फर्केपछि मलाई नसोधी पाठेघर झिकिस्, अब तँसँग बस्दिनँ भन्दै आफूभन्दा धेरै सानो उमेरकी केटी बिहे गरेर ल्याए, साहिराले दाम्पत्य सुखबाट वञ्चित हुनुपर्‍यो। आफ्नो शरीरको उपचार गर्न समेत श्रीमानको अनुमति लिनुपर्ने तराईका महिलाहरूको अवस्था देख्दा मलाई १० वर्षअघिको एउटा घटनाको याद आउँछ। गर्भपतनसम्बन्धी एक अनुसन्धानको क्रममा म नारायणी अञ्चल अस्पताल वीरगञ्जको आकस्मिक कक्षमा आफ्नै साथी स्त्रीरोग विशेषज्ञ डा. रजन शर्मा (नाम फेरिएको)सँग कुराकानी गर्दै थिएँ, प्रसव व्यथा लागेकी एक महिलालाई वयलगाडामा हालेर ल्याइयो। साथमा परिवारका अरू पनि थिए। डा. रजनले महिलाको पेट जाँचेर बच्चा तेर्सो बसेकाले तुरुन्तै शल्यक्रिया गर्नुपर्ने र परिवारका कुनै सदस्यले ब्लड ब्याङ्कमा आफ्नो रगत दिएर महिलाको रगतसँग मिल्ने रगत ल्याउनुपर्ने कुरा बिरामीका आफन्तलाई सुनाए, नर्सलाई शल्यक्रियाको तयारी गर्न भने र आफू पनि तयार हुन थाले। तर आधा घण्टा बितिसक्दा पनि बिरामीलाई शल्यक्रिया कक्षमा लगिएन। डाक्टरले सोधीखोजी गर्दा एउटी नर्सले अँध्यारो मुख लगाउँदै भनिन्, “परिवारका कुनै पनि सदस्यले रगत दिन मानेनन्।” सामान्यतया १२-१४ हुनुपर्ने बिरामीको हेमोग्लोविन २ मात्रै भएकाले रगत नदिई केही गर्न सकिँदैनथ्यो। परिवारका मान्छेलाई उनको अवस्था बताउँदै डाक्टरले पुनः रगत ल्याउनुस्, नत्र बिरामीको मृत्यु हुनसक्छ भने। यो कुरा सुनेर बिरामीकी सासूले भनिन्, “अगर उसके ललाटमे इतना ही जिना लिखा है तो कोइ का कर सकत है? हमरा लल्ला अगर खुन देबै तो कमजोर पड्जायब। जो होगा करो, खुन तो हम लोग नाइ देब।” (उनको भाग्यमा मर्नु नै लेखेको छ भने, कसले के गर्न सक्छ र? मेरो छोराले रगत दियो भने ऊ कमजोर हुन्छ। जे हुन्छ गर्नुहोस्, हामी रगत दिन सक्दैनौं।) परिवारका मानिसलाई मृत्युको दोसाँधमा पुगेकी पाँच केटाकेटीकी आमा ती महिलाको जीवनभन्दा छोराको केही रगत बढी प्यारो भयो। दुई घण्टापछि बिरामीको मृत्यु भयो। त्यहीँ उभिएर यो सब हेरिरहेकी मेरो मुखबाट निस्क्यो, “मैले एउटा रगत दिएको भए यी महिला बाँच्थिन् कि!” मेरो कुरा सुनेर डा. रजनले भने, “तिमीले यसरी कति जनालाई बचाउन सक्छ्यौ? मधेशमा महिलाको केही मूल्य नभएकाले उनको मृत्यु भएको हो र यस्तो धारणा नबदलिएसम्म यस्ता घटना दोहोरिइरहन्छन्।” डा. रजनको कुरा आफ्नो ठाउँमा ठीकै थियो। तर मलाई भने त्यसपछि पनि ग्लानि भइरह्यो― म ४० वर्षकी एउटी हट्टाकट्टा महिलाले रगत दिएकी भए ती महिलाको ज्यान बच्न सक्थ्यो, कसरी मैले यो कुरा समयमा नसोचेको होला! अहिले पनि मलाई त्यो घटनाको अपराधबोध भइरहन्छ र महिलाहरूको उपचारमा आफूले सक्ने ठाउँमा भनेर, सुनाएर, सहयोग गरेर त्यसको प्रायश्चित गर्ने कोसिस गरिरहेकी छु। तर मेरो यो सानो प्रयासले मात्र साहिरा खातुनको जस्तो अवस्थाका धेरै महिलाको जीवनमा परिवर्तन ल्याउन सक्दैन। सिरहाका मुसहर, डोम, चमार, राम आदि महिलाका मुद्दा त कता कता ओझेलमा छन्। वस्तीपुर गाविसका दलित किशोरीमध्ये धेरै १५ वर्षमै आमा बनेर प्रजनन स्वास्थ्यका अनेक समस्या भोग्न बाध्य हुन्छन्। पाठेघर र्झ्ने समस्या, कुपोषणका समस्याबारे पर्याप्त अनुसन्धान हुनै बाँकी छ। यी कारणले महिलाहरूले कति मानसिक र शारीरिक समस्या भोग्नु परिरहेको छ, लेखाजोखा छैन। मधेशी महिलाको जीवन, स्वास्थ्य, पोषण र तिनमा पनि दलित महिलाका शिक्षा, स्वास्थ्य जस्ता समस्यालाई राजनीतिक दलहरूले प्राथमिकता दिएर नउठाएसम्म केही हुँदैन। तर, के मधेशवादी दल वा राष्ट्रियस्तरका दलले मधेशका महिलाको यो अवस्थाबारे सोचेका छन्? source:http://himalkhabar.com/news.ph...

_____ · Jul 1, 2011 3:29 PM · 2,001 views

2 Replies

 yo pani pakkai khas haikambaad kai natija hunu parchaa !!!  

NALAPANI · Jul 1, 2011 6:53 PM

राजनीति पनि घुस्खोरी जस्ताइ नसा यो , पद र सक्ति प्राप्ती र तेस्को प्रयोग बाहेक अरु केही सोच र मुद्दा नै हुँदैन अनी कहाँ बाल ब्रिद्द र अबलाको रक्षा को कुरा आउछ ? आए पनि त्यो पुस्तकमा मात्री सिमित हुन्छ । तिनिहरु लाठी मुङ्रा र बन्दुक बोकेर हिंड्न सक्ने भए नेपाली राजनीतिको खाका नै अर्कै हुन्थ्यो । शोषण गर्ने गरी राख्या छन , डेमी मोर जस्ता गएर हामीलाई ज्ञान दिन्छन लौ तिमी हरु नारी हरुलाई भरतमा लगेर नबेच भनेर , हाम्रा आँखा आँफै खुल्दैनन अरुले खुलाई दिनु पर्छ , बुद्धका आँखा बन्ध भए झै हाम्रा नैतीकता लाई बिर्को बन्द गरेर रखेका छौ । यदा कडा बिदेशी आएर खुलाउन खोज्दछन अनी त्यो पनि उनिहरुको बसाइ र पैसा झारुन्जेल सम्म सिमित रहन्छ । यो सक्ती को होद्बाजिमा कोही पछी छैनन सबैले आफ्नो आफ्नो सामर्थ अनुसार देस लाई पछाडि धकेल्दै छन , हुँदा हुँदा अबत साझामा कसैलाई घुस्याहा भन्यो भने पनि तलाई केको टाउको दु:खाइ भन्न लाज नमान्ने पनि देखिए । जबसम्म नैतीकताको पाठ आत्मज्ञान बाट आउँदैन , पढाएर हुँदैन , त्यो दिन पार्खेर बस्नुस

MaGorkhe1 · Jul 2, 2011 8:20 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all