See the Difference

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

राजीनामा नदिए प्राचार्यलाई नै जलाइदिने सभासद्‍को धम्की   (0 votes, average 0 out of 5) बरुण पनेरु, डडेलधुरा, असार ८– एनेकपा माओवादीबाट समानुपातिकतर्फका सभासद् हरिलाल थापाले आलिताल गाविसको दुर्गा उच्च माविका प्राचार्य प्रतापसिंह धामीलाई तत्काल राजीनामा नदिए जलाइदिने धम्की दिएका छन्। विद्यालय व्यवस्थापन समितिको बैठकमै सभासद्‍ थापाले धामीलाई यस्तो धम्की दिएका हुन। 'मैले राजीनामा दिन्न भन्दा यहीँ जलाइदिन्छु भन्दै धम्की दिए', प्राचार्य धामीले भने- सभासद्‍ थापाले कोरम नपुगेको विद्यालय व्यवस्थापन समितिबाट जबर्जस्ती राजीनामाको निर्णय गराए। थापाले आफूखुशी विद्यालयबाट निर्णय गराउन नसक्दा तत्काल राजीनामा दिन धम्की दिएका हुन। धामीले आमभेला बोलाए राजीनामा दिने बताए पनि थापाले तत्काल दिनुपर्ने उर्दी दिएका थिए। 'द्वन्द्वकाल जस्तै जलाइदिने धम्की दिँदै प्राचार्य धामीबाट राजीनामा मागियो', दुर्गा उच्चमाविका अर्का शिक्षक धनबहादुर देउवाले भने- बाध्य पारेर राजीनामा मागिएको छ।' मैले राजीनामाको कारण माग्दा उल्टै धम्काइयो- प्राचार्य धामीले भने। कङ्ग्रेस महामन्त्री सिटौलालाई पनि कठघरामा उभ्याउन गगन थापाको माग 5.00 out of 5) काठमाडौं, असार ८ (नागरिक)- नेपाली कङ्ग्रेसका युवा नेता गगन थापाले अपराधी जुनसुकै पार्टीको भए पनि उन्मुक्ति पाउन नहुने भन्दै सुडान घोटालामा संलग्न कङ्ग्रेसका प्रभावशाली नेताहरुले पनि उन्मुक्ति पाउन नहुने बताएका छन्। उनले भने- सुडान घोटालामा संलग्न कङ्ग्रेसकै महामन्त्री कृष्ण सिटौलालाई पनि कानुनको कठघरामा उभ्याइनुपर्छ। राजनीतिक दलका नेता भएकै कारणले कसैले उन्मुक्ति पाउनु हुँदैन, उनले भने- सुडान घोटाला काण्डका आरोपीहरुले कुनै पनि हालतमा उन्मुक्तl पाउन हुँदैन। उनले आफ्नै नेतालाई बचाउन खोजे आफूले पार्टीभित्र त्यसको प्रतिवाद गर्नेसमेत प्रतिबद्धता व्यक्त गरे। रिपोर्टर्स क्लबको कार्यक्रममा उनले बुधबार भने– अपराध र अपराधीको कुनै जात र पार्टी हुँदैन। कुनै पार्टीको मान्छे भएको नाताले उसले उन्मुक्ति पाउनु हुँदैन। यस्तो अवस्थाले दण्डहीतनाको अवस्था झनै बढाउँछ। दण्डहीनता कायम रहे फेरि पनि यस्ता घटना कुनै न कुनैरुपमा दोहोरिइरहन्छन्। उनले सुडान घोटालामा प्रहरीले राजनीतिक गुटबन्दीविरुद्ध नबोल्ने हो भने प्रहरी सङ्गठन नै कोल्याप्स हुने चेतावनी पनि दिए। पत्रकार आक्रमणका घटनाका आरोपी पनि कानुनको प्रक्रियामा लैजानुपर्ने भन्दै आफ्नै कार्यकर्तालाई पक्राउ गर्न नसक्ने प्रधान मन्त्री यो देशकै सबैभन्दा लुते, निरीह र असफल प्रधान मन्त्री भएको आरोपसमेत उनले लगाए। उनले भने– प्रधान मन्त्री झलनाथ खनाल प्रधान मन्त्री पदकै उपहास हुन। OK, now see the difference between terrorists and an educated guy and judge urself.   Last edited: 22-Jun-11 11:31 AM

Gabbar Singh · Jun 22, 2011 11:28 AM · 3,447 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all