कान्तिपुर संवाददाता काठमाडौ, अषाढ १३ - तरलताको समस्याले बन्द रहेको क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सका संस्थापक अमिरजंग खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले खड्कालाई बैंकिङ कसुर तथा सजाय ऐन अनुसार पक्राउ गरेको हो । ब्युरोका अनुसार बत्तिसपुतलीबाट पक्राउ परेका खड्कालाई महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ । पछिल्लो समय समस्यामा देखिएको क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्समा संस्थापकले कर्जा प्रवाह गर्दा अनियमितता भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । प्रकाशित मिति: २०६८ अषाढ १४ ०९:४०
_____ · Jun 28, 2011 11:19 AM · 1,269 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion