दैनिकी

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

 दैनिकी    दर्शन नै किन गर्न पर्‍यो र प्रभात को  डर लाग्न थालेको छ आशाका किरणहरु देखि  आशा पछिका निराशाहरु देखी   अर्ध निन्द्रामा कर्मभूमी पुग्दा  लडाईंको मैदान को अनुभुती हुन्छ  कामका चापहरु देखि  चापमा अस्त्यब्यस्त मानसिकता देखि    भोक र तिर्खाको संयोगको मध्यान्न भोजन र जीवन को अनौठो सम्बन्ध  बिरक्त लाग्छ बजारको चाल देखि  बिक्न नसकेको आफ्नै हाल देखि    "छुट्टी" भनेर रमाउन नपाउने साँझ भोलि के गर्ने तयारी गर्नुपर्छ घ्रिणा लाग्छ 'काम' शब्द देखि  अनी सम्झिन्छु रमाइला, बालककाल देखि    छिप्पिदो साझको अस्तित्वको लागि  सुर र सुराको साथ लिनै पर्छ  तिम्रो धोकाबाणी सुने देखि  उन्मुक्ती पाउन आफ्नै मुटुको रोदन देखि    को हुन्छ साथमा मध्य रातमा  थाहा हुन्न हात हुन्छ कस्को अँगालोमा  तिमिलाई भुल्ने चेस्टा गरेदेखी  सक्छौ भने माफ गरिदेउ भित्री ह्रिदयदेखी  जाउ धेरै टाढा म देखि  सपना देखि, बिपना देखि  मेरो मन मस्तिस्क देखि  रिस उठ्न थालेको छ तिम्रो तस्बिरको ह्रिदयभेदी मुस्कान देखि  मलाई अरु जलाउने कोसिस नगर  तर्सेर भाग मेरो बेहोसी देखि  रमाउ डल्लु तिमी आफ्नै संसार देखि  अनी सानु को जिउदो लासको नमुना देखि

DalluKoSanu · Jun 11, 2011 12:38 PM · 5,136 views

2 Replies

"छुट्टी" भनेर रमाउन नपाउने साँझ भोलि के गर्ने तयारी गर्नुपर्छ घ्रिणा लाग्छ 'काम' शब्द देखि अनी सम्झिन्छु रमाइला, बालककाल देखि काम को खोजि पनि एउटा फुल टाइम काम हो भन्थे .... राम्रो अति राम्रो शब्द चयन र भाव अनि मिठो बहाव डल्ले कता हराका छौ अचेल ... लेख न यस्तै हरफ हरु .... - थाहा छैन

ThahaChaena · Jul 10, 2014 8:22 AM

...... बिक्न नसकेको आफ्नै हाल देखि nice.

magorkhe1 · Jul 10, 2014 12:18 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all