गोली प्रहारपछि दीपेन्द्रले बुबालाई लात्ती हानेका थिए

Archived from the original Sajha.com — preserved as posted, replies can no longer be added here.
Start a New Discussion
Archived Post

For those who thinks dependra is not killer, you will never believe it! YET THIS IS THE REALITY SPOKEN MANY TIMES BY MANY EYEWITNESSES.  संस्मरण 'गोली प्रहारपछि दीपेन्द्रले बुबालाई लात्ती हानेका थिए' युवराज दीपेन्द्रले आफूसहित राजपरिवारका नौ सदस्यलाई मारेको १९ जेठ २०५८ को दिन नारायणहिटीको पारिवारिक जमघटमा राजा वीरेन्द्रकी दिदी शाहजादी केतकी चेष्टर पनि थिइन्। चेष्टरले दरबार हत्याकाण्डको १० वर्षपछि दीपेन्द्रले गोली लागेर ढलेका बाबुलाई लात्तीले हिर्काएकोदेखि त्यस दुर्भाग्यपूर्ण रातबारे कुन्द दीक्षितसँग केही नयाँ कुरा खोलेकी छन्। केतकी चेष्टर   दीपेन्द्र दुवै हातमा बन्दुक लिएर जङ्गी पोशाकमा भित्र छिर्दा म दिदी जयन्तीसँगै विलियार्ड रूमको ढोकाछेउ उभिएकी थिएँ। पहिले यस्तो जमघटमा आउँदा चारैतिर नजर डुलाउँदै उपस्थित सबैको जायजा लिने युवराजका आँखा त्यस दिन कुनै कुरामा सीधा केन्द्रित थिए। मैले दिदीलाई साउती गर्दै भनें, “हैन अब पनि उसको उमेर बन्दुक देखाउँदै हिँड्ने हो र?” राजा वीरेन्द्रले पनि छोरा आफ्नो हतियार देखाउन आएको भन्ठानेका थिए होलान्, तर दीपेन्द्रले दाहिने हातको बन्दुक चलाए। गोली उनको बुबालाई लाग्यो, उनी घाइते भए। उनले जमिनमा ढल्नुअघि भनेका थिए, “के गरेको?” दीपेन्द्रले अर्को हातमा पनि बन्दुक भएकाले गोली चलेको बन्दुक असन्तुलित भएर अरू गोलीहरू सिलिङतिर उछिट्टिए। कुमार गोरख र डा. राजीव शाहीले भुईंमा लडेका राजाको शरीरबाट बगिरहेको रगत रोक्ने प्रयास गरे। हामी सबै पनि वीरेन्द्र भएतिरै दौडियौं। त्यत्तिकैमा दोस्रो पटक कोठामा आएका दीपेन्द्रलाई रोक्न खोज्दै अधिराजकुमार धीरेन्द्रले भने, “पुग्यो बाबु, तिमीले गर्नु गरिसक्यौ।” काकाले आफूलाई निरस्त्र गर्न खोजेको ठानेर दीपेन्द्रले धीरेन्द्रमाथि नै गोली चलाए। मेरो विचारमा, आफूलाई मनपर्ने काकालाई पनि मारेपछि उनी अझ रक्तपाततिर उद्यत भएको हुनुपर्छ। कोठाको एक चक्कर लगाएर बाहिर निस्केका दीपेन्द्रले तेस्रोचोटि ढोकैदेखि बन्दुक चलाउँदै आएर कोठाको चारैतिर गोली बर्साए। त्यतिखेर म धीरेन्द्रको घाउबाट बगेको रगत रोक्ने प्रयास गरिरहेकी थिएँ। हलचल गर्न नसके पनि उनी अचेत थिएनन्। आफैं गम्भीर घाइते भएर पनि मलाई गोली लागे-नलागेको सोद्धै थिए। त्यहीबेला मैले पनि आफ्नो शरीरबाट रगत तपतप चुहिरहेको देखें। मेरो देब्रे पाखुराको केही टुक्रा मासु उछिट्टिएर धीरेन्द्रको कमिजमा झ्रेको र दाहिने काँधमा दुइटा गोली लागेको रहेछ। तर दुखिरहेको थिएन, आघातको बेला शरीरले पनि पीडा महसुस गर्दो रहेनछ। यो सबै पाँचै मिनेटमा भयो। दिदी भुईंमा लडिरहेकी थिइन्। अधिराजकुमारी कोमललाई छातीमा गोली लागेको थियो। शीताष्माले एउटा गोली उनको कानैमा झ्न्झ्नाएर गएको बताइन्। अझ् त्यति धेरै मानिस मरेनन्। जतिबेला गोली शुरु भयो, कोठाको अर्को छेउमा भएका शाहजादा पारसले तुरुन्तै आफ्ना भाइबहिनी र नातेदारहरूलाई एउटा सोफा पछाडि लुकाएका थिए। एक पटक दीपेन्द्रको आँखा पारसमा पनि परेको थियो, तर पारसले भने, “दाइ मलाई नहानिबक्स्योस्...।” दीपेन्द्रले बन्दुक तल फर्काए र छाडिदिए। श्रुति अचेत थिइन्, अत्यधिक रगत बगेको कारण अस्पतालमा वितिन्। रक्तचाप घटिरहेको अवस्थामा पनि डाक्टरहरूले उनको कपडा हटाएर शरीरको कुन भागबाट रगत बगिरहेको छ भन्ने पत्ता लगाएनन्। गोली हानिसकेपछि दीपेन्द्र आफ्नै कोठातिर फर्किए। आमा रानी ऐश्वर्य र भाइ निराजन उनको पछि-पछि दौडिए। दीपेन्द्रले कोठातिर जाने भर्‍याङको माथिबाट उनीहरू दुवैलाई देखे होलान्, तर अन्धकारमा शायद एडीसी ठानेर हानेको गोलीले आफ्नै भाइको ज्यान लियो। नजिकै भएको कसैले रानी ऐश्वर्यले चिच्याएर बोलेको सुनेको थियोः “तिमीले आफ्नो बुबालाई मार्‍यौ, भाइलाई मार्‍यौ, मलाई पनि मार। हान, हान!” त्यसपछि उनले आफ्नी आमा र आफैंलाई पनि गोली हानेर मारे। र, यो सबै सकियो। कुन्द दीक्षित त्यो घटना मेरो मनमस्तिष्कमा अझ्ै ताजै छ। ती दृश्यलाई दोहोर्‍याई-तेहेर्‍याई स्मरण गर्दा मलाई दीपेन्द्रले आफ्नो बुबालाई गोली हानेर लडाइसकेपछि लात्तीले हानेको कुराले घरीघरी झ्क्झ्क्याइरहन्छ। एक हिसाबले त्यो क्षण गोलीप्रहार भन्दा पनि स्तब्ध पार्ने खालको थियो। हाम्रो संस्कृतिमा कसैले पनि मृत शरीरको त्यस्तो अपमान गर्दैन। मलाई अहिले के विश्वास छ भने दीपेन्द्रले बुबालाई मात्र मार्न चाहेका थिए। त्यसपछि कानुनअनुसार उनै राजा हुन्थे, उनले हामी सबैलाई चुप रहन भन्थे र सबै कुरा त्यत्तिकै सेलाउँथ्यो, कसैले सत्य कुरा बाहिर ल्याउने साहस गर्दैनथ्यो। मेरो पुस्ताका परिवारका सदस्यहरू प्रायः सबै सकिइसकेका थिए, बाँकी युवा पुस्तालाई चुप लगाउन सकिन्थ्यो। तर काकालाई मारेपछि उनी उन्मत्त भएर अरूलाई पनि मार्न थाले। मलाई लाग्छ, दीपेन्द्रले त्यस रात पिएको बहाना मात्र गरेका थिए। उनी लरबराउँदै हिँडेको त देखिन्थ्यो, तर त्यो अभिनय गरेको भनेर स्पष्ट बुझन सकिन्थ्यो। म उनलाई त्यति राम्रो चिन्दिनथेँ, तर उनी कुनै पनि हदमा जान सक्ने मान्छे रहेछन्। उनलाई सबै कुरा उपलब्ध थियो, उनी मेधावी थिए, उनले छोटो जीवनमै धेरै जानेका थिए; आखिर बच्चैदेखि राजा बन्न हुर्काइएका हुन्। उनी जनतामा राम्रोसँग भिजेका थिए। उनले पूर्वतयारी र होशियारीसाथ योजना बनाएका थिए। दीपेन्द्र त्यस रात त्यहाँ सबै आउन् भन्ने चाहन्थे, त्यसैले सबैलाई आफैंले निम्त्याएका थिए। मानौं, उनी चाहन्थे ती सबै मानिस आफ्नो बुबाको मृत्युको साक्षी बनुन्, र कुनै ढङ्गले सोचेका थिए होलान् यसले राजा हुन उनलाई बढी आधिकारिकता प्रदान गर्नेछ। आमजनताको समर्थन चाहनु उनको स्वभाव नै थियो। काठमाडौं हल्लैहल्लाले भरिएको ठाउँ हो, र यस घटनाको पछाडि पनि देवयानीले दीपेन्द्रलाई विवाहको अल्टिमेटम दिएको हल्ला चल्यो। तर, राम्रो संस्कारमा हुर्किएकी उनबाट कसैमाथि त्यो स्तरको दबाब बढाउने काम हुन सक्दैनथ्यो। दीपेन्द्रलाई यसरी टुट्ने अवस्थामा पुर्‍याउनुमा विवाह र अरू चिजहरू पनि जोडिएका हुनसक्छन्। अधिराजकुमार ज्ञानेन्द्र त्यतिबेला पोखरामा थिए। उनलाई लिन पठाइएको हेलिकप्टर खराब मौसमका कारण उड्न सकेन। सडकबाट ल्याउन पठाइएका सिपाहीहरूलाई केही नभनी ल्याउन आदेश दिइएको थियो। सेना यसरी आफूलाई लिन पोखरा आएपछि उनी काठमाडौंमा सैनिक कु भएछ र आफू नजरबन्दमा परेछु भन्ने सोच्न पुगेका थिए। मलाई लाग्छ, दीपेन्द्रले कर गरेका भए अधिराजकुमार ज्ञानेन्द्र त्यो रात्रिभोजमा सरिक हुनेथिए र उनी पनि बच्ने थिएनन्। उनी र उनका छोरा शाहजादा पारस यस्तो योजनामा संलग्न हुनै सक्दैनन्। उनीहरू पूर्णतः निर्दोष छन् भन्ने कुरा स्थापित होस् भन्ने म चाहन्छु। त्यस रात जे भयो त्यो राजसंस्थाको अन्त्यको सुरुआत थियो, त्यसकै एक सदस्यको कर्तुतका कारण। यद्यपि पछि थपिएका घटनाक्रमले पनि यसमा योगदान गरे। राजा महेन्द्र अरू १० वर्ष मात्र बाँचेका भए नेपाल धेरै बलियो जगमा उभिएको हुन्थ्यो भन्ने कुरालाई म कहिल्यै आफ्नो दिमागबाट हटाउन सक्दिनँ। उनी सच्चा राष्ट्रवादी थिए। राजा वीरेन्द्र जनतामाथि यति विश्वास गर्थे, अवसर पाए तिनले जे पनि गर्न सक्छन् भन्ने उनको सोचाइ थियो। निरङ्कुश सत्ता प्रयोग गर्न असहज मान्दै उनी संवैधानिक भूमिकामै रमाए। नेपालको भविष्यप्रति पूर्ण रूपले आशावादी राजा वीरेन्द्रसँग कुरा गर्न पाउँदा पनि धन्य भएझै लाग्थ्यो। आजसम्म पनि मलाई के कुराको पश्चात्ताप छ भने दीपेन्द्रलाई पहिलो गोली चलाउने वित्तिकै हामीले झ्म्टेर रोक्नुपर्थ्यो। यस कुरालाई लिएर म आफूलाई बारम्बार धिक्कारिरहन्छु। हामीले तत्कालै त्यस्तो केही गर्न सकेको भए, घटनाक्रमले भिन्दै मोड लिन्थ्यो होला। तर, त्यसपछि नेपालको राजसंस्थालाई कसले जोगाउन सक्थ्यो भनेर सोध्नुहुन्छ भने ती हुन्, गिरिजाप्रसाद कोइराला। मलाई सम्झ्ना छ, घटनाको दोस्रो दिन छाउनी अस्पताल आएका प्रधानमन्त्रीले मुमाबडामहारानी रत्नलाई सोधेका थिए, “सरकार, मैले जनतालाई के भन्ने?” मुमाबडामहारानीको जवाफ थियो, “यो जनताबाट लुकाउन हुने कुरा होइन। यसले हाम्रो परिवारमा त धब्बा लगाउँछ नै, तर हामी त्यससँगै जिउन सक्छौं। सत्य-तथ्य लुकाइयो भने राष्ट्रमाथि नै आघात हुनेछ।” तर मिडियाको एकोहोरो प्रचार र सभामुख रानाभाटको गाईजात्रे पत्रकार सम्मेलनले गर्दा आकस्मिक दुर्घटना र षड्यन्त्र भन्ने कुरा सत्य बनेर फैलियो। प्रधानमन्त्रीले मुमाबडामहारानीको सल्लाह मानेका भए, देश अर्कै बाटोतिर जान्थ्यो होला। निश्चय नै, स्वचालित हतियार आकस्मिक रूपमा पड्केको भन्ने दरबारको वक्तव्यले काम गरेन। त्यसले विश्वको नजरमा उल्टै हामीलाई नै गिरायो। त्यस्तै, दीपेन्द्रलाई राजा बनाउनु पनि गलत काम थियो। क्लिनिकल रूपमा मरिसकेको मानिस कसरी राजा बन्नसक्थ्यो, राजगद्दी उत्तराधिकारसम्बन्धी कानुनमा यसलाई रोक्ने प्रावधान अवश्य नै थियो होला। घटनापछि मलाई पनि अरूसँगै अस्पताल लगियो। मेरो दाहिने पाखुरा अझै ठीक भएको छैन, आधाभन्दा माथि उठाउन सक्दिनँ। तर शारीरिक चोटले भन्दा पनि बढी मलाई अझै त्यो भयानक रातको सम्झ्ना र दिदी र अरूहरूको मृत्युले पिरोलिरहेको छ। त्यो एउटा आततायी घटना थियो, र त्यसपछिका १० वर्ष मेरा लागि निकै कष्टकर भएका छन्।

shantipriya · May 31, 2011 8:46 AM · 38,118 views

22 Replies · Showing 21 - 22
Page 2 of 2

Ha ha ha Refree aap bhi na, I did not put my arguments to win or loose, but your umbiring is welcom lol. Btw, about guess or not guessing, I think those who do not want to believe the eye witnesses version -they are the one guessing. As for me, I believe from the eyewitness version from the day 1. I am not even second guessing to this who issues, yes there were things which could have been answered more professional way but think this was a shocking incident and I do not think any body's mind would have been in stable condition after this inciedent. About your umpiring my the third response, NO my mama did not work in chauni, it was a kind of sarcastic response to the idoitic arguments. Read whole paragraph what I wrote. People in nepal when it comes to this issue, always bring mama, kaka, or chacha into it, which makes me only laugh. So in this case you said both of you suck, but in this case you sucked! anyway I liked what you wrote at the end!

kanchu! · May 31, 2011 3:48 PM

Kanchhu What do u have scientific logic ? Anybody has answer Why dipendra did not speak single word during massacre ? During anger, man express their anger and frustation before punishing other, but why he did not say anything ?

dbst · May 31, 2011 4:32 PM

This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.

Start a New Discussion

You might be interested in...

Recent Classifieds View all
Upcoming Events View all
Service Providers View all