भुवन केसीले मेरो सबै सम्पत्ति खाने दाउ गरिरहेको छ

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

मैले यसकारण पिटेँ भुवन केसीलाई http://www.nayapatrika.com 20/06/2011 06:51:00 Online Editor Font size: भुवन केसीले मेरो सुखी परिवारमा आँखा गाडेर मेरो जिन्दगी नै तहस-नहस गरिदियो । उसलाई यो सोझो नेवारको श्राप लाग्छ । यत्तिका वर्ष मसँग बिताएकी शर्मिलालाई पनि मजस्तो सोझो लोग्नेको आँसु लाग्छ । रत्नसिंह डंगोल सुपरस्टार अभिनेता भुवन केसी गत वैशाख ३१ गते कोटेश्वरको बीचसडकमा कुटिएका थिए । सानेपाका ग्यारेज व्यवसायी रत्नसिंह डंगालेकी श्रीमती शर्मिला डंगोललाई आफ्नी 'लेटेस्ट गर्लफ्रेन्ड’ भनेर चिनाउँदै हिँडेका भुवनलाई त्यसदिन उनै 'गर्लफ्रेन्ड’का पति रत्नसिंहले कुटेका थिए । तर, त्यो कुरा भुवनले 'हावादारी’ भएको दाबी गर्दै आएका थिए । नयाँ पत्रिकाले जेठ १ गते छापेको भुवन केसी कुटिएको समाचारले देशविदेशमा तरंग उत्पन्न गरायो । आखिर किन र कसरी कुटिएका भुवन ? भुवनलाई बीच सडकमा पिटेका शर्मिलाका पति रत्नसिंह डंगोलको बयानः मेरो नाम रत्नसिंह डंगोल हो । घर ललितपुर, सानेपा हो । म ५३ वर्षको भएँ । म गाडीको काम गर्छु । सानेपामा मेरो रत्न अटो वर्कसप छ । मैलै बच्चैदेखि गाडीको काम गरेको हुँ । मैले ०४० सालमा लगनखेलकी शर्मिला डंगोलसँग मागी बिहे गरेको हुँ । हाम्रो २६ र २१ वर्षका दुईवटी छोरी छन् । कामको सिलसिलामा म पहिला धेरै समय इन्डिया, इटली र लिबिया बसेँ । पछि काठमाडौंमा ग्यारेज खोलेँ । म हरेक समय काममा व्यस्त हुन्छु । मलाई आफ्नो काम, घरपरिवारबाहेक अरू कुराको हेक्का हुँदैन । केही महिनाअघिसम्म मेरो परिवार निकै सुखद् थियो । म आफ्नी श्रीमतीप्रति गर्व महसुस गर्थें । मैले ग्यारेजको काम गर्ने, उनले कुर्ता पसल चलाउने । जिन्दगी निकै सहजताका साथ बितिरहेको थियो । छोरीहरू पनि हुर्किसकेका, अनुशासित, लगनशील र शिक्षित छन् । यसमा मलाई निकै खुसी लाग्छ । जेठी छोरी आमासँगै कुपण्डोल, कानदेवतास्थानमा रहेको बुटिक चलाउँछिन् । तर, मेरी श्रीमतीले गति छाडिन् । जसकारण मलाई यो बुढेसकाल निकै पीडादायक भएको छ । म कहिल्यै पनि श्रीमतीप्रति शंका गर्ने मान्छे होइन । र, मैले शंका पनि गरिनँ । म श्रीमतीलाई निकै माया गर्थें । २८ वर्षको दम्पत्य जीवनमा मैले कहिल्यै पनि श्रीमतीले भनेको कुरा काटिनँ । उनले जे चाहन्थिन्, मैले पूरा गरेँ । अत्यधिक माया र विश्वासका कारण मैले मेरो सबै सम्पत्ति उनकै नाम राखेँ । मैले जति कमाएँ, सबै रकम, गरगहना पनि उनकै नाममा राखेँ । तर, मैले कहिल्यै सोचेको थिइनँ कि उनले मलाई धोका देलिन् भनेर ।  शर्मिलाले पहिला मंगलबजारमा कुर्ताको दुईवटा पसल गरेकी थिइन् । उनले ती पसल बेचिन् । अनि, कुपण्डोलमा बुटिक खोलिन् । उनले गरेको निर्णयमा मैले कुनै अब्जेक्सन गरिनँ । मलाई लाग्यो, उनले जे गर्न खोजेकी छिन्, राम्रै हुन्छ । छोरीहरूले पनि बुटिक व्यवसाय राम्रो हुने बताए । बुटिक राम्रै चलिरहेको थियो । म हरेक बिहान ९ बजे ग्यारेज पुग्छु । दिउँसो खाना खान एकचोटि घर जान्छु । त्यसपछि फेरि ग्यारेजमै व्यस्त हुन्छु । कामदार छन्, उनीहरूलाई अह्राउने, सिकाउने, गाडी खरिद, बिक्री गर्ने काममै भ्याइनभ्याइ हुन्छ मलाई । राति ८ बजेतिर मात्र घर फर्किन्छु । ववर्षौंदेखि मेरो दैनिकी यसरी नै चलेको हो । सातामा एक दिन भने घरपरिवारमै रमाउने गरेको थिएँ । जिन्दगी रमाइलोसँग बितिरहेको थियो । तर, श्रीमतीले मलाई धोका दिइन् । मैले उनलाई धेरै माया र विश्वास गरेको थिएँ । उनी बुटिकमा व्यस्त हुन्थिन् । उनी ४४ वर्षकी भइन् । मैले कहिल्यै सोचेको थिइनँ कि उनले यो उमेरमा आएर मलाई धोका देलिन् भन्ने ।  वैशाख ३ गते बिहान म एक्कासि झस्किएँ । मलाई मेरो साथीभाइ, आफन्तले शर्मिला भुवन केसी भन्ने हिरोको प्रेममा परेको कुरा सुनाए । मैले विश्वास गर्नै सकिनँ । उनीहरूले पत्रिका देखाए । पत्रिकामा शर्मिला र त्यो हिरोको फोटो छापिएको रहेछ । त्यो हिरोले मेरी श्रीमतीलाई आफ्नो गर्लफ्रेन्ड भनेको रहेछ । म यो कुराले छाँगाबाट खसेझै भएँ । मैले शर्मिलालाई कुरा के हो भनेर सोधेँ । उनले, त्यो हिरो आफ्नो बुटिकमा आइरहने र आफूहरू एउटा कार्यक्रममा गएको वेलामा मिडियाले त्यत्तिकै लेखिदिएको बताइन् । मेरा साथीभाइ, आफन्तले भुवन केसी नेपाली फिल्मको चर्चित हिरो हो भन्थे, तर मैले उसलाई चिनेको थिइनँ । मलाई उसको कुनै फिल्मसिलिममा इन्ट्रेस्ट थिएन र छैन पनि । मैले उसको कुनै फिल्म हेरेको पनि छैन । उसलाई चिनेको पनि छैन । हिरोसँग श्रीमतीको नाम जोडिएर आउँदा मलाई अचम्म लाग्यो । मैले शर्मिलाले भनेको कुरामै विश्वास माने । त्यो कुरा त्यत्तिकै साम्य भयो ।   तर पछि, एउटा साप्ताहिक पत्रिकामा शर्मिला र भुवन केसीको ठूलो फोटो छापियो । त्यसमा उनीहरू गर्लफ्रेन्ड, ब्वाइफ्रेन्ड भएको कुरा छापिएको थियो । त्यो कुरा सबैले थाहा पाए । मलाई मेरो सबै आफन्त, साथीभाइ, इष्टमित्रहरूले यो के हो भनेर सोधे । मेरो बेइज्जत भयो । मैले यो कुरा शर्मिलालाई सोधेँ, उनले मिडियाले त्यत्तिकै लेखेको भनेर टार्न खोजिन् । बारम्बार एउटै कुरा आइरहेको छ, मेरो श्रीमतीलाई अर्का मान्छेले आफ्नी गलफ्रेन्ड भन्दै हिँडेको छ । यो कुरा कुनै लोग्नेले पनि सहन सक्दैन । मैले वास्तविकता बुझ्न चाहेँ । तर, शर्मिलाले चर्काचर्का कुरा गरिन् । मसँग झगडा गरिन् । उनको घर आउने, जाने समय पनि अनिश्चित हुन थाल्यो । बुटिक गएकी शर्मिलाको घर र्फकने टुंगो भएन । त्यही कुरामा दिनहुँ डिस्कस हुन थाल्यो । उनी निकै लापरबाही रूपमा प्रस्तुत हुन थालिन् । उनको बुबा, आमा, बहिनी, छोरीहरूले पनि यसो नगर भनेर सम्झाए, तर उनले मानिनन् । त्यतिवेला मेरी जेठी छोरी खुश्बु सिंगापुर गएकी थिइन् । उनले आफू आएपछि आमालाई सम्झाउने भनिन् । उनी मसँग बोल्न छाडिन् । मेरो फोन रिसिभ गर्न पनि छाडिन् । निकै तनाब भयो । अति भएपछि मैले उनलाई पुलिसको रोहवरमा मौखिक मिलापत्र गराएँ । पुलिसको अगाडि उनले आफू जिम्मेवार पत्नी बन्ने सहमति गरिन् । लोग्नेस्वास्नीको झगडा, परालको आगो भन्ने ठानेर मैले उनलाई घरमा ल्याएँ । घर ल्याएपछि पनि उनको चाला निको थिएन । घन्टौँ फोनमा झुन्डिने, आफूखुसी घरबाट निस्कने । आफूखुसी घर र्फकने । साह्रै हेलचेक्रयाइँ गरिन् । उनले भुवन केसीलाई भेट्न छाडेको, आफूहरूबीच असल साथीको मात्र सम्बन्ध भएको दाबी गर्दै आएकी थिइन् ।  वैशाख ३१ गते बिहान म घरबाट ग्यारेज आएँ । साढे १० बजेको थियो होला, खाना खाने वेला भएकाले घरमा फोन गरेँ । कान्छी छोरीले फोन उठाइन् । उनले आमा गाडी लिएर भर्खरै घरबाट निस्किएको बताइन् । म बाइकमा हतार-हतार घर पुगेँ । शर्मिला गाडी लिएर भर्खर क्रस मात्र भएकी थिइन् । मैले उनलाई देखेँ, उनले मलाई देखिनन् । मैले उनी कहाँ हिँडेकी हुन् भनेर फलो गरेँ । उनको गाडी सानेपाबाट कुपण्डोल, थापाथली, माइतीघरमण्डला, बबरमहल, नयाँबानेश्वर, मीनभवन हुँदै सिनामंगलतिर मोडियो । मैले उनी कहाँ जान्छिन् भनेर पिछा गरिरहेको थिएँ । उनले एयरपोर्ट गेटअगाडिको कलाकार गल्लीमा गाडी रोकिन् र ब्याक गरिन् । म ट्राफिक बिटनेर बाइक रोकेर उनको चर्तिकला हेरिरहेँ । ५ मिनेटजतिमा भुवन केसी आएर शर्मिलाको गाडीमा बस्यो । उसले सिट ढल्काएर आफ्नो अनुहार लुकायो । शर्मिलाले गाडी अघि बढाइन् । मैले फेरि पिछा गरेँ । शर्मिलाले गाडी तीनकुने हुँदै कोटेश्वरतिर हाँकिन् । मैले बाइकको स्पिड बढाएँ । कोटेश्वर चोक पुग्नुअघि मैले उनलाई गाडी रोक भने । उनले मलाई देखिन्, तर वास्ता नगरी गाडी अझै स्पिडमा हाकिँन् । मैले पटकपटक उनलाई गाडी रोक्न भनेँ । उनले मानिनन् । अनि मैले गाडीको अगाडि लगेर बाइक रोकेँ । बाइकले बाटो छेकेपछि बल्ल उनले गाडी रोकिन् । मैले त्यो भुवन केसीलाई मेरो गाडीबाट ओर्लिन भनेँ । ऊ मानेन । सायद उसले मलाई शर्मिलाको लोग्ने हो भन्ने चिनेको थिएन । मैले उसलाई पटकपटक ओर्लिन भनेँ । उसले मिडियाले देख्यो भने लाज हुन्छ, पछाडि बस्नुस् भन्यो । ऊ मेरी श्रीमती लिएर हिँड्ने अनि उसकै ठूला कुरा ? शर्मिलाले गाडी अघि बढाउन खोज्दै थिइन् । मैले झ्यालबाट हात छिराएर भुवन केसीको कठालो समातेँ । ऊ गाडीबाट ओर्लियो । अनि मैले रिसको आवेगमा उसलाई हात, खुट्टा र हेल्मेटले अन्धाधुन्द हानेँ । मान्छेहरू जम्मा हुन थाले । मैले उसलाई मज्जाले हान्न पाइनँ । ऊ मलाई बेबकुफ हो, पागल हो भन्दै फुत्किएर भाग्यो । मान्छेहरूले मलाई बीच बाटोमा झगडा गर्ने भनेर कराउन थाले । गाडीले गर्दा जाम भयो । ट्राफिक आइपुग्यो । ट्राफिकले हाम्र्रो गाडी लग्यो । गाडी शर्मिलाले चलाइन् । म अगाडिको सिटमा बसेँ । ट्राफिककोमा पुगेपछि उनीहरूले बीच बाटोमा किन झगडा गरेको भनेर सोधे । मैले शर्मिला मेरी पत्नी भएको बताएँ । ट्राफिकले शर्मिला र मेरो लाइसेन्स हेरे । पति-पत्नी भएको थाहा पाएपछि तुरुन्तै छाडिदिए । मैले शर्मिलालाई लिएर घर आएँ ।  घर आएपछि उनको र मेरो फेरि झगडा भयो । सबैले उनलाई सम्झाए, तर उनले मानिनन् । उनले मलाई छाड्ने कुरा गरिन् । मैले भुवन केसीलाई पिटेको कुरा अर्का दिन मिडियामा आयो । त्यसपछि त झनै तनाब भयो । त्यसपछि उनी घरमा बस्नै छाडिन् । उनी बुटिकमै बस्छु भनेर गएकी हुन्, तर त्यहाँ बस्दिनन् । आमाबुबा, बहिनी, छोरीहरूले सम्झाए, तर उनले मानिनन् । अहिले हामीहरू कसैको फोन उठाउँदिन ।   शर्मिला बुद्धी भएकी आइमाई होइनन् । उनले जम्मा-जम्मी ४ कक्षा पढेकी छिन् । उनले मलाई डिभोर्स पेपर पनि पठाएकी छिन् । यस्ता कुरा उनले जान्दिनन् । यो सबै भुवन केसीको खेल हो । मेरो ग्यारेज भएकाले शर्मिलाले फेरिफेरि गाडी चढ्ने र बुटिक पनि राम्रै चलाउने गरेकी थिइन् । भुवन केसीले शर्मिलालाई निकै सम्पत्तिवाल ठान्यो । जसकारण ऊ शर्मिलाको पछि लाग्यो । शर्मिलालाई भुवन केसीले आफ्नो षड्यन्त्रको सिकार बनाएको छ । शर्मिलाले यो कुरा बुझेकी छैनन् । मेरो सबै सम्पत्ति उनको नाममा छ । मेरी दुवै छोरीको बिहे हुन बाँकी नै छ । ६ महिनापछि जेठी छोरीको बिहे हुँनैछ । त्यसका लागि साँचेको गरगहना, पैसा सबै उनैले लगेकी छिन् । मेरो नाममा त केही पनि छैन । शर्मिला जहाँ जाउन्, मलाई मतलब छैन । अब उनलाई कुनै हालतमा पनि म स्विकार्दिनँ । मेरो लागि उनी मरिसकिन् । मेरो छोरी, सुसुराली आफन्तले पनि उनको माया मारिसके । मैले उनले भनेको जस्तो सजिलैसँग डिभोर्स दिन्न । उनी जहाँ, जोसँग गए पनि जाउन्, तर मेरो सम्पत्ति मलाई फिर्ता गरेर मात्र । भुवन केसीले मेरो सबै सम्पत्ति खाने दाउ गरिरहेको छ । उसको यो षड्यन्त्र कुनै हालतमा पनि सफल हुन दिन्नँ म । मैले दुःख गरेर कमाएको सम्पत्ति मेरा छोरीहरूलाई चाहिन्छ ।  भुवन केसीले मेरो सुखी परिवारमा आँखा गाडेर मेरो जिन्दगी नै तहस-नहस गरिदियो । उसलाई यो सोझो नेवारको श्राप लाग्छ । यत्तिका वर्ष मसँग बिताएकी शर्मिलालाई पनि म जस्तो सोझो लोग्नेको आँशु लाग्छ । छोरीहरूको बिहे गर्ने वेलामा आमाले गति छाडेपछि भोलि ती बच्चाको जिन्दगी कस्तो होला भन्ने उनले सोचेकी छैनन् । शर्मिला आइमाईको नाममा कलंक हो । भुवन केसी त सबै पुरुषको नाममा धब्बा हो । पर्दामा आदर्शका कुरा गर्ने भुवन केसी हिरो होइन, भिलेन हो । उसले अर्काकी श्रीमतीलाई आफ्नी गर्लप|mेन्ड भनेर चिनाउँदै हिँड्न लाजै मानेन । ऊ आफैँ बिगि्रएको मान्छे हो । मैले सुनेको यसले यसअघि तीनचोटि बिहे गरेर स्वास्नी छाडिसक्यो रे । यस्तो मान्छे कसरी हिरो हुन सक्छ ? शिव श्रेष्ठ, राजेश हमालहरूले कति राम्रो काम गरिरहेका छन् । तर, भुवन केसी साह्रै घटिया मान्छे रैछ । डिभोर्स नहुन्जेल कानुनी रूपमा शर्मिला मेरी स्वास्नी हो । तर, मैले उनीहरू रातिराति घुमिरहेको चाल पाएको छु । मैले रंगे हात पक्रिएँ भने उनीहरूलाई के गर्छु, कसैले अन्दाज पनि गर्न सक्दैन । उसले आज रत्नसिंह डंगोलको जिन्दगी बर्बाद पार्‍यो, भगवान््ले एकदिन उसको जिन्दगी बर्बाद पार्ने छन् ।  प्रस्तुति: लक्ष्मण सुवेदी  तस्बिर: श्रीधर पौडेल

crackboy · Jun 20, 2011 8:43 AM · 50,056 views

32 Replies · Showing 21 - 32
Page 2 of 2

साले जुंगे बुढो गोरु भुवन केसी, तलाई आर्काको बुढीलाइ भाड्न लाज लाग्दैन ? Anyways तेरो बुढी सुस्मितालाइ पनि कसैले ठोक्दै होला अहिले / साले भाते कुकुर

Gwachaquarian · Jun 20, 2011 6:22 PM

http://www.youtube.com/watch?v...

crackboy · Jun 21, 2011 7:24 AM

I agree with Pire on the account that there are two sides to the story. I don't agree that she "deserves" anything at this point. Either way Bhuwan KC is the nepali version of Hue Heffner... Mr. Iron Dick....Man of steel rod.......Mr. TNT (lock up your daughters lock up your wives)...

chaurey · Jun 21, 2011 8:50 AM

@Sidster bro, though i agree with most of the things you said, I dont think it is appropriate to bring karishma manandhar in whatever context you are using. She is a mother and has a family. I dont think you will appreciate if somebody uses your loved ones name like this even if its only for an example. 

the_hareeb · Jun 21, 2011 9:26 AM

Hareeb, I thought it would be relevant to bring another public figured character from the same industry to the context  here but you are right it was not necessary for me to drag her name into it. If she is related to you and if i have offended you in any way, please accept my apology.

sidster · Jun 21, 2011 9:46 AM

 sidster thanks..no she is not related to me.

the_hareeb · Jun 21, 2011 9:50 AM

"......Sada-bahar Rando".. ha ha.   Who said that??

Poon-Hill · Jun 21, 2011 10:26 AM

 He's comin to your boutique He's snatchin your people up Tryna bang em so y'all need to Hide your kids, hide your wife Hide your kids, hide your wife Hide your kids, hide your wife And hide your husband cuz bhuwan's bangin everybody out here He's not gonna come and confess He's lookin for you He gon find you He gon find you So you can run and save ass, Run and save ass Run and save ass, homeboy Home, home, homeboy

jay-z · Jun 21, 2011 11:32 AM

And obviously the singer is Mr. Dangol right?? "So you can run and tell that, run and tell that........"

Poon-Hill · Jun 21, 2011 8:07 PM

http://www.youtube.com/watch?v...

crackboy · Jun 22, 2011 7:32 AM

 lol JayZ

Nina_Windsor · Jun 22, 2011 7:35 AM

I know this is an old post but someone asked me to write my view on it. @sidster, it's obviously that woman's fault. That's called running a family. It's not called being unromantic. Dangol is so right, she is 44 but look at her education level, she doesn't even know what she's doing coz I called those type utterly 'dumb'. She's very selfish person. @chaurey, don't insult hugh hefner dude. He owns mansion. This loser bhuwan is running after people's property. This guy has already lost his mind, and the lady she's with is dumber than him. @jay-z, that's crazy ass poem. in very near future, I wish to read this same news with different tittle :D मैले यसकारण काटे भुवन केसीलाई

bittertruth · Apr 13, 2012 5:18 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all