पूर्वअध्यक्ष श्रेष्ठमाथिको कारबाही अगाडि बढ्यो

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

पूर्वअध्यक्ष श्रेष्ठमाथिको कारबाही अगाडि बढ्यो (0 Votes)        मनोज बस्नेत ० काभ्रे, जेष्ठ २४ - फाइनान्सको रकम हिनामिना गरेको अभियोगमा आइतबार पक्राउ परेका सम्झना फाइनान्सका पूर्व अध्यक्ष श्यामबहादुर श्रेष्ठ माथि जिल्ला प्रहरी कार्यालयले कारबाही प्रक्रिया अगाडि बढाएको छ  । फाइनान्सको अध्यक्ष हुँदा २ करोड रुपौयाा हिनामिना गरेको अभियोग राष्ट्र बैंकले लगाएपछि कारबाहीबाट बच्नको लागि लुकीछिपी बसेका श्रेष्ठलाई केन्द्रीय अनुसन्धान व्यूरोको प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरेको थियो । व्यूरोले पक्राउ गरी आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय काभ्रेलाई सोमबार जिम्मा दिएपछि यहाँको प्रहरीले कारबाही प्रक्रिया अगाडी बढाएको हो । बनेपामा कन्द्रीय कार्यालय रहेको उक्त फाइनान्स २०५२ सालमा तत्कालिन अर्थमन्त्री भरतमोहन अधिकारीले उद्घाटन गरी काराबार सुरु गरेको थियो । भने  फाइनान्सले २०५३ सालमा भक्तपुरमा सम्पर्क कार्यालय खोलेको, २०५६ साल पुस १९ गते बाट ललितपुरको पाटनमा र २०५७ साउन १ गते काठमाडांैमा शाखा खोलि निक्षेप संकलन गदै आइरहेको थियो । 'बैंकिङ कसुरमा मुद्या दर्ता गरी कारबाही प्रक्रिया तिव्रताका साथ अगाडि बढाईरहेका छौ' अभियोगको अनुसन्धान अधिकृत समेत तोकिएका प्रहरी निरीक्षक अरुणकुमार सिंहले ईकान्तिपुरसँग भने, 'श्रेष्ठ माथि अनुसन्धान गरिरहेका छौं ।' नेपाल राष्ट्र बैंक वित्तिय तथा सुपरिवेक्षण विभागले २०६७ फागुण १३ गते फाइनान्स डुबाउनेहरुको कसुर सहितको फाइल प्रहरीलाई पठाएपछि जिल्ला प्रहरी कार्यालय काभ्रेले २०६७ चैत्र ३० गते राष्ट्र बैंकको अनुसन्धान अनुसार ६ जना माथि बैकिङ कसुरमा मुद्धा दर्ता गरि अभियोग लागेकाको खोजीमा लागेको थियो ।

_____ · Jun 7, 2011 3:59 PM · 1,043 views

Replies
No replies yet.

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all