दोषी संग त कुरा छोडौ, निर्दोषी संगै घुस खाइदिने शोम हरु अनी इनै का छोरा छोरी हरु साझा मा अरुलाई गाली गर्न आउने होला काठमाडौ, जेष्ठ १९ - सरकारले नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानका एक-एक जना एसपीलाई बिहीबार निलम्बित गरेको छ । घुस खाएको अभियोगमा नवलपरासीका प्रहरी उपरीक्षक कृष्णप्रसाद गौतम तथा राष्ट्रिय अनुसन्धानका उपरीक्षक कल्याण मल्ललाई गृहमन्त्रालयले निलम्बन गरेको हो । ज्यान मारेको अभियोगमा एक जना निर्दोष व्यक्तिलाई १० दिन थुनामा राखेर ४ लाख रुपैयाँ घुस असुल गरेर छाडेको अभियोग प्रमाणित भएपछि दुवै जना सुरक्षा अधिकारीहरुलाई कारवाही गरिएको छ । गृह मन्त्रालयका सह सचिव शंकर प्रसाद कोइरालाको नेतृत्वमा गठन भएको छानविन टोलीले दिएको प्रतिवेदनका आधारमा कारवाही प्रक्रिया बढाइएको हो । चैत्र १२ गते नवलपरासीको सुननैल जंगलमा भएको एक हत्या प्रकरणमा प्रहरीले स्थानीय जग्गा व्यवसायी काशीराज पाण्डेलाई थुनामा राखेको थियो । उक्त घटनामा पाण्डेको संलग्नता नदेखिएपनि हिरासतमा राखेर ४ लाख रकम घुस पाएपछि छाडिएको थियो । अनुसन्धानका उपरीक्षक मल्लले रकम बुझेर आफूले २ लाख राखेको,एसपी गौतमलाई डेढ लाख दिएको र दलाललाई ५० हजार दिएको अनुसन्धानबाट खुलेको छ ।
_____ · Jun 2, 2011 10:00 AM · 1,796 views
Pinning murder charge to get bribes. How low can one get?
cybernepali · Jun 2, 2011 10:09 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion