बर्षा

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

बर्षा मलाई पखाल मलाई शुद्द बनाऊ । क्षितिजमा इन्द्रेणी झै मलाई सजाऊ। बर्षा तिमी एकछिन झमझम बर्षीर्देऊ । बर्षीएको क्षणको त्यो मधुर संगीत सुनाऊ ।  दुई हात फिजाएर म पनि तिम्रो मुहानतिर हेर्नेछु । हेर,तिमी बर्षेको  खुशीयालीमा । रुखका पातहरु नाचिरहेका ! हेर, किसानले पूजा गरेर स्वागत गरेका ! आधिबेहरी,चट्याङको साहारा नलीई एक्लै आऊ । किनकी, किनकी चट्याङको गर्जनमा, चम्केका बिजुलिका झिल्काहरुमा, म तिमीलाई नियाल्न सक्दिन । र अस्तब्यस्त हुन्छु । डराउछु । प्यासीहरुले बर्षा आजलाई रोक्क नभनुन्जेल आऊ । सबैका दु:ख बुझेर आऊ । त्यसपछिको उघ्रिएको निलो अनी सफा आकाश पनि मलाई प्यारो लाग्छ ।           create date : Thursday,June 09 2011

Smriti44 · Jun 9, 2011 9:25 AM · 16,006 views

4 Replies

  चट्याङको गडगडाहट नभईदिऐ वर्षा गज्जपको हुन्थ्यो हगि? सकिएपछि खुलेको आकाश मात्र हैन मलाई त शुरु हुन बेलामा अलिकता बुंदहरुले गर्दा आऊने माटोको गन्ध पनि मिठो लाग्छ यो तिम्रो कविता जस्तै!

Birkhe_Maila · Jun 9, 2011 9:56 AM

nice nice.. word section 100% perfect. loved it. :)

ANS · Jun 9, 2011 10:24 AM

birkhe_maila:-हो नि माइला दा । तर चट्याङको गडगडाहट नभई बर्षा नै नहुने रै छ । शुरु हुने  बेलामा अलिकता बुंदहरुले गर्दा आऊने माटोको गन्ध  मिठो मात्र हैन मलाई त ति बुंदहरु धेरै भएको ठाउमा बनेका पानीका फोकाहरु हेर्न पनि मज्जा आउछ । ans:-Thank you very much for loving my Barsha.

Smriti44 · Jun 10, 2011 7:16 AM

गजब छ गजब सिमी नानी, ... यसै गरी अरु पनि बर्षाउँदै जाउ

Geology Tiger · Jun 10, 2011 10:23 AM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all