कम्जोर ग्यास सिलिन्डर बम जस्तै हो पनि पड्किन सक्छ, घर घर मा बम पठाउने सुगम लाई त कारबाही भो, इनिहरु लाई के हुन्छ नि? कि कांग्रेस को भनेर केहि नहुने हो? फेरी इनिहरु लै कारबाही गर्दा संबिधान सभा भङ्ग हुने पो हो कि ? विदेश मा बसेका नेपाली हरुले नेपाल मा फोन गरेर येसबारे सरकार लाई धेर दस्बब दिनलगाउन पर्छ सत्यनारायणको तारा ग्यास डिपो सिलबन्दी कान्तिपुर संवाददाता काठमाडौ, जेष्ठ २४ - ललितपुर प्रहरीले मंगलबार सत्यनारायण ग्यास इन्डस्टि्रज प्रालि द्वारा उत्पादित तारा ग्यासको डिपोमा छापा मारी सिलबन्दी गरेको छ । प्रहरीले ललितपुरको सानागाउँ-४ स्थित लक्ष्मीप्रसाद महर्जनले सञ्चालन गरेको डिपो छापा मारी सिलबन्दी गरेको हो । 'हामीले बढी तौल भएका र धेरै कम्पनीका ग्यास सिलिन्डर भण्डारण गरेको उजुरीका आधारमा डिपो छापा मारी सिलबन्दी गरेका हौं,' ललितपुर प्रहरी प्रमुख विक्रमसिंह थापाले भने । उक्त इन्डस्टि्रजले उत्पादन गर्ने तारा ग्यासको डिपोमा बढी तौल भएका र धेरै कम्पनीका सिलिन्डर राखिएको सूचनाको आधारमा काठमाडौं गुणस्तर तथा नापतौल कार्यालयले मंगलबार अनुगमन गरेको थियो । 'तारा ग्यासको एउटा सिलिन्डरको तौल ७ सय ५० ग्राम बढी भेटियो,' काठमाडौं गुणस्तर तथा नापतौल कार्यालय प्रमुख रामआधार साहले भने, 'त्यसबाहेक १५ भन्दा बढी कम्पनीका करिब २५ सय सिलिन्डर फेला परेको छ ।' ग्यास व्यवसायीले बढी तौलका सिलिन्डर प्रयोग गरी उपभोक्तालाई कम ग्यास बेच्ने भएकाले गुणस्तर तथा नाप तौल कार्यालयमा सिलिन्डर परीक्षण गराउनुपर्छ । स्टान्डर्ड नापतौल ऐन, २०२५ र नियम २०२७ अनुसार ग्यास उद्योगीले हरेक वर्ष सिलिन्डर नापजाँच गराउनुपर्ने व्यवस्था गरेको साहको भनाइ छ । 'तर तारा ग्यासले उक्त कानुन मिचेर सिलिन्डर प्रयोगमा ल्याएको थियो,' उनले भने । कार्यालय प्रमुख साहले डिपोमा अन्य कम्पनीका करिब २ हजार ५ सय सिलिन्डर भण्डारण गर्नुको उद्देश्य खुल्न नसकेको बताए । यसअघि सुनसरीको खनारमा सुगम ग्यासले २४ कम्पनीका करिब साढे १५ हजार सिलिन्डर भण्डारण गरी फुटरिङ फेरेर आफ्नो बनाइरहेको फेला परेको थियो । उक्त घटनाबारे छानबिन चलिरहेकै बेला तारा ग्यासको डिपोमा १५ भन्दा बढी कम्पनीका सिलिन्डर फेला परेका हुन् । नेपाल आयल निगमको विवरण अनुसार सुगम ग्यास र तारा ग्यास यसै वर्षदेखि बजारमा आएका हुन् । व्यवसायीहरू नयाँ ग्यास कम्पनीलाई सिलिन्डर संख्याभन्दा बढी ग्यास कोटा उपलब्ध गराउँदा त्यसलाई बेच्न अन्य कम्पनीको सिलिन्डरको फुटरिङ काटी आफ्नो बनाउने गरेको बताउँछन् । http://www.ekantipur.com/kanti... तारा ग्यासको डिपोमा २५ कम्पनीका अवैध सिलिन्डर कान्तिपुर संवाददाता काठमाडौ, जेष्ठ २५ - प्रशासनले मंगलबार सिलबन्दी गरेको ललितपुरको सानागाउँस्थित तारा ग्यासको डिपोबाट अवैध रूपमा संकलन गरिएका २ हजार ६९ खाली ग्यास सिलिन्डर बरामद भएको छ । करिब एक साताअघि मात्रै कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भई सञ्चालनमा आएको मोनिका सप्लायर्सबाट विभिन्न २५ कम्पनीका सिलिन्डर भेटिएका हुन् । सञ्चालनको छोटो अवधिमै त्यति धेरै संख्यामा अन्य कम्पनीका ग्यास संकलन गरिनुको उद्देश्य खुलेको छैन । ती सिलिन्डर भएको गोदाम उपभोक्ता अधिकारवादी र सञ्चारकर्मीको रोहवरमा वाणिज्य विभाग, गुणस्तर तथा नापतौल विभाग, स्थानीय प्रशासन, घरेलु कार्यालय लगायतका टोलीले निरीक्षण गरी पुनः सिलबन्दी गरिएको छ । सप्लायर्स धादिङस्थित सत्यनारायण ग्यास इन्डस्टि्रज प्रालिद्वारा उत्पादित तारा ग्यासको राजधानीको प्रमुख वितरक हो । निरीक्षणका क्रममा ताराका रित्ता ३८ सहित १ सय ८३ सिलिन्डर मात्र भेटिएको थियो । बाँकी २ हजार ६९ सिलिन्डर सगर, हिमाल, नेपाल, बाबालगायत २५ कम्पनीका छन् । ठूलो संख्यामा अन्य कम्पनीका सिलिन्डर संकलन गरेको बारे प्रारम्भिक प्रतिवेदन प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको जिल्ला प्रशासन कार्यालय ललितपुरका उपसचिव विष्णु पौडेलले बताए । प्रजिअ रत्नराज पाण्डेयले प्रारम्भिक अनुसन्धानका आधारमा गैरकानुनी कारोबारमा संलग्न र्फमलाई प्रचलित कानुनअनुसार कारबाही गरिने बताए । 'संलग्न अन्यको पनि खोजबिन गर्छौं,' उनले भने । मोनिका सप्लायर्स तारा ग्यास वितरण गर्न ३ लाखको पुँजीमा स्थापित डिपो हो । डिपोले स्थापनाको करिब एक सातामै ४० लाख रुपैयाँ बराबरको अन्य कम्पनीका सिलिन्डर संकलन गर्नु 'शंकास्पद' रहेको अनुगमनमा गएका एक अधिकृतले बताए । 'सबै गतिविधि हेर्दा ग्यास कम्पनीले डिपो खडा गरी अवैध ढंगले सिलिन्डर उठाएको देखिन्छ,' उनले भने, 'सामान्य लगानीमा सञ्चालित डिपोले ठूलो कारोबार गर्नु सम्भव छैन ।' डिपो निरीक्षण गर्न अनुगमनकर्ता जानुअघि नै सत्यनारायण ग्यास कम्पनीका सञ्चालकहरू डिपोमा पुगेका थिए । उनीहरूले डिपोले भाडामा अरूको सिलिन्डर राख्न दिएको बताउँँदै त्यसमा उद्योगको संलग्नता अस्वीकार गरेका छन् । सत्य नारायणका प्रबन्ध निर्देशक लक्ष्मीप्रसाद महर्जनले 'फुटरिङ काटेर आफ्नो बनाउने उद्देश्यले अन्य कम्पनीको सिलिन्डर नराखिएको' दाबी गरे । 'डिपोले गल्ती गरेको छ भने उसैलाई कारबाही हुनुपर्छ, हाम्रो संलग्नता छैन,' उनले भने । अनुगमनमा खटिएका अधिकारीहरूले भने ती सिलिन्डर फुटरिङ काट्ने उद्देश्यले संकलन गरिएको आशंका गरेका छन् । सम्झौता नगरिएका कम्पनीका सिलिन्डर राख्नु कानुन विपरीत छ । '२०६२ सालमा प्रकाशित राजपत्र अनुसार एउटा डिपोले एउटा मात्र कम्पनीको ग्यास कारोबार गर्न पाउँछ,' राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले भने, 'बिनाअनुमति अन्य कम्पनीको सिलिन्डर राख्नु कानुन विपरीत छ ।' अनुगमनमा गएका अधिकारीहरूका अनुसार अन्य कम्पनीको सिलिन्डर बिनाअनुमति राख्नु ग्यास विनियमावली, २०६५ विपरीत हो । श्रेष्ठसहित चार सञ्चालक रहेको सत्यनारायण ग्यास उद्योगले गत वैशाखदेखि तारा ग्यास बजारमा ल्याउन थालेको हो । झन्डै एक तिहाई सेयर रहेका अर्का सञ्चालक चन्द्र महर्जन ललितपुरका प्रभावशाली कांग्रेस नेता हुन् । संविधानसभाको निर्वाचनमा २ नम्बर क्षेत्रबाट माओवादीका राजकाजी महर्जनसँग झिनो मतले पराजित उनी ललितपुरका पूर्वसभापति तथा ललितपुर उपमहानगरपालिकाका पूर्व उपमेयर हुन् ।
_____ · Jun 10, 2011 12:11 PM · 1,490 views
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion