श्रिंखला-१ रातको परिभाषा रातको अस्तित्व अनुसार हुन्छ । जव रात एक्लिन्छ तव रात कालो हुन्छ , जव रातले मिलन पाउँछ तव रात उज्यालो हुन्छ अनपेक्षित रुपमा ...आजको रात अलग्गै थियो परिभाषाको सिमाहरु भन्दा वाहिर थियो हो परिभाषामा सिमा हुन्छ त्यसैले त म यो रातलाई कुनै परिभाषा दिन चाहन्नथेँ मात्र भोग्न चाहन्थे , नियाल्न चाहन्थँउ अनि त्यहि रात काखी च्यापेर विहानीलाई धकेल्न चाहन्थे थोरै टाढा जहाँ सम्म मैले ढकेल्न सक्छु ...यो रातमा मिलन त थीयो तर बिछोडको संघारको मिलन थीयो । मैले कोकी संग बिदा माग्नु पर्ने दिन.... कोकी यो उसको वास्तविक नाम हैन , मैले राखिदिएको , उसको कोक सँगको लगाव देखेर । उसलाई आफ्नो नाम भन्दा मायाले बोलाउने नामहरु मन पर्थे । सामान्यतय मान्छेलाई आफ्नो नाम सँग बिशेष लगाव हुन्छ , उसलाई त्यस्तो थीएन ।र त उ पृथक थीई सामान्य मान्छे हरुको भीँडमा ।वाहिरी आवरणमा उ बिछट्टै राम्री थिइन , पातलो कपाल ,गोरो छाला ,चश्मा भित्रको गम्भिर आँखा , उ गम्भिर देखिन्थी ,सामान्यतय उसलाई मुस्काउन धेरै समय लाग्थ्यो , मैले धेरै कसरत गरे पछि मात्रै उ हाँस्थी ,उसको हाँसो औसत थियो । म उ मुस्काउँदा तारा उदाउँथे भन्न सक्दिन तर उसले म मा छोडेको छाप अनुसारले मेरो जीवनमा उज्यालो हुन्थ्यो उ मुस्काउँदा ।त्यसैले होला शायद त्यो औसत हाँसो मेरो लागि अनमोल थीयो र म त्यो औसत हाँसो उसको मुहारमा ल्याउन धेरै समय खर्चिन्थे !! उसले ढोका खोली , मलाई धेरै बेर हेरी !! "आज म भित्र छिर्न पाउन्न ?" मैले उसलाई जिस्क्याएँ उसले उत्तर फर्काइन ! उ खुशी छैन । उसले मलाई भोली विदा गर्नु पर्ने छ । त्यसपछी उसलाई थाहा छैन उसले मलाई भेट्छे भेट्दिन , मलाई पनि थाहा छैन म उसलाई भेट्छू भेट्दिन ।भुगोलका दुइ खण्डमा छुट्टिन आँटेका हामीलाई हाम्रो भविष्य थाहा छ ।छुट्टा छुट्टै भविष्य ,वर्तमान भन्दा पुर्णरुपमा पृथक !! त्यसैले त आजको रात अलग्गै थियो अनपेक्षित थीयो । ....................... ...................... ...................... ..................... ......................... .................. ..................... "कति सुत्छ यो क्लासमैँ , न्युफिक ले नेपालीलाई स्कोलरसिप नै दिन बन्द गरिदेला फेरी !" सरोजले अर्धनिन्द्रामा रहेको मलाई बिउँझायो ! "प्रेसर लो भएर होला !" मैले आफ्नो निन्द्राको एक्स्क्युज खोजेँ अनि प्रोफेसरलाई हेरेँ , उ अझै ग्लोवल वार्मिंग र क्लाइमेट चेन्ज मै व्यस्त थियो । " हुन्छ तेरो प्रेसर लो ...रात भरी धोकेर निन्द्रा लागेको भन न !!" चिसो लाग्यो बेलुका अलिकति खाएँ त के बिराएँ । मैले मन मनैँ सोचेँ !! मान्छे किन पिउने वानीलाई लिएर क्रिटिकल हुन्छन् सँधै ? सवैका लत भिन्दा भिन्दै हुन्छन् मैले अहिले सम्म कुनै पनि मान्छेलाई चलचित्रको असाध्यै शौकिन भएको वा ग्याजेट हरु प्रति आशक्त भएकोमा कसैले जिस्क्याएको सुनेको छैन त्यो उसको तारिफको विषय बन्छ तर मेरो पिउने लत !!!! " हैन पढाउन पनि त अल्छीलाग्दो ताल ले नै पढाउँदै छ नी !! उ त्यो केटीलाई हेर त त्यो पनि निदाइ राखेकी छे ! " "त्यो चाइनिज हो मुला , त्यसको आँखै त्यस्तै हो , जति खेर पनि निदाएजस्तो देखिन्छे !! इन्जिनियरहरलाई ल्याएर ग्लोवल वार्मींग , क्लाइमेट चेन्ज र सस्टेनिबिलिटी पढाउँदै छ , के काम हामीलाई त्यसको !!" "के गर्छस त बाबै , वाटर म्यानेजमेन्ट पढ्ने तेरै आइडिया हो , अव युरोप घुम्न पाको छु अरुको पैसामा भन त्यसैमा दंग पर !!" "स्सससससससससससस" म भन्दा पछिल्लो रो बाट कसैले मलाई कोट्याउँदै शान्त बस्न आग्रह गरी "सरी !" मैले पछि हेर्दै क्षमा मागेँ ।सामान्यतय हामी नेपाली को स्वर अरुको भन्दा चर्को नै हुन्छ । उसलाई वानी परेको छैन । एउटै क्लासमा न हो वानी पर्छे बिस्तारै मेरो चर्को स्वरको , अनि मेरा वकम्फुसे गफहरुको पनि !! "इट्स ओके !" उ थोरै मुस्काई । "क्या राम्रो हाँसी हेर त , म त मर्छु की क्या हो !" " तँलाई त दुई खुट्टा टेकेको देख्नै हुँदैन , मन परिहाल्छ , मन हो की भात को सितामा बस्ने झीँगा कहिले यता सरेको छ , कहिले उता सरेको छ ! गोरो छाला त देख्नै नहुने भो यसले !!" उसले फेरी मलाई कोट्याई ! "सरी अगेन !" मैले उसले भन्दा भन्दै फेरी हल्ला गर्नु नहुने थीयो तर मैले गरेँ ! "आइ एम फिलिंग स्लीपि टु , क्यान यु गाइज टक इन इंग्लिस सो द्याट आइ क्यान अन्डरस्ट्याण्ड एन्ड बि अ पार्ट अफ योर टक टु ??" (यस भन्दा तलका वाक्यांशहरु म नेपाली मा नै अनुवाद गर्दैछु......) म उ तिर फर्केर मुस्काएँ ! तिम्रै बारेमा गफ गर्दै थिएँ तिम्रो पहिलो मुस्कानले नै मेरो मुटु लग्यो भन्नु हो भने के भन्ली त्यसले !!! "म सुमन , नेपाल बाट !" मैले उ तिर हात बढाएँ "देउ , इन्डोनेसिया !" उसले हात मिलाई , हातको केटाले लाउने जस्तो स्पोर्ट्स घडीमा मैले करिव ३ बजेको देखेँ !! "तिम्रो घडी काम गर्दैन हो ??" "हैन इन्डोनेसीयाको टाइम हो , काँटा ठिक ठाउँमा छ , डिजिट मात्रै हो , इन्डोनेसियन !! तिम्रो आँखा तेजीलो रैछ !" " मेरो एउटा नराम्रो वानी छ , राम्री केटी देख्ने वित्तिकै अचानक मेरो आँखा तेजीलो हुन्छ !" फ्लर्टिंगको लागी मैले कक्षा लिनु पर्दैन , फुर्छ त्यत्तिकै !! "आइ एम फ्ल्याटर्ड !!" "हैन साँच्चै भनेको !" "ओइ , तिमीहरु तिर हेर्दै छ प्रोफेसरले , यता फर्कि अनि स्लाईड हेर !! " सरोजले मलाई सतर्क गरायो , वा उसको म प्रतिको इर्ष्या मैले पत्ता लाउन सकिन !!! म प्रोफेसर तिर फर्केँ ,झुस्स परेको दाह्री , अस्तव्यस्त कपालमा उ साँच्चै ग्लोवल वार्मींगले पिरोलिएको मान्छे देखिन्थ्यो ।। आँखा धेरै वेर उसमा टिक्न सकेनन् !! "ब्रेक भो उठ !! कफि खान जौँ " पछाडीबाट कोट्याएपछी अर्को चोटीको तन्द्रा भंग भयो !! " तिम्रो निन्द्राले म इम्प्रेस भएँ !" कफि मेशिनमा उ फेरी मेरो नजिक आई। सामान्यतय म आफ्नो नजरमा आफूलाई औसत मान्छु ।केटीहरुको आँखामा नपर्ने केटो । होचो , पातलो जिउ तर कहिलेकाहिँ सुन्दरता हेर्ने मान्छेको आँखामा हुन्छ । वा कहिलेकाहिँ अरु कसैको हेराईले आफू विशेष छु भन्ने भान हुन्छ । "हैन क्लास नै पट्यारलाग्दो थियो !" मैले आफ्नो कफि लिँदै भनेँ ! " तिमी पक्कै पनि इन्जिनियर हुनुपर्छ !" "हो तर .... किन र ?" मैले अचम्म मान्दै उसलाई प्रश्न राखेँ !! "आजको क्लासमा भौतिकता थिएन , विषयबस्तु अब्जेक्टिभ होस् भन्ने तिमीहरुको चाहना हुन्छ !!" उसले आफ्नो कफिमा चिनी घोल्दै इन्जिनियर प्रतिको आफ्नो दृष्टिकोण पोखी !! " तिमी चाहिँ नि??" " म आफूलाई वकिल भन्न रुचाउन्न तर मेरो व्याचलर ल मा हो !" बोलीले नै थाहा हुन्छ । मैले मनमनै सोचेँ !!! " वकिल भन्न नरुचाउने तर ल पढेकी साथी पाएर खुशी लाग्यो !!" "धन्यवाद !!" हामी छुट्टियौँ । आजको दिन मेरो लागि भिन्न छ । मैले मेरो जीवनमा एउटा साथी थपेको छू जसले ल पढेकी छे तर आफुलाई वकिल भन्न रुचाउन्न !!!!
matyangra · Jun 5, 2011 6:54 PM · 39,862 views
Abha ma k bhanu, life ma hajaar wata Korean movie heriyo, yoh emotional keti ko jaal prakriya, naiteek hoh ki anaiteek, chuttyaunai garo, tension huncha ra sab ramri ramri maiya Lai choddera ramri payincha bhanne aas ma, kehi chaina Matyagra jee yoh Maya-Jaal hoh, shrinkhala jaroo rahos
Chanakya Niti · Jun 28, 2011 3:53 PM
म पनि कुर्दैछु.....
perfectionist · Jun 28, 2011 4:21 PM
गजब को बहाव जाँदैछ। हामि पढ्दै छौ। छिटो छिटो लेखौँ है सकेसम्म।
Birkhe_Maila · Jun 28, 2011 4:41 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion