सिटौलाले सीता खाएपछि...

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

काठमाडौं। नेपाली कांग्रेसभित्र युरोपियन युनियन र भारतीय लबीबीचको झगडा यसपटक संविधानसभा भवनमा छताछुल्ल भएको छ। भारतीय लबीको नेतृत्व गर्ने कृष्णप्रसाद सिटौलाले कुनै पनि हालतमा संविधानसभाको म्याद नथप्न एकपछि अर्को अत्तो थापेपछि शेरबहादुर देउवा, डा. रामशरण महत, पूर्णबहादुर खड्कालगायतका नेताहरुले सिटौलालाई हप्काउदा अन्य दलका नेता तथा संसद सचिवालयका कर्मचारीहरु साक्षी थिए। यतिसम्म कि सिटौलाले म्याद नथप्ने नियतले एकपछि अर्को भा147जो हालेपछि कांग्रेस केन्द्रीय सदस्य एवं सभासद गगन थापाले त संसद सचिवालयका कर्मचारीहरुकै सामुन्ने सिटौलालाई औंलो ठड्याउदै 'तपार्इं संविधानसभा भंग गरेर विदेशीको इच्छा पूरा गर्न खोज्ने? यो देश बिग्रियो भने तपाईं जिम्मेवार हुनुपर्छ, तपाईं कहाँबाट परिचालित हुनुहुन्छ भन्ने कुरा सबै थाहा भइसकेको छ' भनेका थिए। त्यसो त रामशरण महत र कृष्ण सिटौलाबीचको भनाभन पनि कम्ती रोचक थिएन। सचिवालयका एक कर्मचारीका अनुसार संविधानसभाको म्याद थप्नुपर्छ भन्नेमा करीव करीव सहमति भइसकेपछि सिटौलाले 'प्रधानमन्त्रीको राजीनामा एक साताभित्रै लेख्नुपर्छ, हतियारको साँचो भोलि नै बुझाउने लेख्नुपर्छ, नत्र सहमति हुँदैन' भन्ने जस्ता मधेसी मोर्चाकै स्वरमा स्वर मिलाएर अत्तो थापेपछि महत तात्तिएका थिए। उनले सिटौलालाई 'विगतमा माओवादीको दूत बनेर कांग्रेस पार्टी नै सिध्याउन भूमिका खेल्ने, अहिले आएर संविधानसभा विघटन गर्न नानाथरी अत्तो थापेर के गर्न खोजेको, सबै कुरा खोतलौं?' भनेर हप्काएको प्रत्यक्षदर्शी एक कर्मचारीले बताए। भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालिसिस वीङ अर्थात 'रअ' का प्रमुख सञ्जीव त्रिपाठीसँग पटक–पटक मोबाइलमा कुरा गर्ने सिटौलाले कांग्रेस सभापति सुशील कोइरालालाई समेत भड्काउने देखिएपछि बरिष्ठ नेता देउवा आफै संविधानसभा जोगाउन अघि सरेका थिए। सिटौलाले कुरा बिगार्ने र देशलाई भारतले चाहेजस्तो अन्धकारमा धकेल्ने देखिएपछि सामान्यतः अल्छी स्वभावका देउवासमेत मध्यरातमा सक्रिय भएको देउवानिकट एक सभासदले बताए। सिटौलालाई हकार्दै देउवाले 'शान्ति प्रक्रिया आफ्नै ढंगले पूरा हुन्छ, तर अहिले कुनै पनि बहानामा संविधानसभा भंग गर्नहुदैन, यहाँ जननिर्वाचित संस्था रहेन भने भोलि जे पनि हुनसक्छ, जसले जसलाई पनि कुट्न सक्छ, ३ महिनाभित्र एमाओवादीले आफ्नो प्रतिबद्धता पूरा गरेन भने त्यही बेला कुरा हुन्छ, तर अहिले म्याद थप्नैपर्छ' भनेर अडान लिएपछि वातावरण संग्लिएको थियो। भारतीय ग्रायण्ड डिजाइन बोकेर लोकतन्त्रविरुद्धको चलखेलमा लागेका सिटौलाको षडयन्त्र परास्त गर्न देउवा र महतका अलावा पूर्णबहादुर खड्का, मिनेन्द्र रिजाल, विमलेन्द्र निधि, गगन थापा लगायतका कांग्रेस नेताहरुले पनि महत्वपूर्ण भूमिका खेलेका थिए। त्यसो त सिटौलाले पार्टीको निर्णय नै परिवर्तन गरेर दश बुँदे प्रस्ताव सार्वजनिक गरेको पनि खुलासा भएको छ। कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले गरेको निर्णयमा प्रधानमन्त्री झलनाथ खनालको राजीनामालाई प्राथमिकता नदिई, राष्ट्रिय सहमतिको सरकारका लागि अहिलेको गठबन्धन भंग हुनुपर्ने कुरा राखिएको थियो। सभापति सुशील कोइरालाले पनि राजीनामा भन्ने शब्द नराख्न निर्देशन दिएका थिए। तर सिटौलाले पत्रकार सम्मेलन गरेर दश बुँदे बाँड्ने बेलामा नवौं बुँदामा राजीनामा भन्ने शब्द थपेको कांग्रेस केन्द्रीय सदस्य नरहरि आचार्यले समेत स्वीकार गरेका छन्। सिटौला र जेपी गुप्तामार्फत् संविधानसभा भंग गर्ने योजना कार्यान्वयन गर्ने भारतको यो पटकको बृहत् योजना पनि असफल भएको चर्चा राति नै चलेको थियो। Source: http://www.weeklynepal.com/new...

_____ · May 31, 2011 10:50 AM · 3,831 views

2 Replies

 Did India really want to dissolve CA or was trying to get more out of the chaos ?? Instruct few to dissolve and instruct rest to extend and get what she wants from them through bargaining. Is'nt agreement to mass recruitment of 10000 madhesis into NA a fruitful outcome for India to destabilize Nepal more via paralyzing only upright institue of the nation? IT'S LIKE AFAI DHAMI AFAI BOKSI.

NALAPANI · May 31, 2011 12:03 PM

In my thinking, India can choose NO CA over incredibly adamant (anty Indian force-Jhala Mao collision) both in government and CA.  Given the fact that there is 1) no leftist influence in Indian government, 2) leftist party lost election in India, 3) increasing Maoists insurgency in India, 4) increasing pressure of west/Europe over indian failed policy after 12 pt agreement, 5) increasing Chinese influence in Nepal,  India definitely would have revised its strategy. Indian conventional thinking of destabilizing Nepal has made more people anti Indian than it has been able to made vigilante supporter. It appears that Indian establishment now wants stable Nepal and stable ruler with whom they can negotiate and gain out of it.  I think if this government (anit India collision) continues till next three months, I see the end of CA right there. If not, then SR Deuba or Dr. Bhattarai will be the next PM. 

shantipriya · May 31, 2011 12:30 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all