जे भने पनि पत्त्यउने कस्ता मुर्ख हरु

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

चार सय जनाको दश करोड भन्दा बढी ठगेको अभियोगमा पक्राउ (3 Votes)         कान्तिपुर संवाददाता ०   काठमाडौ, जेष्ठ २७ - दश करोड रुपैंया भन्दा बढि ठगि गरेको अभियोगमा प्रहरीले ‘युनिपा वाइ टु यू’ मार्केटिङका सञ्चालक डिल्लीराम शर्मा आचार्यलाई पक्राउ गरेको छ । आन्तरिक राजस्व बिभागबाट सुनचादीको कारोबार गर्ने प्रयोजनका लागि दर्ता भएको उक्त संस्थाले दश महिनामा दोब्बर पैसा फिर्ता गर्ने भन्दै ठगि गरेको अभियोगमा प्रहरीले आचार्यलाई सामाखुशीबाट पक्राउ गरेको हो । उनले माइतीघरस्थित कार्यालयमा चाडैं पैसा कमाउन सकिने भन्दै प्रवेस शुल्कको लागि ९ हजार ६ सय रुपैंया कम्पनीमा जम्मा गर्न लगाएर फिर्ता नदिएको अभियोग छ । यस्तै सोही कम्पनीको मातहतमा रहने गरि भिसारेब नामक कम्पनी खोलेर प्रतिफल बढि दिने भन्दै प्रवेस शुल्कका नाममा १४ हजार रुपैंया लिएर फिर्ता नदिएको आरोप लगाउँदै पिडीतहरुले प्रहरीमा उजुरी दिएपछि उनलाई पक्राउ गरिएको हो । ४ सय भन्दा बढिले आफुहरु ठगिएको भन्दै उजुरी दिएका छन् । http://www.ekantipur.com/np/20...  

_____ · Jun 9, 2011 3:34 PM · 1,396 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all