Source: http://nagariknews.com/economy... किरण भण्डारी, काठमाडौं, असार १६- सरकारले नेपाल वायुसेवा निगमका अध्यक्ष र महाप्रबन्धकलाई पदच्युत गरी दुवै जिम्मेवारीमा मनरूप शाही नेप्च्युनलाई नियुक्त गरेको छ। अध्यक्ष सुगतरत्न कंसाकार र महाप्रबन्धक कुलबहादुर लिम्बुलाई पदमुक्त गरी बुधबारको मन्त्रिपरिषद्ले कालिकोटका माओवादी कार्यकर्ता शाहीलाई कार्यकारी अध्यक्ष बनाएको हो। नेतृत्वको राजनीतिक आबद्धताले राष्ट्रिय ध्वजावाहक धरासायी हुन लागेको निष्कर्ष निकाल्दै कंसाकार र लिम्बुलाई पदमुक्त गर्ने निर्णयसँगै मन्त्रीकै गृहजिल्लाका कार्यकर्तालाई जिम्मेवारी दिइएको छ। पर्यटनमन्त्री खड्गबहादुर विश्वकर्माको प्रस्तावमा उनलाई नियुक्त गरिएको मन्त्रिपरिषद् स्रोतले बतायो। माओवादी मन्त्री हिसिला यमीबाट नियुक्त कंसाकारले १ महिना र एमाले कोटामा नियुक्त लिम्बुले ६ महिना अवधि बाँकी छँदै अवकाश पाएका छन्। शाहीको योग्यता र अनुभवबारे मन्त्रिपरिषद्का केही सदस्यले प्रश्न उठाए पनि पर्यटनको प्रस्तावअनुसार निर्णय भयो। 'केही एमाले मन्त्री र मुख्यसचिव माधवप्रसाद घिमिरेले शाहीको योग्यता र अनुभवबारे प्रश्न गरेका थिए,' स्रोतले भन्यो, 'माओवादी मन्त्रीले भने हाम्रो मन्त्रालयमा हाम्रै खुसी गर्छौं भन्ने अड्डी लिए।' हवाई क्षेत्र र व्यवस्थापनको अनुभव तथा संस्थान हाँक्ने न्यूनतम शैक्षिक योग्यता नभएका शाहीको नियुक्तिमा मन्त्रालयको प्रशासनिक नेतृत्वले पनि आलोचना गरेको छ। 'एसएलसी पास गरेका कार्यकर्ता अध्यक्ष र जिएम भएका छन्,' मन्त्रालयका एक सहसचिवले भने, 'उनको कस्तो क्षमताले सरकारलाई मोहनी लागेको रहेछ, अब देखिएला।' २७ वर्षअघि चार बोइङसहित २५ वटा हवाइजहाजबाट उडान भर्ने निगम अहिले लगभग जहाजविहीन हुन लागेको छ। कुल घाटा १ अर्ब ६० करोड रहेको निगममा १४ सय कर्मचारी छन्। 'चुनौतीले भरिएको संस्थामा कच्चा नेतृत्व दिइएको छ,' मन्त्रिपरिषद्का एक सचिवले भने, 'पार्टीका कार्यकर्ताले कसरी हाँक्लान्?' शाहीले नै नागरिकलाई बताएअनुसार उनीसँग माओवादी, राजावादी, माले, एमाले सबै राजनीतिक खेमामा सहभागी भएको अनुभव छ। नवनियुक्त कार्यकारी अध्यक्ष शाही जातीय क्षेत्रीय मोर्चाको कालिकोट जिल्ला सदस्य हुन्। 'मैले रेडियो नेपालदेखि एफएमसम्म काम गरेको छु,' शाहीले भने, 'केही वर्षदेखि मानव संशाधन व्यवस्थापनको परामर्शदाता पनि हुँ।' शाहीका अनुसार उनी २०४६ सालदेखि नै तत्कालीन मालेको संगठित सदस्य हुन्। कर्णाली प्राविधिक शिक्षालयमा तालिम लिँदा पनि उनले पार्टीसँगको आवद्वता यथावत् राखे। 'एमाले विभाजनपछि मालेमा लागेँ,' उनले भने, '२०५५ मा माले सहभागी सरकारमा मैले रेडियो नेपालमा अस्थायी जागिर खाएँ।' एक माओवादी सभासद्ले विश्वकर्मालाई हरेक काममा सघाएर नेप्च्यूनले क्षमताभन्दा गह्रुंगो भारी बोकेको बताए। 'विश्वकर्माकै पालामा चार वर्षअघि भएको शाहीको नियुक्ति विवादमा परेको थियो, अहिले फेरि उनैलाई किन छानियो भन्नेबारे मन्त्रीले जवाफ दिनुपर्छ,' ती सभासद्ले भने। २०६४ सालमा विश्वकर्मा समाजकल्याण मन्त्री छँदा शाही समाज कल्याण परिषद् कोषाध्यक्ष नियुक्त भएका थिए। 'नयाँ कर्णाली विकास केन्द्र भन्ने आफ्नै एनजिओलाई लाखौं रकम उपलब्ध गराएको भनी विवादमा परेपछि सरकारले शाहीलाई पदमुक्त गरेको थियो,' ती सभासद्ले भने। उनीसँग निगम हाँक्न न्यूनतम शैक्षिक योग्यता पनि छैन। 'निगममा नियुक्त हुन वाणिज्य, अर्थ, लेखा वा पर्यटन क्षेत्रको विज्ञ हुनुपर्छ,' निगममा लामो अवधि संचालक रहेका पूर्व अर्थसचिव रामेश्वर खनालले भने, 'मन्त्रिपरिषद्ले जिएम हुन स्नातक हुनुपर्ने निर्णय चार वर्षअघि नै गरिसेकेको छ।' ती सभासद्का अनुसार शाहीले जुम्लाबाट 'प्राविधिक एसएलसी' गरेका छन्। यस्तो एसएलसी गरेर आइए भर्ना हुन पाइँदैन। उनी अनुभवहीन र एसएलसीमात्र पास मात्र गरेको भनी निगमका कर्मचारी युनियन आन्दोलित भएका छन्। 'हाम्रो र निगमको जीवनमरणको सवाल छ, योग्यबाहेकको नियुक्ति स्विकार्य छैन,' कर्मचारी संघका अध्यक्ष तरणिराज दाहालले भने, 'सबै संगठन एकजुट भएर उनको नियुक्तिविरुद्व प्रतिरोध कार्यक्रम ल्याउँछौ।' हवाई क्षेत्रको प्राविधिक अनुभव नभएको शाहीले स्विकारे। 'मैले हवाइजहाज उडाउने वा अरू प्राविधिक काम गर्ने हैन,' उनले भने, 'संस्थालाई नेतृत्व र भिजन दिएर विकास गर्ने हो।' अनुभव र योग्यता सबथोक हुने भए यसअघि महाप्रबन्धक लिम्बु र अध्यक्ष कंसाकारले निगम सुधार्थे भन्ने तर्क गर्दै उनले नेतृत्व क्षमता महŒवपूर्ण हुने जिकिर गरे। 'लोभीपापी नबनी पत्रकारहरूसँग समन्वय गरेर निगमको उन्नति गर्न सकिन्छ,' शाहीले भने। औपचारिक योग्यताको वास्ता नभए पनि भारत महाराष्ट्रको जामखेत इन्स्टिच्युट अफ डेभलपमेन्टबाट 'डिप्लोमा' गरेको उनले बताए।
ANS · Jun 30, 2011 3:29 PM · 19,341 views
Yesto kukur maobadi ra maobadi ka "Bharaute" (jo yo sajha ma ayera maobadi ko support ma kura garchha) ko kaaran le ta ho ni desh ko yo gati bhako. Ajhai herdai jaau k gati hunchha. Maobadi ko kaaran le desh yesai pani 100 yrs pachhadi gaisakeko thiyo, aba ajhai 200 yrs pachhadi puryauchhan yi kukur haru le
Gabbar Singh · Jun 30, 2011 3:38 PM
Afnai bauko sampati khako jhai je payo tyehi garna thale yee paaji haru. I guess the only difference is that a guy with not even a high school education will get to milk the corporation.
Stiffler · Jun 30, 2011 3:42 PM
lathalinga des ko bhatabhunga chala
amricane · Jun 30, 2011 3:52 PM
what more will you expect from this minister? http://nepshow.blogspot.com/20...
arahat · Jun 30, 2011 4:15 PM
हा हा हा मलाई त यो बेला मुन्द्रे को खुब याद आयो भन्या। देश मा पढेको मान्छे बस्नु पर्छ रे खोया खाएर बस्नु एस्तो ताल भये पछी पढाई को कुनै मत्लब नै छैन । जो चोर उसैको ठुलो सोर भने जस्तो।
Kaliya · Jun 30, 2011 4:28 PM
Aafno bau aama lai ta balai nadini daka haru le hami janata le k aash garnu hare siba............
Kaliya · Jun 30, 2011 4:46 PM
Under SLC, Nepal Airlines ko GM? what can you expect, Now you will see Maoists jumping and saying....."Padhera hundaina Parera janinchha". "Nepal Padhelekheka sukila mukila le Bigriyeko ho". F$$k that your crap you b;loody Murderers. Could not control myself. Maobadi ma pani ali ali padhelekheka ra kam garna sakne manchhe chhan ni yar...... Ghanta jasto 2-4 wata kabita lekhyo bhandaima SLC ni pass nagareko manchhe lai Airlines ko GM banaidine yar? Ke garchha bhanne socheko hola m$$Ji mantri le pani.
kakakul · Jun 30, 2011 5:25 PM
What a good going !!! Wah Naya Nepal and agragami chalang !!!! Now nobody can stop Prachanda and killer company making Nepal Singapore in few years !!
NALAPANI · Jun 30, 2011 6:11 PM
baachnu parda raichha............. Aahile lai etti bujhi rakhau!!!
cajunboy · Jun 30, 2011 7:20 PM
एस् एल सी त के पास गर्नु , ८ पास हो कि फेल रे मनरुप। साहित्यिक ब्यक्तित्वको रुपमा धेरै अघी चिनेको अर्थात रचना पढेको ब्यक्ती हुनु हुन्छ यस माने मा आदरणिय नै हुनु हुन्छ तर अहिले समाचारहरु पढ्दा लाग्यो धेरै स्रष्टा हरु बेइमानी धरातलमा उभिएर इमान बेचीरहेका छन जस्तो खडानन्द (प्रतिक ढकाल - रातो पासपोर्ट काण्डमा अभियुक्त । देश कै अर्को फटाह केशब स्थापित को चाकडी भजाएर मेट्रो एफ एम अर्थात काठमाडौ नगरपालिका को एफ एम ) चलाएको रे । जनयुग्दमा लागेको ब्यक्ती भए लौ पढ्ने बेलामा कलम को साटो बन्दूक समातियो, देश र जनताको लागि लडेको ब्यक्ती हुँ , पुरस्कार चाहियो भन्न हुन्थ्यो । नेप्चुन ब्रो त पहिला एमाले , बी माले हुँदै हाल सालाई माओ को भक्त हुन गएका रे । पुरा समाचार पढ्नुस् । http://nagarikplus.nagariknews... (Page 8-9)
rahulvai · Jul 1, 2011 10:57 AM
OH HO NI TA NAYA GM SAHAB TA ICOM BCOM DUS MA DUI KUM PASS PO HUNUHUDO RAICHA!!! ...ABA TA TANNAI BOKA KATERA PEELANE UDAUNU HUNCHA HOLA NI TA SIR LE Last edited: 01-Jul-11 12:48 PM
chaurey · Jul 1, 2011 12:47 PM
लोभीपापी नबनी पत्रकारहरूसँग समन्वय गरेर निगमको उन्नति गर्न सकिन्छ,' शाहीले भने। Achamma ko desh hundai cha hamro. Not sure what the development of the NAC has to do with coordination with Journalists. Last ma eiuta NAC lay bina plane 1400 employees kasari dhannee ho. NAC = No Airplane Corporation hunee bha cha chandain.
Kancho · Jul 1, 2011 5:26 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion