'मान्छेको माया यहाँ खोलाको पानी जस्तो, किनारालाई छोई भाग्ने लहरेको बानी जस्तो..', मैले पुण्य मन पराएँ या पाप मन पराएँ, जे होस मैले तिमीलाई चुपचाप मनपराएँ' आदि चर्चित गीतका रचनाकार राममान तृषितको आज बिहान चाबहिलस्थित मेडिकेयर अस्पतालमा उपचारको क्रममा निधन भएको छ। काठमाडौंमा जन्मिएका डा. राममान श्रेष्ठ नेपाली साहित्यमा राममान तृषितका नामले स्थापित र प्रिय रहिआएका थिए। खासगरी कविता, गजल, मुक्तक, भजन र गीत रचनाको क्षेत्रमा आजीवन सक्रिय उनका १३ वटा विभिन्न साहित्यिक कृतिहरु प्रकाशित छन्। उनीद्वारा रचित १७२ वटा गीतहरु रेकर्ड भएका छन्। ७० वर्षका उनी दुबै मृगौलाको खराबी तथा नशासम्बन्धी समस्याले पीडित थिए। तृषितकी श्रीमती र एक छोरा छन्। तृषितका कविता, मुक्तक र निबन्धका एक दर्जनभन्दा बढी कृति प्रकाशित छन्। छिन्नलता पुरस्कार, व्यथित काव्य पुरस्कार, नातिकाजी सम्मान, इमेज लाइफटाइम अचिभमेन्ट अवार्ड प्राप्त गरेका तृषित मिर्गौलाको रोगबाट पीडित थिए। http://youtu.be/sNfEjk-8TT0
MA Ramro · May 31, 2011 10:27 AM · 14,160 views
RIP राममान तृषित
serial · May 31, 2011 10:30 AM
He wrote "Mailay punye Man paranye" too...one of my favorite Narayan Gopal song. RIP.
Kancho · May 31, 2011 1:05 PM
REST IN ETERNAL PEACE !! Trishitjyu.
NALAPANI · May 31, 2011 2:54 PM
Rest in peace trishut jyu.
gorkhali keto · May 31, 2011 8:36 PM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion