चराको चीर चीर चिसो शिरेतोको शिरशिर कालो आकासमा बिहानीको किरणमा मुसुक्क हासी फुलेका कोपिला हावाको मन्दतामा कोपिला सँगै खेल्ने पात यसरी रमाउँछन् जसरी बशन्तसँग फुल रमाउँछन तब शब्दहरू तडपिन्छन केहि भन्न जसरी भँवरा, फुललाई चुम्न सपनाहरु सजिन्छन, अर्ध भिजेका आखाँहरुमा समय र परिस्थितिकले दिएका हरेक पलहरु साथमा कहिलेकाहिँ यसरी नै कबिताहरू कोरिन्छन जसरी यो एकान्तको शुन्यतामा, कसैको मिठो मुस्कान गुन्जिन्छन हजुर कहिलेकाहिँ यसरी नै कबिताहरू कोरिन्छन
mulmiz · Jun 6, 2011 7:58 PM · 5,673 views
haha good one :)
NepaliNetworks · Jun 6, 2011 8:06 PM
कबिता कोर्ने नै यसरी मुल्मी, कबिता हेर्ने नै यसरी मुल्मी कबिता बुझ्ने नै यसरी मुल्मी, जसरी मुल्मी ले कोरे कबिता त्यसरी नै आउछे मनकी कबिता ।
rahulvai · Jun 6, 2011 9:42 PM
धन्यवाद Serial, Smiriti, NepaliNetworks धन्यवाद ठुल्दै क्या रमाइलो उतर
Mulmiz · Jun 7, 2011 8:13 AM
Mulmiz Loved your first line. Almost Lekhnath-isque. Keep on keeping on
Stiffler · Jun 7, 2011 10:25 AM
येहे मुल्मी काजि मलाई कविता लेख्न किन आएन भनेको त, तेसैले पो रहेछ, म तेस्तो "फील" नै गर्न सक्दिन, समस्या तह्या पो रहेछ, राम्रो राम्रो नेपाली सब्द छान्न पर्यो भनेर एउटा नेपाली dictionary पनि किनेर लेराए, तर कविता फुरेको होइन अब जे होस् , मेरो लागि complicated भए पनि कविता राम्रै होला जस्तो लाग्छ
_____ · Jun 7, 2011 12:54 PM
हैन हाम्रो मुल्मी त धेरै भाबुक पो रेछ , ख्याल ख्याल गर्दै राम्रो कविता लेखेछ अरु पनि जावोस मुल्मी ब्रो
timi_mero_sathi · Jun 9, 2011 3:53 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion