खान पाये तुरुन्तै मिल्ने, नचहिने काम मा गर्न तुरुन्तै मिल्ने, राम्रो काम मा मिल्नै नसक्ने, नेपाली हरु को कम्जोरी देखौने प्रयास गर्दै छु काठमाडौं, जेष्ठ ६ - उच्च माध्यमिक शिक्षा परिषद्को कक्षा १२ का प्रश्नपत्र गत वर्ष पनि आउट गरेको प्रहरी हिरासतमा रहेका एक अभियुक्तले बयान दिएका छन् । प्रश्नपत्र आउट गरेको आभियोगमा पक्राउ परेका जिलेट कलेजका सहप्राचार्य रुद्र अधिकारीले यस्तो बयान दिएका हुन् । काठमाडौं परिसर हनुमान ढोकामा रहेका उनले गत वर्ष बिजनेस म्याथको प्रश्नपत्र आउट गरेको बयान दिएका छन् । 'ब्राइटल्यान्ड कलेजका नरेन्द्र सुब्बा र मैले गत वर्ष पनि प्रश्नपत्र आउट गरेर ७५ हजार रुपैयाँमा बेचेका थियौं' उनले प्रहरीलाई दिएको बयानमा भनेका छन्, 'परीक्षा हुने दिनको प्रश्नपत्र लिन जाँदा भोलिपल्टको पनि निकालेर आउट गरेका थियौं ।' प्रश्नपत्र आउट गरेको अभियोगमा प्रहरीले ४ जनालाई गत आइतबार पक्राउ गरेको थियो । http://www.ekantipur.com/np/20... अनी तिनी हरुनै अथबा तिन्का सन्तान साझा मा आएर एक अर्काको जात लाई गाली गर्ने होला
_____ · May 19, 2011 5:37 PM · 8,448 views
इनरुवा, जेष्ठ ५ - विदेशी नागरिकलाई पटक पटक नागरिकता लिएर चर्चामा आउने जिल्ला प्रसासन कार्यालय सुनसरीवाट नेपाली नागरिकता लिन खोज्ने एक भारतीयसहित पाँचजना बिहीबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय बनेर नागरिकता लिने भारत बिहारको घुरनाका जहागिर मिया, उनका नक्कली बुवा बन्ने सुनसरी जल्पापुर ५ का मक्सुद मिया र सहयोगी रहेका जल्पापुरकै मुक्तार आलम रहेका छन् । यसैगरी भारतीय नागरिकको नागरिकता दिन सिफारिस गर्ने जल्पापुर गाबिसका सचिव भुपाल श्रेष्ठ र बहिदार प्रकास फुयाल समेत पक्राउ परेका छन् । नागरिकता लिनका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीको नागरिकता फाँटमा फारम दिने बित्तिकै जल्पापुरकै स्थानिय वासिन्दाहरुले उनीहरुलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको थियो । पक्राउ परेका सबैजनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ । विगत एकवर्षमा सुनसरी जिल्ला प्रशासन कार्यालयवाट अन्तर्राष्ट्रिय आतंकवादी अली असरफ अन्सारी, बंगलादेशी नागरिक हासिम आलम, भारतीय नागरिक चन्द्रमोहन शर्मासहित आधा अर्जन विदेशी नागरिकले नेपाली नागरिकता लिएको तथ्य सार्वजनिक भइसकेको छ । प्रकाशित मिति: २०६८ जेष्ठ ५ ०६:५९
_____ · May 19, 2011 5:54 PM
Dear Blank: I like the last line " अनी तिनी हरुनै अथबा तिन्का सन्तान साझा मा आएर एक अर्काको जात लाई गाली गर्ने होला"; 1000% agree.
Chandrika · May 21, 2011 8:44 AM
This conversation is preserved exactly as it was on the original Sajha.com and can't accept new replies.
Start a New Discussion