काठमाडौं, अषाढ ४ - राष्ट्रिय जनगणना राष्ट्रकै कार्यक्रम हो । त्यसका निम्ति ५० वटा प्रश्नावली तयार पारिएको छ । जसमा २३ वटा पारिवारिक र २७ वटा व्यक्तिगत छन् । जनगणनालाई बढी वैज्ञानिक र नेपालको परिवेशअनुकुल प्रभावकारी बनाउन प्रश्नावली निर्माण गरिएको केन्द्रीय तथ्याङ्क विभागको दावी छ । यति धेरै प्रश्नमध्ये आदिवासी जनजाति समुदायले पाँच बुँदामात्र चासोका रुपमा लिएका छन् । राष्ट्रिय जनगणा २०६८ का निम्ति निर्मित प्रश्नावलीमध्ये उनीहरूले व्यक्तिको नाम, थर, जाति, मातृभाषा, दोस्रो भाषा र धर्म प्रमुख ठानेका छन् । 'जनगणना जातीय पहिचानको सवाल पनि हो', किरात राई यायोक्खाका महासचिव चन्द्रविक्रम राई भन्छन्- 'यति धेरै प्रश्नमध्ये पाँचवटा मात्र हाम्रो सरोकारको विषय मानेका छौं ।' विभागले जनगणनालाई राज्य पुनःसंरचनाको आधार निर्माण गर्ने कडीका रुपमा पनि लिएको छ । त्यसमा जाति र भाषा आधार मानिएको छ । भाषाप्रति जनजातिको बुझाइ भने अलि फरक छ । 'दोस्रो भाषाका रुपमा छिमेकमा बोलिने भाषा उल्लेख गरे, उसको पनि अस्तित्व बाँच्छ', राईको ठम्याइ छ । नेपाल आदिवासी जनजाति महासंघले जनगणनालाई 'मिथ्याङ्क' हुन नदिन केन्द्रदेखि स्थानीय तहसम्म सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै आएको छ । 'अहिले पनि हामीले भनेजस्तो जनगणना हुनसकेको छैन', सबै पक्षको चासो उत्तिकै रहेको उल्लेख गर्दै महासंघका अध्यक्ष राजकुमार लेखी थारुले भने- 'हामीले जाति, भाषा, धर्म स्पष्ट पार्न भनेका छौं ।' देशभरि ८० जिल्ला जनगणना कार्यालय र साढे तीनसय इकाला जनगणना कार्यालय छन् । त्यसअन्तर्गत साढे आठहजार सुपरिवेक्षक र ३४ हजार गणक खटाइएका छन् । स्थानीय तहमा जनजाति, दलित, अल्पसंख्यक मैत्री जनगणनाका निम्ति सम्बन्धित जातिको गणक हुनुपर्ने महासंघले भनेको थियो । राष्ट्रिय जनगणनो, २०५८ मा देशमा सशस्त्र द्वन्द्व जारी थियो । जनगणना सुरु भएलगत्तै जेठ १९ गते दरबार हत्याकाण्ड भएको थियो । जसले गर्दा जनगणना प्रभावित बनेको थियो । द्वन्द्व प्रभावित क्षेत्रमा जनगणना लिन सकिएको थिएन । विशेषगरी पश्चिम रुकुम, रोल्पा, दैलेख आदि जिल्लाहरूमा । जसरी भएपनि दसौं राष्ट्रिय जनगणना पूरा गरियो । मुलुकको जनसंख्या २ करोड ३१ लाख ५१ हजार देखाएको छ । त्यसमध्ये ३७ दशमलब ८ प्रतिशत आदिवासी जनजातिको संख्या रहेको छ । जनगणनामा खटाइएका सुपरिवेक्षक र गणकले विगतमा जस्तो चौतारीमा बसेर या गाउका कुनै ठालुको घरमा मेजमान खाएर उसले जे-जे भन्यो त्यही त्यही कुरो जनगणनाको लगत लिने जमानाको अन्त्य भएको छ । विभागले दावी गरेजस्तै जनगणना तथ्याङ्क जनजजाति समुदायले मिथ्याङ्क भन्ने गरेका छन् । 'यस पटक राम्रो र हाम्रो होस् भएको चाहेका छौं', राईले भने । यसअघि धर्मको महलमा हिन्दु, बौद्ध, क्रिश्चियन, किरात र मुस्लिम उल्लेख थियो । यो पटक खुल्ला राखिएको छ । 'धर्म, मातृभाषा, थरमा त्यत्ति धेरै सजग छैनन्', नागरिक पर्यवेक्षण समितिको तर्फबाट म्याग्दीको बेनीबजार पुगेका पर्यवेक्षक गोविन्द छन्त्यालले पहिलो दिनको अनुभव सुनाउँदै कान्तिपुरलाई भने, 'गणकहरु नै जाति र थरमा स्पष्ट नरहेको पायौं । साथै धर्मको महलमा घरमूलीले जे मान्छ त्यही लेखिदिने गरेको पाइएको छ । धर्म व्यक्तिगत भएकाले घरमूलीले जे लेखायो त्यही नहुन सक्छ ।' किरात जातिभित्रका राई, लिम्बू, याक्खा र सुनुवार (कोइँच)ले धर्मको महलमा 'किराँत' उल्लेख गर्दै आएका छन् । मातृभाषाको महलमा राई समूहका २४ भन्दा बढी भाषाहरू र दोस्रो भाषाको महलमा राईभित्रकै भाषा लेख्न भनेका छन् । किरात सुनुवार (जसलाई मुखिया भनेर पनि चिनिन्छ) जातिलाई कतिपय अवस्थामा दलित (सुनार) समेत भन्ने गरिएकोले यो जातिमा पीडा थपिएको छ । त्यसैले अबको राष्ट्रिय जनगणनामा सुनुवारले आफूलाई 'कोइँच' भनेर स्थापित गर्न चाहेको सुनुवार सेवा समाजका अध्यक्ष मनप्रसाद सुनुवारले बताए । त्यसैगरी नेपाल तामाङ घेदुङले जातिमा तामाङ, मातृभाषा तामाङ दोस्रो भाषामा जनजातिको कुनै एक भाषा र धर्ममा बौद्ध लेख्न आह्वान गरेको घेदुङका सचिव प्रतिक तामाङले बताए । नेपाल मगर संघले जातिमा मगर, मातृभाषा मगर -तीन किसिमका छन् (ढुट, काइके र खाम), दोस्रो भाषा जनजातिकै भाषा र धर्ममा बौद्ध लेखाउन आह्वान गरेको महासचिव बसन्त घर्तीमगरले बताए । तमु ह्युल छोंजधी (गुरुङ राष्ट्रिय परिषद)ले जातिमा गुरुङ (तमु), मातृभाषा गुरुङ (तमु), दोस्रो भाषा मगर जनजाति र धर्म बौद्ध/बोन लेख्न आव्हान गरेको परिषदका महासचिव रेशम गुरुङले जनाए । नेवाः देय दबूले जातिमा नेवार, नेपालभाषा (नेवार), दोस्रो भाषा छिमेकको भाषा र धर्म हिन्दु वा बौद्ध लेखाउने भनेको छ । धर्म व्यक्तिको इच्छाअनुसार हुने भएपनि आदिवासीय पहिचान जोगाउनका निम्ति परम्रादेखिको भाषा र धर्म लेखाउनु परेको अधिकारकर्मीको दावी छ । भाषाशास्त्री प्राध्यापक योगेन्द्र यादव मातृभाषापछि समुदायमा बढी बोलिने भाषालाई दोस्रो भाषा उल्लेख गर्न सकिने बताउँछन् । 'दोस्रो भाषा व्यापक सञ्चारका लागि प्रयोग गर्छौं', देश संघीय संरचनामा जाँदा सम्पर्क भाषाका रुपमा जनगणनाको लगतमा उल्लेख दोस्रो भाषा हुनसक्ने उल्लेख गर्दै भन्छन्- 'त्यसैले व्यापक सञ्चारको भाषालाई दोस्रो भाषा लेखाउन उपयुक्त हुन्छ ।' तथ्याङ्क विभागका उपमहानिर्देशक विकास विष्टका अनुसार सबैभन्दा बढी बोलिने भाषालाई दोस्रो भाषा र व्यक्तिले दिएको विवरणअनुसार थर, धर्म उल्लेख गरिनेछ । प्रकाशित मिति: २०६८ अषाढ ४ ०५:३० Last edited: 18-Jun-11 10:58 AM Source: EKANTIPUR.COM Raj Sharma Banjara Dhapakhel Lalitpur Jun 18, 2011, 7:28 pm नेपाली भाषा र हिन्दु धर्म प्रति तस्तो बित्रिसना भय सामाजिक ठाउमा, तिमि हरुको भासन मा पनि नेपाली नबोल, आफ्नो सम्मान खोज्ने अरु लाई सम्मान गर्न सक्नु पर्छ ,तिमीहरु नेपाली नबोली यक दिन होइन यक पल पनि सक्दैनौ बस्न, राजनीतिक नाटक को लागि मात्र खुब नारा हुन् यी सबै....जय नेपाल, जय नेपाली भासी... Tek Bhandari Lalitpur Jun 18, 2011, 7:05 pm जन संख्या लिन आउनेहरुले नसोधी अन्दाजको भरमा लेखि दिदा सहि विबरण आउछ र ? Bishnu Panta Tanahun Jun 18, 2011, 6:22 pm सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु - धर्म बेक्तिको सो-बिबेकमा भरपर्ने हुँदा कुनै समस्या भएन तर भाषामा कुनै पनि छुल्याई-फट्याई नगरी आफुले बोल्न जान्ने, पढ्न जान्ने अनि लेख्न जान्ने भाषालाइ नै मात्री भाषा र दोस्रो भाषाको रुपमा इस्पस्ट बताउनु होला | कुनै पनि भाषा जाति बिशेस, समुदाय बिशेस वा धर्म बिशेस भन्ने कुरा हुदैन | धन्यवाद | <div class="i
NALAPANI · Jun 18, 2011 10:56 AM · 15,877 views
Choosing Buddhism over Hinduism does not make one an indegenous. Buddhism also flourished and expanded from India. Let's put religion aside. I do not see any cause to hate Nepali language. Everybody should respect his/her own mother tongue, but if they have some kind of honesty 2nd language should be Nepali, language understood by everyone. But they are in the league to topple Nepali language. As someone said in his comment, if they hate nepali language then do not dare speaking Nepali language in their bhasan and in public. Lord save my Nepal. Last edited: 18-Jun-11 11:10 AM Last edited: 18-Jun-11 11:12 AM
NALAPANI · Jun 18, 2011 11:07 AM
The fact is second language is the language which they use most after their mother tnogue. If they listed different language as second language they will be cheating themsleves I hope ppl dont want to cheat themsleves. Secondly, if Nepali language turn out to be "not mostly spoken second language" then those ppl who use to cry saying Nepali language was imposed on them will lose. If ppl from Terai listed their real mother toungue as their mother tounge and second most spoken language as Nepali language which is about 60 % true my guess) then nepali language is the most spoken language in Nepal and and most spoken second langauge too. let us see the result राष्ट्रिय जनगणनाका समस्या रामबहादुर बुढा प्रत्येक दश वर्षमा लिइने राष्ट्रिय जनगणना यस वर्ष नेपालभरी यही असार ३ देखि १३ गतेसम्म लिइँदै छ । यो एघारौं राष्ट्रिय जनगणना हो । राष्ट्रिय जनगणनाका विषयमा दिनदिनैजसो सञ्चार माध्यमबाट समाचार सम्प्रेषित भएका छन् । विभिन्न जातीय समूह र धार्मिक समूह तथा विभिन्न सङ्घ-सङ्गठनहरूले राष्ट्रिय जनगणना प्रति चासो र क्रियाशीलता बढाएका छन् । यही सन्र्दभमा अखिल नेपाल जनजाति सम्मेलनले अध्यक्ष निमबहादुर बुढाथोकीको नेतृत्वमा गत जेठ १८ गते स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा नौबुँदे ज्ञापनपत्र बुझाइ राष्ट्रिय जनगणनालाई व्यवस्थित, प्रभावकारी र तथ्यगत बनाउन सरकारको ध्यान आकषिर्त गरेको थियो । एघारौं राष्ट्रिय जनगणनाले विभिन्न जातीय समूहहरू, आदिवासी, जनजाति, धार्मिक समूहहरूको तथ्याङ्क पनि प्रकाशमा ल्याउनेछ । नेपालमा आदिवासी र जनजाति भनेको एउटै कुरा हो भनेर ठूलो भ्रम सिर्जना गरिएको छ । यस्तो भ्रम सरकार र विभिन्न जनजाति सङ्गठन तथा 'बुद्धिजीवीहरू' बाट सिर्जना गर्ने काम भएको छ । केही समयदेखि क्षेत्री, बाहुनहरूको ठूलै हिस्साले आफूलाई आदिवासीमा सूचीकृत नगरी अन्य समुदायमा राखेको भन्दै आक्रोश व्यक्त गर्दै आएको छ । कतिपय क्षेत्री, बाहुनहरूले त आदिवासी मात्र नभई जनजाति समेत आफूलाई दाबी गर्ने गरेका छन् । आदिवासीको अर्थ, 'सुरुदेखि बसेको' भन्ने हुन्छ । त्यसरी आदिवासी शब्द समय र इतिहाससँग जोडिएको छ । राज्यबाट पछाडि परेका/पारिएका, राज्यको मूल प्रवाहमा आउन नसकेका र बेग्लै भाषा, संस्कृति, परम्परा बोकेका मानव समूहहरू जनजाति हुन् । त्यसरी जनजाति शब्दले कुनै पनि मानव समूहको सामाजिक स्तरलाई अभिव्यक्त गर्दछ । आदिवासी र जनजातिको विवादलाई समाधान गर्न ऐतिहासिक तथ्यका आधारमा आदिवासी र मानव विकास सूचकांकका आधारमा जनजातिको राज्यले बेग्लाबेग्लै सूची तयार गर्नुपर्छ । त्यसो गर्दा कैयौं समुदाय आदिवासी र जनजाति दुवै ठहरिने छन् भने कैयौं एकातर्फ मात्र सूचीकृत हुनेछन् । त्यसले सरकारलाई नीति तथा कार्यक्रम तय गर्न सजिलो हुनेछ । थरका पछाडि आˆनो जातीय समूहको पहिचान खुलाउनुपर्छ भनेर प्रचारप्रसार भएको छ । यो राम्रै कुरा हो । थापा, बुढाथोकी, खड्का, घर्ती, जस्ता मगर समुदायको थर क्षेत्रीहरूसित पनि मिल्दछ । मगरको राना थर थारु समुदायको राना थरसँग मिल्दछ । घिसिङ्ग, लामा, जस्ता गुरुङका थरहरू तामाङसित पनि मिल्दछन् । त्यसैले राष्ट्रिय जनगणनामा आˆनो थरका पछाडि मगर, गुरुङ, थारु, तामाङ, राई, लिम्बु जस्ता जातीय पहिचान खुलाउनु उपयुक्त हुनेछ । विगतमा धर्म बताउन नजान्ने व्यक्तिलाई 'हिन्दू' को रूपमा गणना गरियो भनेर सरकारको आलोचना हुँदै आएको छ । धर्म भन्न नसक्नेहरूलाई पूजाआजा र धार्मिक अनुष्ठानका आधारमा उनीहरूको धार्मिक समूह स्पष्ट गरिनुपर्दछ । कतिपय जातीय सङ्गठनहरूले निश्चित जातीय समूहमा जन्मिएकै कारण उसले राष्ट्रिय जनगणनामा निश्चित धर्म लेखाउन पर्छ भनेर प्रचार गर्ने गरेका छन् । उदाहरणका निम्ति मगर बौद्ध सेवा समितिले सबै मगरहरूले -मगर भाषा बोल्न नजान्नेले समेत) राष्ट्रिय जनगणनामा मातृभाषाको महलमा 'मगर' नै राख्न प्रचार-प्रसारमा जुटेको छ । धर्म व्यक्तिगत स्वतन्त्रताको कुरा हो । गुरुङ, मगर र तामाङ समुदायमा जन्मिएका कारण बौद्ध, राई भएकाले किराँत, क्षेत्री, ब्राहृमण र दलित समुदायमा जन्मिएकै कारण हिन्दू धर्म राष्ट्रिय जनगणनामा लेखाउनुपर्छ भन्ने हो भने धर्म निरपेक्ष राज्यको वकालत गर्नुको के अर्थ रहृयो र ? विश्वका कैयौं मुलुकमा धर्म निरपेक्ष वा अनिस्वरवादीहरूको पनि तथ्याङ्क लिने गरिन्छ । नेपालमा अहिलेसम्म त्यसो गरिएको छैन । राष्ट्रिय जनगणनाबाट त्यस प्रकारको तथ्याङ्क पनि आउन जरुरी छ । आˆनो धार्मिक समूहलाई ठूलो र धेरै देखाउन गरिने जुनसुकै अवाञ्छित क्रियाकलापलाई सचेत जनसमूहले निरुत्साहित गर्नुपर्छ । विभिन्न जनजाति सङ्गठनहरूले आˆनो जातीय समूहको भाषा बोल्न नजाने पनि राष्ट्रिय जनगणनामा मातृभाषाको महलमा आˆनै जातिको मातृभाषा लेखाउनुपर्छ भनेर प्रचार गरेका छन् । आˆनो जातिको भाषा बोल्न नजान्नेले पनि मातृभाषाको महलमा आˆनो जातिको मातृभाषा उल्लेख गर्दा कुनै खास जातिहरूको मातृभाषाको जनसङ्ख्या ठूलो त देखाउन सकिएला तर त्यसले आगामी दिनमा राज्यले मातृभाषासम्बन्धी नीति, कार्यक्रम तय गर्न अप्ठ्यारो पार्नेछ । मैथिली, भोजपुरी, अवधि र कैयौं आदिवासी तथा जनजातिहरूको स्थानीय मातृभाषालाई समेत ओझेलमा पार्ने गरी मधेशवादी दलहरूले तराईं मधेशमा राष्ट्रिय जनगणनामा हिन्दी मातृभाषा लेखाउन गरेको दुष्प्रयासका समाचार पनि आएका छन् । मातृभाषासम्बन्धी गलत तथ्याङ्क सङ्कलन गर्न प्रोत्साहन वा दबाब दिने सबै क्रियाकलाप बन्द गरिनुपर्दछ र सही तथ्याङ्क सङ्कलन गर्ने वातावरण सिर्जना गरिनु पर्दछ । गणकहरूले सजिलैसँग सही तथ्याङ्क लिन र जनताले गणकहरूलाई सजिलै उत्तर दिन जुन क्षेत्रमा जुन मातृभाषीहरूको बाहुल्य छ सोही मातृभाषी गणक पठाउनु उपयुक्त हुनेछ । राष्ट्रिय जनगणनामा कुनै पनि नेपाली नछुटुन् र विदेशीहरू नेपालीको रूपमा गणना नहोउन् भन्नेतर्फ सबैको ध्यान जानुपर्दछ । शान्तिपूर्ण र स्वतन्त्रतापूर्वक जनगणना लिने र दिने वातावरण सरकारले तयार गर्नुपर्दछ । -लेखक अखिल नेपाल जनजाति सम्मेलनका महासचिव हुनुहुन्छ) source:http://www.gorkhapatra.org.np/...
_____ · Jun 18, 2011 5:02 PM
Hamro aafno pahichan janaune sabia kura haru ek ek gardai namet garindai chha/ pahila nepali samaj ma raheko social harmony nasta gariyo, hamro itihas metiyo aba taro bhaeko chha Nepali bhasa.
NALAPANI · Jun 18, 2011 6:09 PM
यो सप्पै मुजी प्रचन्डे खातेचोर् को करामत् हो । अनी हाम्रा जनजाती दाजु-भाइ हरु पनि किन यस्तो जाली भएका होलन ? अब मगर भाषा बोल्न जान्ने मगर कती होलन अनी ति मध्ये कती जना गुरुङ बोल्न जान्ने होलन ? खै नेपाल को राजनीति पनि बुझेर बुझ्न नसकिने भो । अब चै पक्कै ईन्डिया ले चाहे जस्तो हिन्दी नै राष्ट्र भाषा होला जस्तो छ् ।
degulama · Jun 18, 2011 6:50 PM
You are right degu bro. Nepal bhanne desh nai narahala jasto chha yestai ugra jatiyabaad le garda. Aba huda huda chhetri haru le pani dharma ma Hindu nalekhne re. haina ke huna aateko nepali lai?
NALAPANI · Jun 18, 2011 7:45 PM
De gulama bro nice nick u got myan, looks like nalapani Dai completely missed it
Fat beast · Jun 19, 2011 10:14 AM
2046 saal ko aandolan taaka...Degulama lai police le samatechan re...ani naam ke ho bhani sodha..." Degu Lama...pranjatantra jindabaad" bhanecha.....police ko pali..gula nai gulama dantha le hanera bizok garidiyecha re....tyo sunera Degu lama ko dai uslai chutauna gayecha ....naam ke ho bhan bhanera pehri sodhecha police le.....degu ko dai le " mero naam Hangu Lama ho bhanecha....Hangu ko pani Degu ko jastai haal banayecha re police le....... My Degu Lama ....Hangu Lama joke......he he...In our college days i had a Lama roomate, one of my best friend till now....i use to call him Hangu and it took him some time to understand what it meant. Last edited: 19-Jun-11 10:28 AM
sidster · Jun 19, 2011 10:27 AM
Only serious comment guys !!! I know what degu's username means.
NALAPANI · Jun 19, 2011 11:29 AM
The answer to your thread is " The Path of Self-Destruction".
shantipriya · Jun 19, 2011 12:15 PM
.
time_pass · Jun 19, 2011 1:06 PM
नेपाली भनेको चौकिदर बस्ने जात हो । तेसैले कुकुर्लाई घिउ नपचे जस्तो नेपाली लाई आफ्नो देश, आफ्नो ईतिहास, भाषा, नपचेको हो । नेपाली बहादुर नै ठीक छ् । हरेक कुरा मा घिनलाग्दो राजनीति गर्नु पर्ने तोर्पे हरुलाई । नेपाल म अझै २० लाख जती मान्छे मारे पछी मात्र ठीक हुन्छ । HATE BEGETS HATE!
GorkheCowboy · Jun 19, 2011 9:58 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion