जातीय राजनीतिले क्षेत्री–ब्राह्मणमा साङ्गठनिक तरङ्ग

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

जातीय राजनीतिले क्षेत्री–ब्राह्मणमा साङ्गठनिक तरङ्ग प्रा.डा. सुरेन्द्र केसी ०५२/५३ देखि पोखराबाट आरम्भ भएको खस–क्षेत्रीको साङ्गठनिक यात्रा अब ०६८ जेठ ८–९ गतेको नेपाल उपत्यका बन्दको चरणसम्म आइपुगेको छ। साथै, यसै नाममा जेठ १० गते खस–क्षत्रीहरूले पूर्वाञ्चल बन्दको कार्यक्रम पनि सम्पन्न गरिसकेका छन्। खासगरी पोखरावेष्ठित खसक्षेत्री समाज र काठमाडौंकेन्द्रित क्षेत्री महासङ्घ नेपालको संयुक्त मोर्चा 'क्षेत्री राष्ट्रिय आन्दोलन समिति'को तवावधानमा जेठ ८–९ गतेलाई काठमाडौं उपत्यका बन्द कार्यक्रम तय गरेकोमा पहिलो दिनकै कार्यक्रमबाट अत्तालिन पुगेको खनाल–सरकार सोही दिन मध्यरात दस बजे उक्त संयुक्त सङ्घर्ष समितिसग वार्ता र सम्झौता गर्न तयार भएकोले हाललाई एउटा ठूलो राष्ट्रिय विपत्ति टरेको छ। तर, खसक्षेत्री एकता समाजको पूर्वाञ्चल बन्दसमेतले र चरणबद्ध रूपमा उक्त सङ्घर्ष समितिले नै पश्चिमाञ्चल बन्द सफलतापूर्वक सम्पन्न गरिसकेको स्थितिमा अब खसक्षेत्रीहरूमा उत्पन्न जातीय रोष तथा तिनका वर्गीय मागप्रति राज्यले समुचित सम्बोधनको नीति नलिने हो भने यसले मुलुकमा गम्भीर जातीय तनाव उत्पन्न गर्न सक्ने सम्भावनालाई अब खेलाची रूपमा लिन नसकिने स्पष्ट भएको छ। किनभने, जेठ १४ गतेबाट क्षेत्री संस्थाहरूको संयुक्त मोर्चाले थप काठमाडौं बन्दलगायतका कार्यक्रमहरूका साथै शक्ति प्रदर्शनका अन्य सङ्घर्षमूलक अभियान सञ्चालन गर्ने एवम् यस मुद्दाले झन् उग्र रूप लिनसक्ने सम्भावनातर्फ पनि सङ्केत गरिसकेकै छ। नेपाली समाज ककेसस, मङ्गोल र द्रबिड उद्भवका ३–४ जातिका बीचको सम्मिलन एवम् सम्मिश्रणको लामो सांस्कृतिक–ऐतिहासिक प्रक्रिया मल्थिएर आजको अवस्थासम्म आइपुगेको यथार्थलाई अस्वीकार गर्ने जातिवादी साम्प्रदायिक एवम् बदलामुखी चिन्तनकै कारण वर्तमान जातिगत गर्माहट र उत्तेजनाको कारण रहेको तथ्यलाई समयमै हृदयङ्गम गर्न सबैको हितमा छ भने यो अन्ततोगत्वा राष्ट्रकै हितमा हुने स्पष्टै छ। अन्यथा नेपालीमा जातीय विद्वेष र क्षेत्रीय वितण्डा हाम्रोजस्तो जाति, भाषा, धर्म र संस्कृतिगत विविधतालाई समुचित सम्बोधन वा व्यवस्थापनका दृष्टिकोणबाट हेरिदा धेरै घातक र धरापपूर्ण बाटोतर्फ अग्रसर भएको स्पष्टै देखिन्छ। विगतमा 'क्षेत्रीलाई फासी, बाहुनलाई काशी'को नारा हाल 'क्षेत्री–बाहुन काटिन्छ, यिनको रगत चाटिन्छ'को तहसम्म ओर्लिन पुगेबाट उक्त धरापपूर्ण स्थितिमाथि सहजै अनुमान लगाउन सकिन्छ। किनभने, कहिल्यै पनि यस प्रकारको जातिगत वितण्डाका लागि सुरुमा जातीय दुश्मनीको स्थिति खडा गरिन्छ भने त्यसपछि जातीय सफायाको चरणमा प्रवेश गराई देशभित्र काटाकाट र मारामारको स्थिति उत्पन्न गराइन्छ भन्ने तथ्य दक्षिण एसियाका श्रीलङ्का र रुवाण्डा, नाइजेरियालगायत कैयौ  अफ्रिकी मुलुकहरूका अभ्यासले ज्वलन्त दृष्टान्तहरू दिइसकेकै छन्। भुटानका नेपालीभाषीको दुर्दान्त कहानीको पछिल्तिर पनि यही प्रविधिले काम गरिरहेको पीडा हामी नेपालीले राम्रैसग अनुभूत गरिनै रहेका पनि छौ। तथापि, हामी हाम्रोजस्तो जाति, भाषा र धर्म–संस्कृतिको विविधतामा रत्तिएका नेपालीबीच रात–दिन बाहुनको सत्तोश्राप गरेबाट अब देश जनोसाइडतर्फ लाग्ने स्पष्टप्रायः छ। फलस्वरूप आज देशका विभिन्न भागबाट खासगरी तराई क्षेत्रका सिराहा, सप्तरी वा धनुषाजस्ता जिल्लाबाट पहाडेमूलका नेपाली धमाधम विस्थापित भइरहेको या भइसकेको स्थिति छ भने समग्र तराईमा पहाड–मधेसीबीचको सदियौ  पुरानो सद्भाव धरापपूर्ण स्थितिमा पुगेको छ। यसैगरी पहाडमा पनि लिम्बुवान र खम्बुवानको चन्दा, फिरौती र विभिन्न धम्कीले गर्दा स्थिति सङ्कटासन्न भएर गएको छ। यस परिस्थितिले गर्दा देशका खसक्षेत्रीहरूले प्रतिक्रियात्मक रूपमा आ–आफ्ना जातीय सङ्गठनहरू खोल्न थालेको स्पष्टै छ। खासगरी माओवादीले जातीय प्रश्नलाई राजनीतिक जामा लगाइदिएबाट देशमा पूर्णतः जातीय ध्रुवीकरण उत्पन्न भइसकेको स्थितिमा सबै जातजातिले आफ्नो रक्षाका लागि जातीय रूपमा सङ्गठित नहुने हो भने आफ्नो जीउ–धन मात्र होइन सतित्वकोसमेत रक्षा सम्भव छैन भन्ने सिद्ध भइसकेपछि तिनले सङ्गठित आवाज र प्रारूप नदिनु स्वयम्का लागि आत्मघाती हुने स्पष्ट भएपछि नै राष्ट्रिय ब्राह्मण समाजसम्मको निर्णय भएको स्पष्टै छ। उता सरकारले निर्वाचन ऐनमार्फत क्षेत्रीसमेतलाई 'अन्य' मा उल्लेख गरेबाट क्षेत्री–बाहुनहरू झन् क्रूद्ध र असन्तुष्ट बनेको सबैले अनुभूत गरेकै हो। फलस्वरूप क्रमशः देशको सबैभन्दा ठूलो र प्रभावशाली हैसियतमा रहेको अतिरिक्त यस समुदायले स्वयम्लाई सङ्गठित गराउनुपर्ने अनिवार्यतालाई आत्मसात् गरेको देखिन्छ। फलस्वरूप हालसम्म यी खसहरू पोखरा, विराटनगर, मेची र काठमाडौंसमेत गरी ५/६ वटा राष्ट्रियस्तरका खसक्षेत्री सङ्गठनमा आबद्ध भइसकेको पाइन्छ। स्थिति यति बिग्रिसकेर पनि सरकार मात्र होइन स्वयम् खसबाहुनहरू पनि आफ्नो पहिचान र इतिहासबारे सुस्पष्ट हुन सकिरहेको पाइदैन। फलस्वरूप यिनीहरू खस वा क्षेत्री के छन् अनि यिनीहरू आदिवासी हुन् कि जनजाति भन्नेलगायतका प्रश्नमा ठूलो द्विविधामा देखिन्छन्। कतिपय अवस्थामा यिनीहरू यसैकारण पनि विभाजित स्थिति र मनोवैज्ञानिक अवस्थाको समेत सिकार भइरहेका देखिन्छन्। वस्तुतः यिनले यससम्बन्धी अवधारणा स्थापित गरिसकेपछि मात्र बाकी यात्रा अघि बढाउनुपर्नेमा उक्त अन्योलता कायमै राखेर सङ्घर्षको मैदानमा उत्रिनु तिनको सङ्गठन प्रणाली हाक्ने प्रविधिको बुझाइमा रहेको कमीबाहेक अरू हुने छैन। जसले स्वाभाविक रूपमा तिनमा अन्योल, द्विविधा र विभाजनको सिकार बनाउनुबाहेक अरूथोक नदिने तथ्य व्यवहारले नै सिद्ध गरिसकेकै छन्। सत्य के हो भने क्षेत्री मात्र होइन बाहुन पनि यस देशका आदिवासी मात्र नभई अनादिवासी नै हुन्। मिथिलाञ्चलको आर्य सभ्यता मात्र होइन काठमाडौंको गोपाल वा महिषपालवंशीय राजवंशको कथाले समेत आर्यहरू यस देशका अनादिवासी रहेको पुष्टि गरेकै छ। त्यसपछि मात्र कपिलवस्तुका शाक्य वा कोलियहरूको कुरा आउछ। के गौतम बुद्ध थारू मूलका हुन्? कि क्षेत्रीय मूलका? उता इ. ४६४ को चागुअभिलेखमा त क्षेत्री र बाहुनको खुल्लमखुल्ला सविस्तार वर्णन आएकै छ। यतिका तथ्यप्रति अनदेखा गरेर क्षेत्री–बाहुनहरू भारतमा बाह्रौ शताब्दीमा मुसलमानी आक्रमण भएपछि 'क्षेत्री–बाहुनहरूले पनि नसकेका हुन्' भन्ने आधारहीन तर्कको ढाकर बोकेर हि147ड्नुजस्तो हचुवा अभिव्यक्ति के हुन सक्ला र? दुर्भाग्य  यस्तो हचुवा विचार र क्षेत्री–बाहुनसम्बन्धी सूचीकरण, अन्य र जो–जे नीतिगत निर्णय गर्ने नेता, मन्त्री र सचिवहरू विगतकालदेखि यस देशमा रहदै आए ती सबै तिनै क्षेत्री–बाहुन कुलका कुलङ्गारहरू रहे। निश्चय नै भोलिको पिढीले यी जातद्रोहीहरूसग समूल हिसाब लिने नै छन्, तर तिनले आफ्नो भूलसुधार आत्मालोचनासहित गरेको खण्डमा मिनाहा पाउने अग्राधिकार पनि त्यत्तिकै राख्नेछन्। तर, अबचाहि तिनले हावा या हचुवाको भरमा यस्तो बन्धुद्रोही भाषा, बोली र हावाभाव देखाउने हो भने यो कसैका लागि पनि सैह्य हुने छैन। नेपालमा दुईप्रकारका खसक्षेत्री छन्। पहिलो वैदिक खसक्षेत्री र अर्को अवैदिक खसक्षेत्री। वैदिक खसक्षेत्रीहरू इस्वीको आरम्भिक शताब्दीतिर वैशाली बिहारको लिच्छविवंशको काठमाडौं आगमनसगै आरम्भ भएको इतिहासलाई त मानदेवको इ. ४६४ को चागुनारायण अभिलेख मात्र होइन पछिल्लोपटक लैनसिंह वाङ्देलद्वारा प्राप्त इ. १८५ को जयदेव बर्माको हाडीगाउ अभिलेखले पनि पुष्टि गरेकै छ। तर, पुरातवविद्हरूले गोपालवंशीहरूलाई पनि आर्य मूलकै भनेपछि त इतिहास अझ पुरानो मात्र होइन आर्यहरू नै यस देशको पहिलो बासिन्दा हुने सम्भावना पनि झन् टड्कारो बन्ने नै छ। किनभने, यसपछि पनि मात्र काठमाडौं उपत्यकामा किरात राज्यको उदय भएको हाम्रा इतिहासवेत्ताहरूको निष्कर्ष कुनै नौलो अध्याय होइन नै। नौलो त के हो भने आफूलाई हाकिम, मन्त्री, प्रधानमन्त्री र विज्ञ भन्नेहरूले यत्तिका सत्यहरू छदाछदै क्षेत्रीबाहुनलाई कसरी आदिवासीमा सामेल नगर्ने सूची र 'अन्य'को टोकरीमा हुत्याइदिए? उता कर्णाली भेकमा खसहरूले बेग्लै सिंजासभ्यता हुर्काएपछि बाह्रौ शताब्दीमा यसले विशाल खस साम्राज्यको रूप लिएको तथ्य पनि इतिहाससम्मत नै छ। तथ्यहरूले यिनीहरू अवैदिक खस थिए र इस्वीको आरम्भिक शताब्दीतिर नै युराल पर्वतबाट अफगानिस्तानको खैवर भञ्ज्याङ काटेर सिन्धु उपत्यका छलेर काश्मिर पर्वततर्फको कछाड–कछाड कुमाउ गढवाल आई ४–५ सय वर्षभन्दा बढी त्यहाको शासनपश्चात् इस्वीको पाचौ–छैटौ शताब्दीतिर सुदूरपश्चिमको कर्णाली छिरेर रस्ती–बस्ती एवम् शासनको जग बसाले। कतिपय विद्वान्हरूले यी खसका अधिपति बनेका नागराजवंशीय राजखलक कुमाउ होइन तिब्बतबाट त्यहा आइपुगेको मान्यता दिने गरेको पनि पाइन्छ। पछि जंगबहादुरले यी खसहरूलाई उप्रान्त खस आदि नभनी क्षेत्री मात्र भन्नु अन्यथा कारबाही हुने चेतावनी दिएपछि मात्र क्रमशः कर्णालीका खसहरूमा पनि हिन्दूकरण र जनै लगाउने क्रम सुरु हुदै तिनको पूर्वीनेपाल–विस्तारको यात्रासहितको इतिहास बनेको हो। फलस्वरूप आज यी खस र वैदिक खस छुट्याउनै नसकिनेगरी खसक्षेत्री बनेका हुन्। जो–जुनसुकै आखाबाट हेर्दा पनि यस देशका भूमिपुत्र आदिवासीबाहेक अर्थोक नहुने स्पष्ट छ। source: http://www.weeklynepal.com/new...

_____ · Jun 2, 2011 11:18 AM · 1,855 views

1 Reply

 Nice and informative post Dharke bro. During Madhes andolan it was Chhetris and their Khas ekata samaj who saved lives of many pahade nepalis (irrespective of race) in biratnagar and Lahan. Had not united in time the scenario would be even worse.

NALAPANI · Jun 2, 2011 12:33 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all