मानिसको दिसाबाट कृत्रिम मासु

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

खाद्यन्न संकट अहिले विश्व समूदायकै ठुलो चुनौती बनेको छ । बढ्दो जनसंख्या, मरुभूमिकरण र कृषि उत्पादनमा आएको ह्रासका कारण भोगमरीबाट ग्रसित हुने मानिसहरुको संख्या दिनानुदिन थपिदै छ । यसै परिप्रेक्ष्यमा खाद्यन्य उत्पादन र सुरक्षा विभिन्न देशका सरकारको उच्च चासोको विषय बनेको छ । खाद्यन्न समस्याको यस्तो विकराल परिस्थितीमा एक जापानी अनुसन्धानकर्ताले मानिसको दिसाबाट कृत्रिम मासु उत्पादन गरी प्रसंसनिय काम गरेका छन् । मानिसको ट्वाइलेट खेतीपाती तथा ग्याँस उत्पादनमा प्रयोग भएको त सुनेको, देखेकै हो । तर यस्तो घिनलाग्दो बस्तुबाट पनि खान योग्य चिज बनेको चाहि सायद विश्वमै पहिलो घटना हो । जापानमा ढलले लतपतिएको माटोमा उल्लेख्य मात्रामा पाइने प्रोटिनलाई प्रोसेसिङ गरी कृत्रिम मासु बनाइएको ओकायामा प्रयोगशालाका बैज्ञानिकले बताए । माटोमा रहेको ब्याक्टेरियाहरुमध्ये धेरै मानिसको दिसाबाट आउने उनले प्रष्ट पारे । उत्पादनका क्रममा ब्याक्टेरियाहरुलाई अधिकतम ताप दिइने हुदा स्वास्थ्यलाई नकरात्मक असर नगर्ने र यसको स्वाद गाइको मासु खाएजस्तो हुने उनले थपे । रातो फुड कलरले कृतिम मासुलाई प्राकृतिक रङ्ग दिएको छ । पौष्टिक तत्वको हिसाबले उक्त मासुमा ६३ प्रतिसत प्रोटिन, २५ प्रतिसत कार्बोहाइड्रेड, ९ प्रतिसत मिनरल र ३ प्रतिसत लिपिड रहेको दाबी गरिएको छ । यो कृत्रिम मासु खाद्यन्न संकटको राम्रो सामाधान हुने धेरैले अनुमान गरेका छन् । तर दुर्गन्धित दिसाजस्तो वस्तुबाट बनेको उत्पादन कतिले उपभोग गर्ने हुन्, यसमा भने शङ्का नै छ । http://www.onlinekhabar.com/20... "सिट बर्गर्" रे नाम पनि । एस्तो खाते "रिसर्च्" लाई नि मान्यता दिने कस्तो खाते हरु हुन ।

momoo · Jun 17, 2011 1:51 PM · 3,502 views

3 Replies

yesto masu chai..hamro desh ko neta haru haru lai khana dinu parla..lol

catch_meh_if_u_can · Jun 17, 2011 5:42 PM

 mac donalds aba flop hune bho haina ta...hahaha

jantare1 · Jun 17, 2011 10:01 PM

Thats why US bombed japan back in world war 2. Coz they were almost 'bout to lunch this shit burger restaurant which would be big threat for american fastfood chain.

cajunboy · Jun 18, 2011 9:36 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all