काफ्लेले मुद्दा नचलाउने आश्वासन दिएका थिए: पूर्वआइजीपी राणा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

अख्तियार पनि सुडान काण्ड मा दोसी जस्तो देखिन्छ , पहिला नै पैसा खाइसकेको गन्ध औछा, तेसै भएर मुध्हा कामजूर बनाउन सबै जना लाई एकै प्रकार को दोष लगाएको जस्तो देखिन्छ, हेरुम अदालात ले के गर्छ . अख्तियार को काफ्ले बाजे पनि फस्ने भए जस्तो छ घुस्या हरुले सबै लाई खुवाउन भयका रहेछन काफ्लेले मुद्दा नचलाउने आश्वासन दिएका थिए: पूर्वआइजीपी राणा (0 Votes)        कृष्ण ज्ञवाली ०   ललितपुर, अषाढ १० - पूर्वप्रहरी महानिरीक्षक ओमविक्रम राणाले अख्तियार सचिव भगवतीकुमार काफ्लेले सुडानमा बिग्रिएका बख्तरबन्द गाडी मर्मत गरे मुद्दा नचलाउने आश्वासन दुई महिनाअघि आफूलाई दिएको बताएका छन् । सुडान प्रकरणमा आरोपितमध्येका एक दर्जनभन्दा बढी प्रहरी अधिकृतहरूसँग ललितपुर कुसुन्तीस्थित आफ्नै निवासमा भेट गर्दै राणाले अघि नबढाउनुपर्ने मुद्दा अनुसन्धानै नगरी राज्यव्यवस्था समितिको ‘राजनीतिक प्रतिवेदन’ का आधारमा विशेष अदालत पुगेको दाबी गरे । ‘हेमबहादुर गुरुङ (पूर्वआईजीपी) र मैले भगवतीजी (अख्तियारका सचिव) लाई दुई महिनाअघि भेट्दा तपाईंहरूले खर्च गरेर मर्मत गरे यो मुद्दा अघि बढाइरहन पर्दैन, यो सजिलै मिलाउन सकिने मुद्दा हो भनेका थिए,’ काफ्लेलाई उदृत गर्दै राणाले भने, ‘तपाईहरू जसरी हुन्छ मिलाउनुस्, यसमा अख्तियार र राज्यसमितिलाई केको टाउको दुःखाई ?’ अख्तियारका एक अनुसन्धान अधिकृतले आफूलाई घरमै भेटेर ‘निर्देशनका भरमा जबरजस्ती भ्रष्टाचारको मुद्दा चलाइने भयो’ भनी जानकारी गराएको समेत राणाले खुलाए । उनले ती अधिकृतको नाम भने खुलाएनन् । बैठकमा सहभागी भई ‘चेन अफ कमाण्ड’ मा रहेर माथिल्ला अधिकृतको आदेश पालना गर्दा आफूहरू निलम्बित भएको गुनासो गर्दै आएका प्रहरी अधिकृतहरू सत्य बोलिदिनुस् भन्दै राणाको निवासमा पुगेका थिए । महानिरीक्षकको आदेशमा विश्वास गरेर हस्ताक्षर गरेको भन्दै ‘बलिको बोको’ नबनाइदिन ती अधिकृतले आग्रह गरेका थिए । ‘हजुरको पालामा भएको घटना हो, के हो स्पष्ट बोलिदिनुपर्यो,’ एक वरिष्ठ अधिकृतले भने, ‘नत्र हामीले खाएको भए, कसले कति खायौं, सबै खुलस्त भन्नुपर्यो ।’ प्रतिउत्तरमा राणाले खरिद प्रक्रियाका क्रममा विभिन्न समितिमा बस्नेले पनि जिम्मेवारी लिनुपर्ने बताए । कुसुन्तीस्थित वातानुकूलित हलमा पसिनाले निथ्रुक्क भिजेका राणाले ‘आफू र मातहतका अधिकृतले गल्ती नगरेको’ पटक–पटक दोहोर्याएका थिए । राणाले अख्तियारले दाबी गरेको बिगोमा पनि आपत्ति जनाए । ‘२० करोडको त सामान नै छ, दुई करोड खर्च गरे सबै फस्ट क्लास चल्छ,’ उनले भने । भेटघाटका लागि पुगेका असन्तुष्ट प्रहरी अधिकृतले सुडान घोटालाको पर्दापछाडिका व्यक्तिबारे मुख खोल्न राणालाई सुझाव दिएका थिए ।

_____ · Jun 23, 2011 1:53 PM · 1,430 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all