को को मात्र छैनन् देस बिगार्ने ? तर अरु जात लाई गाली गरेर आफ्नो जात लाई चोखो देखौना हामी खप्पिस छौ लौ पढ्नुस पूरै बस्तीमा चोरीको बिजुली (1 Vote) मकर श्रेष्ठ १ भक्तपुर, जेष्ठ २४ - विद्युत् महसुल नबुझाउने घरमा लाइन काट्न सोमबार चाँगुको खोरिया गाउँमा गएका कर्मचारीले चोरीको बिजुली प्रयोग गरेको भेटे । महिनांैसम्म बिजुलीको बिल नतिर्नुको कारण उनीहरूले थाहा मात्रै पाएनन्, गाउँभरि चोरीको बिजुली बल्छ भन्ने पत्तो पनि पाए । चाँगु-४ को खोरिया गाउँ र सँगै जोडिएको पाँच वडाको अर्को बस्तीमा पनि चोरीको बिजुली प्रयोग गरेको भेटे । 'महिनांैसम्म बिजुलीको बिल नतिर्ने घरको लाइन काट्न गएका थियौं,' असुरक्षाका कारण नाम बताउन नचाहने प्राधिकरणका एक कर्मचारीले भने- 'लाइन काट्न पोलमा चढेका थियांै, कालो तार राखेर चोरी गरेको भेटायांै ।' खोरिया गाउँ पूरै तामाङ बस्ती हो । महसुल नबुझाउने १३ घरको लाइन काट्दा ४० भन्दा बढी घरमा मिटर नराखी सर्भिस केबलबाट र हुकिङ गरेर चोरेको भेटिएको अनुगमनमा खटिएका कर्मचारीले जानकारी दिए । 'लाइन काट्न हामी थोरै कर्मचारी आएकाले अन्यत्र जान सकेनौं,' ती कर्मचारीले भने- 'बक्यौता नतिर्नेको घरमा लाइन काटेपछि त्यसबाट चोरी गर्ने धेरै घरमा पनि बत्तीको लाइन काटियो ।' प्राधिकरणले बक्यौता नतिर्नेको लाइन काट्न र चोरी नियन्त्रण गर्न अभियान थालेको छ । यसले भक्तपुरमा फागुनको तुलनामा विद्युत् चोरी कमी आएको देखाएको छ । फागुनमा ५४ प्रतिशत रहेकोमा वैशाखमा घटेर ४९ दशमलव ८२ प्रतिशतमा झरेको कर्मचारीले बताए । वैशाखमा ३९ लाख ७ हजार ३ सय ४१ युनिट खपत भएकोमा १९ लाख ६० हजार ६ सय ९५ युनिट मात्रै बिक्री भएको प्राधिकरणले जनाएको छ । दलका स्थानीय नेताहरूले विद्युत् चोरी गर्नेलाई कारबाही गर्नुपर्ने बताएका छन् । विद्युत् प्राधिकरणले चोरी नियन्त्रण गर्न नियमित अनुगमन गर्नुपर्ने जिल्लाका दलका प्रतिनिधिले सुझाव दिएका छन् । माओवादीका सहइन्चार्ज देवेन्द्र श्रेष्ठले प्राधिकरणले पुरानो प्रविधि हटाएर नयाँ जडान नगरेसम्म चोरी नियन्त्रण नहुने बताए । 'पुरानो प्रविधिकै कारण चोरी गर्न सजिलो बनाएको छ,' उनले भने- 'कसलाई चोर भन्ने ? चोरलाई चोर भन्न नपाउने अवस्था छ ।' प्राधिकरणका कर्मचारीले पाउने एक सय २० युनिट कटौती गर्नुपर्ने उनको सुझाव छ । कर्मचारीले पाउने बिजुली अन्यत्र बिक्री गर्ने उनले आरोप लगाए । कांग्रेसका सभापति गणेश चक्रधरले मिटर वितरणमा सहज नभएसम्म विद्युत् चोरी नियन्त्रण गर्न नसक्ने बताए । 'मिटर राख्न चाहनेलाई जडानको बेला पैसा माग्ने गर्छन् । ढिलासुस्ती गर्नुभएन,' उनले भने- 'त्यस्तै सचेतना जगाउनुपर्छ । प्राधिकरणका कर्मचारीले चोर्न सिकाउनु भएन ।' एमालेका अध्यक्ष राजेन्द्र राजथलाले प्राधिकरणका कर्मचारी जनताको सेवा गर्न तल्लीन हुनुपर्ने सुझाव दिए । 'पैसाको पछि दौडिनु भएन । अहिले कर्मचारीले बह्मलुट गरेका छन्,' उनले भने- 'चोरी गर्न नसक्ने तार राख्नुपर्‍यो । चोरी नियन्त्रणमा भक्तपुर नगरमा मिटर रिडिङ गर्न नसक्ने कुरा आएको छ । प्रशासनले सहयोग गर्नुपर्छ । प्राधिकरणले अनुगमन पटक्कै गरेको छैन ।' नेमकिपाका जिल्ला अध्यक्ष रमेश थापा श्रेष्ठले चुहावट रोक्न प्राधिकरणका कर्मचारीले चासो देखाउनुपर्ने बताए । नियन्त्रण गर्न अवरोध आए मात्रै दलको भूमिका रहने उनले जनाए । 'चोरी कम गर्ने हो भने मिटर वितरण सहज हुनुपर्छ । त्यस्तै चुहावट नियन्त्रण नियमित गर्नुपर्छ,' उनले भने- 'प्राधिकरणका कर्मचारीले चोर्न सिकाउनु भएन ।' त्यस्तै सर्वसाधारणले ८० रुपैयाँमा २० युनिट बाल्न पाइरहेकोमा बढाउनुपर्ने उनले बताए ।
_____ · Jun 7, 2011 4:04 PM · 12,023 views
Elite people making billions from corruptions and these are sharing something and trying to save some too.
Chandrika · Jun 7, 2011 4:13 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion