यो चौतारीको कथा हो। काल्पनिक ईतिहासमा काल्पनिक पात्रहरुको काल्पनिक घटना। तानाशाह ।१। " कति भएछ हुन चाईँ?" पुन्टेन्द्रले आफ्नो सदाझैँ रवाफिलो स्वरमा,हात जोड्दै चापलुसीको भावमा गम्भिर भएर केहि झुकेर उभिएका राहुलभाईलाई सोधे। "पचहत्तर रुपियाँ हजूर!तल्लोबारीको मकै अझै बेच्न बाँकि छ रे बुढाको, त्यसको अर्को पचास रुपियाँ आउँछ होला!" राहुलभाईले आफ्नो कालो अनुहार झन कालो बनाउँदै झिनो स्वरमा उत्तर दिए। "केहि छ त्यसकाँ अझै?" पुन्टेन्द्ले राहुलभाईको अनुहारमा तिखो नजरले हेर्दै सोधे। राहुलभाई अलिकता लाचार देखिए र भने- "हजूर भैँसि र पाडो त पोहोरै ल्याएको हो तीन सय पचार मोलेर,बाख्रा मरेछ, अरु केहि छ होला जस्तो लाग्दैन हजूर!" " त्यो बारी नि?" पुन्टेन्द्रले फेरि सोधे। " क्..कुन बारि भनिबक्सयो हजूर?" "त्यो अगि भनिस् नि मकै बेच्न बाँकि भनेर..कति मोलिएला त्यसको?" "हजूर त्यो त हजूरकै हो हजूर, बडासाहु स्वर्गे नहुँदै बिर्खे बुढोबाट नामसारी भईसक्या छ!" राहुलभाईले याद दिलाए। "अनि बुबाले बाँकि त्यहिँ काम गरेर तिर् भन्नुभाको हैन त्यसलाई? अब कति बाँकि छ?" अनुहारमा फेरि क्रोध ल्याऊँदै पुन्टेन्द्रले सोधे। "हजूर, सावाँ ब्याज स्याज सबै गरेर, सोह्रसयमा पचहत्तर घटाएसी....पन्ध्रसय पच्चिस बाँकि हुन्छ असोज सम्ममा तिर्यो भने, नत्र कात्तिक लाएसी बढ्छ!" "हम्म्म..." केहि सोच्दै पुन्टेन्द्र गम्भिर मुद्रामा आए र आफ्ना दुबै हात पछाडि कम्मरमाथि लगेर बाँध्दै कक्षमा यता उता गर्न थाले। पुन्टेन्द्र जता जता चल्दथे राहुलभाई चुपचाप आफ्नो टाउको त्यतै घुमाउँदथे। कक्षमा पुन्टेन्द्रको हल्का पदचापको आवाज बाहेक चकमन्नता व्याप्त थियो। राहुलभाईको मनमा अहिलेको यो घडि समाप्त भईदिए हुन्थ्यो भन्ने लागिरहेको थियो। पुन्टेन्द्रको पदचाप रोकियो। राहुलभाई केहि सतर्क देखिए। "त्यो अस्तिन चैते दशैँमा बुढा बालि बुझाऊन आउँदा संगै आएकी त्यस्कि नातिनी हैन?" पुन्टेन्द्रको लामो मौनतापश्चातको प्रश्न सुनेर राहुलभाई अलिकता त्रसित भएजस्तो भए र भने- "हजूर नातिनी नै हो!" "पोटिली देखिन थालिसकिछे!यहाँ महलमा काम गर्ने सक्छे अब?" यति भन्दाभन्दै पुन्टेन्द्रको मुखमा व्याप्त हुँदै गएको कुटिल मुस्कान राहुलभाईले प्रश्टसंग देखे र झनै त्रसित् भए। "ह...हजूर..सानै छे बिचरी!" कुन्नि किन हो, राहुलभाईको मुखबाट हल्का बिरोधको आभाष आयो। "यता आईज!" पुन्टेन्द्रले अलिक कड्केर राहुलभाईलाई भने र राहुलभाईको कानमा बिस्तारै केहि कुरा गर्न थाले। कुरा गर्दै जाँदा पुन्टेन्द्रको आँखाको चमक र राहुलभाईको अनुहारको कालोपन अनुक्रमानुपातिक रुपमा बढ्दैथिए! तर उनिहरु अन्जान थिए कि महलको यो कक्षको बन्द रहेको ढोका बाहिर अँध्यारोमा टाँसिएर रहेको एउटा मानव छायाँले उनिहरुको वार्तालाप सबै सुनिरहेको थियो। ।२। कोठामा रामेको अट्टाहास गुन्जियो! कोठामा टुकिको मधुरो पँहेलो प्रकाश फैलिएको थियो। भुईँमा सुकुल ओछ्छयाएर रामे, बैरे र लहरे अस्त-व्यस्त रुपमा बसे‍का थिए, र पिउँदै थिए; कुनै फोहोर कुरामा अट्टाहास लगाउँदै। "तरिका जान्नु पर्छ मुरदार हो, अनि पो भन्या भन्या भेटिन्छ!दिमाख नि लाउन जान्न पर्छ, मुढेबल मात्रै भो'तेरो जस्तो भने हेर् लहरे तँ अइले जस्तो छन तेस्तै हुन्चस घाट लाने बेलासम्म नि!" बैरेले एक मुठि च्यूरा मुखमा हुलेर हरियो खुर्सानि किटिक्क पार्दै चपाउँदै भन्यो। रामे फेरि हाँस्यो। लहरेलाई हल्का हेपिएको आभाष भयो र रिस उठ्यो। गिलाँसमा बाँकि रक्सी एक सासमा सिनित्त पार्यो र बैरेतिर हेरेर रिसायो- "तैँ मुरदारको दिमाख होला, घराँ अंगालोभरकि स्वास्नि हुँदाहुँदै अर्काकि छोरिबेटी स्वास्नि जोसंग नि लहसिँदै हिँड्ने दिमाख्!" "मर्दले हो लहरे तरुनि फकाऊनि, तेरा बसको बात हैन!" रामेले लहरेको रिसको आगोमा घ्यू थप्यो। लहरेको कन्चट तातेर आयो। फरक्क रामेतिर मुन्टो बटारेर भन्यो- " तँ मुरदार जस्तो मर्द नि देख्याहुम्, दुईखुट्टा ऊभ्भ्या आइमाई देख्न हुन्न भगाऊने कुरो गर्छ। कुरैले तरुनि भाग्ने भए तँ भाते सिरिकिस्न भैसक्थिस्!" रामेको अनुहारमा लहरेको ऊ प्रतिको यथार्थताले आएको कालोपन रामेले निकै कुशलतापूर्वक लुकायो र केहि भन्न मुख खोल्यो। रामेले बोल्न नपाउँदै, बैरे बोल्यो- " क्यार्न रिसाउँचस ए बजिया,एसो कुरो पो गर्या त लु रउसि खा' नरिसा!" यति भन्दै बैरेले लहरेको गिलाँसमा रक्सि थपिदियो। लहरे चुपचाप रक्सी पिऊन थाल्यो। कोठामा मौनता छायो। रामेको मनमा कुरा खेल्न थाल्यो। लहरे सहि थियो। नगरमा कुनै स्त्रीको मनमा पनि रामेले आफ्नो छाप छोड्न सकेको थिएन र नगरमा कुनै यस्ता स्त्री पनि थिएनन् जसलाई देखेर रामेको मनमा अनुराग उत्पन्न नभएको होस। पुन्टेन्द्रको दाहिने हात रिठ्ठेको साथि भएको नाताले उ लगायत बैरे र लहरे, तिनैजानाको प्रभुत्व नगरमा बलियै थियो। उसको उमेर जवान थियो र स्वास्थ्य पनि गजबको थियो। तर उसको बोलीले गर्दा सबैकुरा बिग्रन्थ्यो। उसले स्त्रीसंग बोल्ने बोलीमा माया तथा प्रेम भरेर बोल्दा उसलाई नसुहाऊने किसिमले झुटो सुनिन्थ्यो र उसले मनको कुरा राख्दा, उसले बोल्ने भाषा तथा प्रयोग गरेका शब्दहरुमा उसले नारीलाई वस्तु सम्झेको कुरा स्पश्ट झल्किन्थ्यो। अहिलेसम्म उसले यदि कुनै नारीको सामिप्यता पाएको थियो त केवल बलले पाएको थियो। बैरे र लहरेको अगाडि ऊ यसलाई बढाई-चढाई गरेर प्रस्तुत गर्थ्यो तर यथार्थत: उसको भित्रि मनमा यस्तो सामिप्यताले केहि महत्व राख्दैनथ्यो। ऊ आशामा थियो त केवल यस्तो नारी दृष्टीको जुन कुनै बलले नभई स्व:स्फुरित किसिमले ऊ तिर परोस! "ढक् ढक् ढक्" ढोका ढक्ढक्याएको आवाजले रामे यथार्थमा आयो। बैरे र लहरे पनि सम्हालिए। तिनैजना आँखामा प्रश्नवाचक चिन्ह लिएर एक अर्कालाई हेर्न थाले। "ढक् ढक् ढक्" ढोका फेरि पिटियो। बैरे उठ्यो र ढोका खोल्न गयो। रामे र लहरेले बैरेले ढोका खोलेको सुने। बैरे ढोकामै बसेर कसैसित गुनगुन गरेको सुनियो। एकैछिनमा ढोका बन्द गरेर बैरे फर्कियो। फटाफट लगाईराखेको फोहोर भोटो खोल्दै बैरे बोल्यो- "रिट्ठेले तुरन्त बोलाएको छ महलमा, पुन्टेन्द्र साहुको काम गरिहाल्नु पर्ने भा' छ रे! छिटो जाम्!" बैरेको कुरा खस्न नपाउँदै तिनैजना चुपचाप जाने तरखरमा लुगा लगाऊन थाले। कोठाभित्रको मौनतामा बाहिर अँध्यारोमा झ्याउँकिरी कराएको आवाज मात्र व्याप्त थियो। Last edited: 29-Jun-11 04:13 PM
Birkhe_Maila · Jun 29, 2011 4:08 PM · 50,827 views
हाहाहाहहाहा।।।।।।।।।।।।।माल्दाजु...मलाई पनि ठ्याक्कै त्यहि भन्न मन लागेको थीयो भन्या....यो विकेन्डमा अर्को भाग पस्किने सक्दो प्रयास गर्छु।।।।।
matyangra · Jun 30, 2011 4:00 PM
काल्पनिक इतिहासको, काल्पनिक घटना तथा पात्रहरुको पनि कति वास्तबिक जस्तो लाग्ने चित्रण .. पढ्दा रमाइलो लाग्यो !! ढोका ढक्ढक्याउने को हो छिटै थाहा पाउना पाए हुन्थ्यो ..
sahitya · Jul 5, 2011 8:54 AM
मट्याङ्ग्रा र साहित्य, बल्ल फर्केँ घुमघामबाट, अब लेख्ने हो!
Birkhe_Maila · Jul 8, 2011 12:48 PM
Yo mailo le kahile dekhin fursat pauna thalechhan pheri. :D
Juggy · Jul 8, 2011 9:19 PM
हुन त पुरानो धागो हो.... तर अपुरो रहेछ कथा तेसैले बेस्सरी जोद्लागायेरा धकेल्दै छु ..... ये माइल्बाजे लुना वरिपरी हो भने कथा पुरा गर्नुस न...... .........अब त छुट्टि मानाको नि एक वर्ष बढी नागिसक्यो बुडा मान्छे
ThahaChaena · Oct 18, 2012 12:38 PM
बिर्खे बुढा कहाँ बाट अन्मरियो भनेको त थाने ले धागो लाई तानेको पो रहेछ .... पुरै कथा सिद्द्याये राम्रो हुन्थ्यो ..... ल भोली शुक्रबार ....... साहिलि काहा बिर्खे आएर गिलास रित्याउदै त्यही ढलेको बेला सम्झाउनु पर्ला ।
ramronepal · Oct 18, 2012 1:46 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion