आमा र स्वभिमान "कथा"

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

                                                                                                सागरशर्मा  "बिदा"                                                                                                                     क्षणिक उत्तेजना ले मलाई आमा बनाएको थिएन्, मैले आफ्नो कर्तब्य मात्र सम्झेर नारी प्रती को उत्तरदाहित्व मात्र निभाएकी पनि होईन, न त आँफु बलत्कार को सिकार भएर आँफुलाई घ्रणित सम्झिएर तिमीलाई गर्भ मा पालेकी थिंए। जन्मदै नारी हुनु को अर्को रहर म मा थियो जो सबै नारी मा हुने गर्दछ सानैउमेर देखिको रहर तिम्रो बाबु रमेरो बिहे पश्चात फेरी मेरो मनमा एउटा आशलाग्दो इच्छाक्षण-क्षण उर्लिन थाल्यो,त्यो मेरो जिबन भरी कै यौटा चाहना थियो।          निर्दोश बालक को अनुहारु हेंरु, आफ्नो सन्तान हुनु को मज्जा चाखुं नाना भाँती रहरहरुअनेक थिए, न त म मा छोरा को मात्र ईच्छा थियो न त म मा छोरी को मात्रै चाहना,छोरा होस वा छोरी कहिल्यै मैले फरक दृश्टी ले हेरिन आंफुलाई ठुलो सपना देखाएर आंफुलाईनै छल्ने प्रायास मैले कदापी गरेकी छैन, मेरा सन्तान को खुशी नै मेरो खुशी सम्झिरहें मैले कहिल्यै तिमीलाई आफ्नो काखमा राखेर दुध मात्र चुसाएकी छु जस्तो लाग्दैन,तिमीलाई मैले मेरा सारा छाती चुसाएकी छु मेरा रगत का प्रतेक कण-कण तिमीमा बहाएकी छु,नौ महिना गर्भमा राखेर मात्र मैले मेरो कर्तब्य पुरा गरेको छैन, म मा तिमी सँग पल गुजार्नु का छुट्टै क्षणहरु छन तिम्रा मल मुत्रमा खेलेर आंफुलाई भाज्ञमानी सम्झिएकी छु। तिम्रो सेवा गर्नु नै मेरो जिबन भरीका ईच्छा अनि आकाँक्षाहरु थिए, मैले मेरा सारा दु:ख हरुलाई पार लगाएर यिनै यिनै खुशी हरुमा रमाएकी छु। म तिमीलाई जन्मदिएर मात्र आमा भएकी होईन, म तिमीहरुलाई कर्म दिएर मात्र आमा भएकी होईन,म तिम्रा प्रतेक खुशिहरुका निम्ती आमा भएकी हुँ।           तिमी उमेरले जती नै अघी बढ मेरा तिम्रा दुरिहरुमा जती नै टाढा जाउ तिमी मेरा निम्ती अझैपनी अबोध छौ। मेरा निम्ती तिमी जती नै गल्ती गर निर्दोशनै छौ।तिम्रा आँखा मा रसाउने एक थोपा आँशु मेरा लागी समुन्द्र लाग्छ,तिम्रो सानो दुखित अनुहारले मेरो पहाड जस्तो अटल मन भासिएर चकनआचुर हुन्छ। सन्तानका निम्ती म मेरो बलिदानमा एक कदम पछाडी हटने छैन,मैले आफुले आफैलाई कंयौ पटक मारेर जिबित पाएकी छु, बंचाएकी छु तिम्रो जन्म पनि मेरो निम्ती त्यती सजिलो थिएन त्यती सहज थिएन एक पल आफुलाई मारेर सन्तान को निम्तीहर्शित आँशुहरु आँखा मा टप्किदां पिडा ले सहन नसकी बेहोसी हुँदा तिम्रो जन्म को खुशिले म रन्थनिएकी थिंए।मैले कुनै पिडा महशुस गरिन तिम्रो सेवालाई धर्म सम्झे तिम्रो सेवालाई कर्म सम्झे यिनै खुशिले बिर्शाएका पिडा सँग तिम्रा पालन पोशणमा मैले मेरा सारा यौबन अनि सारा जिबन गुजांरे तिम्रा इशारा मा घुम्नुको मज्जा ले मलाई सारा दु:ख बिर्शाइदियो अझैपनीतिम्रा छिप्पिएका अनुहार किन नहुन्,सन्तान लाई चुम्नुको अर्को मज्जाले मलाई हर्शित बनाईरहयो। भानु आफुलाई सजिलो र सहज सम्झ, म यसैमा खुशी हुने छु, छोरा मलाई दुखित नतुल्याउ तिमीले नकमाउनुको पिडा म मा कत्ती छैन्, पिडा त त्यो थियो तिमी मेरो साथ मा थिएनौं अनि पिडा यो छ तिमी निर्बल र कमजोर देखियौ, पिडा यस्मा छ तिमीले आत्मबल गिराएर मेरो सामु एक थोपा आँशु झार्यौ, म आमा हुँ यि सबै कुरा देख्ने म मा सामर्थ छैन। भानु आफुलाई सङ्हाल्न खोज्छ आमा बेदना मा बगिरहदां झन झन आमा प्रतिको माँया अनि आफुले निभाउन नस्केको निर्बाहा ले होला क्षिण र कमजोर बनेर मौन छ। छेउमा बसेका बाबा चुपचाप आमा छोरा का भलाकुसारी सुनी सुनी रहन्छन, रात लम्बिदै गयो सारा गाँउ चकमन्न अध्यरो मा परिणत भयो, मेरी आमा कस्ती महान आमा जो आमा मा छोराको कमाईको कुनै लोभ छैन मेरी आमा कस्ती आमा यत्रो लाठे भाई सक्दा पनि अबोध छस भन्न सक्ने उ झन भित्र भित्रै आमा का कुरा ले गल्नु गल्यो हुन त हामी मध्यम बर्गिए परिवारका मान्छे हामिमा स्वभिमान बाहेक कुनै सम्पती त छैन हामी कस्तो स्वबिमानसँग जिबन गुजारा गर्ने सक्ने मान्छेसुनी रहन्छन।               छ साल मकाउ बसेर खाली हात फर्किदा को पिडा एकातिर, आमाको माया र स्नेह ले पग्लिएको पल अर्कोतिर, उता बाबा का कुरा, छोरा देश मा कत्रो परिवर्तन आयो नयाँ नेपाल का नयाँनौला कुरा लाखौको बलिदानले जन्माएको प्रजा-तन्त्रले त निर्दोश सिधा-साधा जनतालाई बाहेक अरुहरुलाई निशाना बनाउदैन हामी त रांणा कालका मान्छे, कती स्वभिमान भएर बांच्यौ होला बाजे को जिबन भरी को कमाई मलाई पन्डितकै घर मा राखेर पढाउन मा खर्चिनु भो आफ्नै बलिभुतो र मेहनेत ले एउटा खर्दार को नोकारी लगाई दिनु भो मेरो जागिर को श्री गणेश र बाबाको ईतिश्री एकै समयमा भो बाबाको देहबसान पछाडी दुई -चार साल मा नै जागिर बाट हात धुनु पर्‍यो देशका ठुलाभैखाने हरु औठाछाप र चम्चाहरुको चँगुल बाट म पनि जोगिन सकिन आखिर म पनि त सिधा साधा नागरिकमा नै पर्छु, छलछाम गरे राजिनमा दिनु बेगरम मा कुनै उपाए बचेन तत पश्चात न त म यो देशको कुनै पदमा जागिर खाँए न त कुनै उधोग धन्दा नै सामान्य खेती किसान ले नै तिम्रा आबश्यक मा कमी हुन दिइन एक पटक फेरी जागिर खाने दाउ नचलेको पनि होईन पुलिश को लागि भर्ती खुलेको थियो हिड्न के लागेको थिंए तिम्री आमाले जान दिइनन अब भो जगिर को रहर नगर्नु, निर्दोश नागरिक लाई नकुटिकन पुलिस हुनु गार्हो छ, निमुखा लाई नठगी सिधासाधा नागरिक लाई सडयन्त्र मा नपारी छलछाम नगरि यो देश मा सरकारी जगिर खान सकिदैन जगिर को लागी पढनु पर्ने सबैभन्दा पहिले पाठ राजनिती भएको हाम्रो देश योग्यता भन्दा गुट मा बिस्वास गर्ने हाम्रो देश को संयन्त्र .....तिम्री आमा का यिनै कुरा ले मन मा चिसो पस्यो, अ-ह म बाट निर्दोश कुटने र अनाथ ठग्ने काम हुन सक्दैन त्यसै अनुरुप मैले पुन जगिर खान सकिन त्यस पछाडी म पनि स्वभिमान भएर बाचेको छु, छोरा अब तिमी पनि स्वभिमान को लडाई लडनु पर्छ न तिमी लाई बिदेश को पैशा ले स्वर्ग दिन्छ न त नेपालको जागिर ले शान्ति दिन्छ न त हाम्रा सरकारी निती नियमले सुख दिन्छ। यो धनी र गरीब को सिमा नभएको देश्, आकाश र जमिन मा बस्ने हरु को देश्, देशको कानुन कम्जोर चिम्टा भएको देश्, हल्कालाई उचालेर पोल्ने भारिलेचिम्टा भाचेर हिडने यो चिम्टा समाउने नेता भएको देश। बाबाका कुरा ले भानुलाई एउटा जोश जागंर का साथ बिहान उठने हौसला दिन्छ अब भानु स्वभिमान को लडाई शुरु गर्छ।                                                                                                        समाप्त                              

GORE · Jun 14, 2011 3:22 AM · 18,109 views

3 Replies

 राम्रो लघुकथा रहेछ! अरु पनि पढ्न पाउँ है गोरेजी!

Birkhe_Maila · Jun 14, 2011 9:18 AM

 आहा आमा को बात्सल्य बाबु को स्वाभिमान गजप सँग पस्किनु भाको छ्।  अरु पनि राख्दै गर्नु होला गोरेजी

बिस्टे · Jun 14, 2011 9:55 AM

Nice one :)

serial · Jun 14, 2011 2:38 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all